अनियमितता गर्नेहरुलाई कानुनी दायरामा ल्याउँछुः सिडिओ शर्मा

3 months ago/Wednesday, December 25th, 2019

दोलखा, ९ पौष ।

दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल सार्वजनिक मुद्धाका प्रतिवादीसँग घुस लिएको आरोपमा गृहमन्त्रालय तानिएपछि दोलखामा हालै मात्र नयाँ प्रजिअ आएका छन् । सिन्धुपाल्चोकको सहायक प्रजिअ रहेका भीमकान्त शर्मा दोलखाको नयाँ प्रजिअका रुपमा जिल्ला आएका हुन् । जिल्ला आएलगत्तै राजनीतिक दल, पत्रकार तथा सरोकारवाला निकायसँग छलफल गरेका सिडिओ शर्माका योजना, समस्या र चुनौतीहरु के छन ?? प्रस्तुत छ, सहकर्मी लक्ष्मी बस्नेतले दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मासँग गरेको कुराकानी ।

तँपाई जुन अवस्थामा दोलखाको प्रजिअ भएर आउनुभएको छ, कस्तो अनुभुति गरीरहनु भएको छ ?

वास्तवमा म अहिले मात्रै नभएर विगतमा पनि एक दुई पल्ट दोलखा आएको थिए । कालिञ्चोक भगवति र भीमेश्वरको दर्शन गर्न । बाहिर भन्या जस्तो यो जिल्ला एकदम सुन्दर र रमणीय छ, स्वीजरल्याण्ड पनि भनिन्छ । मनमोहक नै छ र मैले चै यो जिल्लामा सेवा गर्ने मैका जुन अवसर पाए उच्च मनोबलका साथ आएको छु र यहाँको जनताको मन जित्ने गरी केहि काम गरुँला भन्ने एउटा धोको छ हेरौँ समयले कति साथ दिनसक्छ ।

भ्रष्टचार र अनियमितता नियन्त्रण गर्ने अख्तियारी प्राप्त जिल्ला प्रशासन कार्यालय हो । तर, जिल्लामा भ्रष्टचारका घटनाहरु सिलशिलाबद्ध रुपमा सार्वजनिक भइरहेका छन् । अनियमिमता र भ्रष्टचारलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?

यहाँले सोधेको प्रश्नहरु वास्तवमा समयसामयिक छ । यो जिल्लामा मात्रै होईन अन्य जिल्लामा पनि यस्ता खवरहरु आईरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अलि सक्रिय भएको कारणले पनि यस्ता घटनाहरु सार्वजनिक भईरहेका हुन् । साथ साथै नागरिक समाज र सबै सचेत नागरिकहरुको हैसियतले आँफु अन्यायमा परेको कुराहरु रिपोर्ट गरेको अवस्थाले पनि यस्ता घटना सार्वजानिक हुने क्रम बढेको हो । यसमा केहि सिद्धान्त पद्धतीहरु छँदैछन् । केही भएमा पक्कै पनि कानुन विपरित काम र अनियमितता गर्नेहरुलाई कानुनी दायरामा ल्याएर कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

मैले त्यति सारै अहिले कुनै संकटपूर्ण र चुनौतिपूर्ण ठान्या छैन । मैले यसअघि पनि एक वर्ष मनाङ चलाए, अर्घखाँची बसे, काभ्रेमा बसे अहिले पनि ८ महिना म सिन्धुपाल्चोकको निमित्त र सहायक सिडिओ हुँदै यहाँ आएको छु । मेरो आफ्नो अनुभवले म गर्न सक्छु भन्ने उच्च मनोबलले आएको छु ।

हुनत तपाँई अन्य जिल्लामा सहायक सिडिओ र निमित्त सिडिओ भएर पनि काम गर्नुभयो, दोलखाको सिडियो भएर कार्यसम्पादन गर्दा कुनै चुनौति र समस्या देख्नुभएको छ ?

मैले त्यति सारै अहिले कुनै संकटपूर्ण र चुनौतिपूर्ण ठान्या छैन । मैले यसअघि पनि एक वर्ष मनाङ चलाए, अर्घखाँची बसे, काभ्रेमा बसे अहिले पनि ८ महिना म सिन्धुपाल्चोकको निमित्त र सहायक सिडिओ हुँदै यहाँ आएको छु । गृहमा लामो अवधिको मेरो एउटा अनुभवले के देखाउँछ भने गृह प्रशासनमा गर्नुपर्ने काम कारवाही शान्ति सुरक्षा देखि अरु नागरिक समाज, राजनीतिक दल र विकास निर्माणमा सहयोग गर्ने समन्वय गर्ने जुन एउटा हातेमालो गर्दै जाने कुरा छ, त्यसमा मेरो आफ्नो अनुभवले म गर्न सक्छु भन्ने उच्च मनोबलले आएको छु । र केही न केही सुधार गरेर अहिले भईरहेको अवस्थामा एउटा इँटा थपेर, फलानोको पालोमा यत्ति काम भयो है भन्ने बनाएर, धेरै गर्न नसकेपनि नराम्रो नगरी कन केही न केही सुधार गरेर जनताले महुशस गर्नेगरि देखिने गरि काम गर्ने मन छ, त्यो गरुँला जस्तो लाग्छ मलाई ।

तँपाई भर्खरै जिल्ला आउनुभएको छ, भावी योजना र कार्यक्रम त बनीसकेका छैनन होला, तर पनि तपाँईको म यस्तो गरेर देखाउँछु भन्ने सोचाई छ ?

यहाँले अघि औँलयाएजस्तै केही अनियमिमता र भ्रष्टचारको कुरामा अलिकति कहाँ के छ? त्यसलाई पारदर्शी रुपमा लिएर आउने कुराहरु र हरेक कार्यालयमा सेवाग्राहीलाई सेवा प्रवाह कत्तिको प्रभावकारी छ ? कत्ति पारदर्शी छ ? कत्ति सुशासन छ ? र स्थानीय निकाय देखिका जति उजुरीहरु यहाँ आईराखेका छन् विकास निर्माणसँग सम्बन्धित कति बाधा अवरोध छ, तिनलाई कसरी सहजीकरण गर्ने र सार्वजानिक जग्गा अतिक्रमणको कुराहरु पनि यहाँ मलाई सुन्नमा आईसकेको छ । म जिल्लामा आएको धेरै भएको छैन ।

सुरुदेखि मैले स्टाफ मिटिङ राखेँ, जिल्ला सुरक्षा समितिको बैठक राखेँ, राजनीतिक दल, पत्रकार तथा कार्यालय प्रमुखसँग भेटघाट भयो । बुझ्दै जाँदाखेरी कर्मचारी साथीहरुले यहाँ मलाई यत्ति पोजेटिभ उर्जा उत्पन्न गराईराख्नु भएको छ की तँपाईलाई हाम्रो सपोर्ट छ, तँपाईलाई हामी सफल बनाएरै छोडेछौँ हाम्रो साथ छ, हातेमालो गर्दै जाउँ भनेर जुन उहाँहरुले उर्जा दिईराख्नुभएको छ, त्यसले मेरो मनोबल अझ उच्च बनाएको छ । र केही न केही यहाँका सार्वजानिक जग्गा अतिक्रमणका कुरा अनियमितताका कुराहरु, ढिलासुस्तीका कुराहरु, गुनासोको कुराहरु रहित बनाएर, स्थानीय निकायको समन्वय र सहकार्य गर्दै यहाँका जनताको मन जित्ने गरि धेरथोर जति सक्छु, जति बस्छु त्यो गर्ने मैले भित्रैदेखि एउटा अठोट लिएको छु ।

केही अनियमिमता र भ्रष्टचारको कुरामा अलिकति कहाँ के छ? त्यसलाई पारदर्शी रुपमा लिएर आउनेछु । धेरै गर्न नसकेपनि नराम्रो नगरी कन केही न केही सुधार गरेर जनताले महुशस गर्नेगरि देखिने गरि काम गर्ने मन छ, त्यो गरुँला जस्तो लाग्छ मलाई ।

जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि राजनितिक दल सामाजिक संघ संस्था र जनसमुदायबाट के अपेक्षा गर्नुभएको छ ?

अब मैले राजनीतिक दलका प्रतिनिधिसँग भेटघाट गरिसके र त्यो क्रममा मैले उहाँहरुलाई यो प्रशासन खासगरी कानुनी तवरबाट चल्छ र फास्ट ट्रयाकबाट चलाउने कानुन विपरितका कामहरुमा यहाँहरुले फोर्स लगाएर दवाव दिने काम कृपया मलाई नगर्दिनुहोला, मलाई कानुन बमोजिम चल्न दिनुहोला भनेर मैले भनिसकेको छु । उहाँहरुले पनि मलाई साथ सहयोग दिने वचनवद्धता जनाउनुभएको छ । र त्यो किसिमले कानुन छाड्न साथ म आँफै अप्ठ्यारोमा पर्ने भएकाले कर्मचारीले भोली समात्ने र टेक्ने आधार भनेको त कानुन हो ।

जथाभावी गर्दै गईयो भने त त्यसमा फसिन्छ, त्यसो हुनाले जनताको जीउ धनको सुरक्षा गर्ने अहम भूमीकामा प्रहरी लगाएतका जुन हाम्रो जिल्ला मातहतको जिल्ला प्रशासन मातहतको निकाय छन्, तिनीहरुलाई एकदम तालिम प्रशक्षिण र सचेत गराउँदै, सुरक्षा प्रदान गर्दै, मुख्य चाहीँ त्यो जिउधनको सुरक्षा र अरु सरकारी धनसम्पत्तिको संरक्षण गर्ने दायित्व बोकेको यो अड्डा, यो पद त्यसको पक्कै पनि भूमीकामा कमी कमजोरी नहुनेगरि पहल अघि बढाउनेछु र यो जिल्लाको समग्र शान्ती सुरक्षा र अमनचयन कायम गर्न सफल हुनेछु भन्ने मलाई विश्वास छ ।

९ पौष, २०७६ । ५ः ०० बजे प्रकाशित ।

VIEWS: 2600 पटक हेरीएको
error: Content is protected !!