अत्याधिक औषधि सेवनपछि गम्भीर बिरामी परेका जिरीका दुई किशोरी काठमाण्डौं रिफर

2 months ago/Wednesday, March 3rd, 2021

जिरी (दोलखा), १९ फागुन ।

दोलखाको जिरी नगरपालिकामा ज्वरो आउँदा सेवन गर्ने औषधी साइनेक्स खाएर गम्भीर बिरामी परेका दुई किशोरीलाई उपचारको लागि काठमाण्डौं लगिएको छ ।

ज्वरो आउँदा सेवन गर्ने औषधि साइनेक्स अत्याधिक सेवन गर्दा गम्भीर विरामी परेका जिरी नगरपालिका वडा ४ की १५ वर्षीया लेकी शेर्पा र वडा नम्बर ५ की १२ वर्षीया दिया जिरेललाई उपचारका लागि काठमाण्डौं रिफर गरिएको हो । हिजो दिउँसो दुवै जनाले एकै पटक २२/२२ चक्की औषधि सेवन गरेको पाइएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक विष्णु खड्काले जानकारी दिनुभयो । औषधि सेवन गरी उनीहरुलाई जिरी एअरपोर्टमा छट्पटाएर बसिरहेको देखेपछि स्थानीयले जिरी अस्पतालमा पु¥याएको थियो । जिरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनीहरुलाई गएराती नै काठमाडौ रिफर गरिएको प्रहरीले जनाएको छ । उनीहरुले के कारणले त्यति धेरै औषधी सेवन गरेको भन्ने विषय भने खुल्न खुल्न बाँकी छ ।

उनीहरु दुवै जना जिरी ५ मा रहेको ढुंगेश्वरी  माविमा कक्षा ६ र ७ मा अध्ययन गर्दै आएका छन् । दिया कक्षा ६ मा र लेकी कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।

१९ फागुन, २०७७ । ८ः३० बजे प्रकाशित ।

VIEWS: 18520 पटक हेरीएको
error: Content is protected !!