अखिल नेपाल ट्रेड युनियन दोलखाको अध्यक्षमा शिवाकोटी

3 weeks ago/Saturday, February 1st, 2020

दोलखा, १८ माघ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ दोलखा जिल्ला समितिको तेस्रो भेलाले मिनकुमार शिवाकोटीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ ।

जिल्ला सदरमुकाम चरिकोटमा आज सम्पन्न महासंघ दोलखा जिल्ला समितिको तेस्रो भेलाले सिवाकोटीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो । जसअनुसार महासंघको उपाध्यक्षमा कुष्ण थपलिया, सचिवमा कमल प्रसाद चौलागाई, सहसचिवमा जिवन प्रसाद रिमाल र कोषाध्यक्षमा विकास फुँयाल चयन भएका छन् ।

सदस्यहरुमा शिव रिमाल, विजय कार्की, जय बहादुर खत्री, रामकृष्ण खत्री, नवराज सुवेदी, सरोज तामाङ, कृष्ण अधिकारी, कुमार कार्की, भक्त केसी र गोपाल मिजार रहेका छन् । भेला अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इञ्चार्ज जय कार्कीको प्रमुख आतिथ्यता तथा बागमित प्रदेश उपाध्यक्ष रामचन्द्र कार्कीको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

१८ माघ, २०७६ । ६ः१० बजे प्रकाशित ।

VIEWS: 4495 पटक हेरीएको
error: Content is protected !!