अत्यावस्यक काम बाहेक घर बाहिर ननिस्किन दोलखा प्रशासनको आग्रह, बजार पनि बन्द गरिने

2 weeks ago/Monday, March 23rd, 2020

ईदोलखा सँवाददाता ।

दोलखा, १० चैत्र ।

जिल्ला प्रशासन कार्यालय दोलखाले कोरोनाको सँक्रमण हुन नदिन सावधानी अपाउने भन्दै दोलखाका नागरिकहरुलाई अत्यावस्यक काम वाहेक घरबाहिर ननिस्किन आव्हान गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय लगत्तै स्थानीय प्रशासनले आकस्मिक उपचार गर्नु पर्ने अवस्था बाहेक अन्य कामका लागि घर बाहिर ननिस्किन, सडकमा घुमफिर नगर्न आग्रह गरेको हो । अनावस्यक कामले घर बाहिर निस्किएर बजार तथा चोकमा भिडभाड गरेमा प्रहरीले अनुगमन र जाँचबुझ गरी नियन्त्रणमा लिने प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले दैनिक उपभोग्य सामान, राहत र उद्धार कार्यमा सँलग्न यातायातका साधन, खाद्य, किराना, औषधी, पानी, पेट्रोलियम पदार्थ, तरकारी पसल, दुध डेरी र होटल बाहेक सवै व्यवसाय, उद्योग र कलकारखाना बन्द गर्न पनि भनेको छ । जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले नेपाल सरकारले तोकेको अत्यावस्यक सेवा वाहेक सवै सेवा बन्द गर्ने निर्णय गरेको छ । जस अनुसार अव जिल्ला सदरमुकाम चरिकोट र अन्य साना ठूला बजारमा अत्यावस्यकीय सेवासँग सम्वन्धित पसल बाहेक बाँकी सवै बन्द हुने छन् ।

अनावस्यक कामले घर बाहिर निस्किएर बजार तथा चोकमा भिडभाड गरेमा प्रहरीले अनुगमन र जाँचबुझ गरी नियन्त्रणमा लिने प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले दैनिक उपभोग्य सामान, राहत र उद्धार कार्यमा सँलग्न यातायातका साधन, खाद्य, किराना, औषधी, पानी, पेट्रोलियम पदार्थ, तरकारी पसल, दुध डेरी र होटल बाहेक सवै व्यवसाय, उद्योग र कलकारखाना बन्द गर्न पनि भनेको छ । बैठकले दोलखा प्रवेश गर्ने मुख्य नाका किर्नेटार र खरिढुँगामा प्रहरी र स्वास्थ्यकर्मी सहितको टोलीले कडाईका साथ चेकजाँच गर्ने र अत्यावस्यक मानिसलाई मात्र जिल्ला प्रवेश गर्न दिने निर्णय पनि गरेको छ । 

बैठकले दोलखा प्रवेश गर्ने मुख्य नाका किर्नेटार र खरिढुँगामा प्रहरी र स्वास्थ्यकर्मी सहितको टोलीले कडाईका साथ चेकजाँच गर्ने र अत्यावस्यक मानिसलाई मात्र जिल्ला प्रवेश गर्न दिने निर्णय पनि गरेको छ । यी दुवै नाकामा जिल्ला प्रवेश गर्नेहरुको विवरण समेत राखिने छ । यस्तै, आजको बैठकले कोरोनाको रोकथामकालागि दोलखाका ९ वटै स्थानीय सरकारलाई कोरोना भाईरस नियन्त्रण, बिपद् व्यवस्थापन समिति गठन गरी प्रत्येक तहमा तापक्रम मापन गर्ने कम्तिमा ५ वटा थर्मल गन् र अत्यवास्यक उपकरण समेतको व्यवस्था गर्न आग्रह गर्ने निर्णय गरेको छ । जिल्ला बिपद् व्यवस्थापन समितिले जिल्लाका स्थानीय तहमा ५०० देखि एक हजार जनासम्म रहन सक्ने क्वारेन्टाईनको व्यवस्थापन हुने अपेक्षा गरेको छ । जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष एवँ दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जिल्लामा कोरोनाको सँक्रमण फैलिन नदिन पूर्व तयारी स्वरुप केहि कडाई गरिएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डे, भीमेस्वर नगरपालिकाका नगर प्रमुख भरत केसी र बिपद् व्यवस्थापन समितिका सदस्यहरु सम्मिलित बैठकले जिल्लाका सवै मठमन्दिरको दैनिक नित्य पूजा बाहेक भिडभाड हुने अन्य कार्यक्रम बन्द गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

१० चैत्र २०७६ । ६ः३० बजे प्रकाशित

VIEWS: 4675 पटक हेरीएको
error: Content is protected !!