अंगभंग मुद्धामा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिकाका दुई पुरुष धरौटीमा रिहा

3 days ago/Saturday, August 1st, 2020

दोलखा, १७ साउन ।

अंगभंग मुद्धामा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिकाका दुई पुरुष धरौटी रकम बुझाएर रिहा भएका छन् ।

तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका ३६ वर्षिय भिम बहादुर कार्की र २३ वर्षिय दिपेश कार्की जनही एक–एक लाख धरौटी रकम बुझाएर रिहा भएका हुन् । जिल्ला न्यायधीश कवि प्रसाद न्यौपानेको इजलासले कार्कीद्धयलाई शुक्रवार जनही एक लाख रकम धरौटीमा रिहा गर्न आदेश दिएको हो । असार २५ गते खेतमा पानी लगाउने विषयमा दुई पक्षबीच झडप हुँदा स्थानीय दुई जना घाईते भएका थिए ।

त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय दोलखामा अंगभंग मुद्धा दर्ता भएपछि प्रहरीले उनीहरुलाई असार २८ गते पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुमाथि प्रहरी अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरेकोमा अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेष्तेदार सुमन प्रसाद कुशवाहले जानकारी दिनुभयो । अदालतको आदेश लगत्तै उनीहरु धरौटी रकम बुझाएर रिहा भएको दोलखाका प्रहरी नायव निरिक्षक (सई) खेम बहादुर तमाङले जानकारी दिनुभयो ।

१७ साउन, २०७७ । १ः३० बजे प्रकाशित ।

VIEWS: 2615 पटक हेरीएको
error: Content is protected !!