अन्तराष्ट्रिय समन्वय समाजको अध्यक्षमा दिपेन्द्र अधिकारी

3 years ago/Saturday, October 27th, 2018

दोलखा, १० कार्तिक ।

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम जिल्ला अधिवेशनले दिपेन्द्र अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । सदरमुकाम चरिकोटमा आज सम्पन्न अधिवेशनले दोलखाको बैतेस्वर गाउँपालिका ८ क्षेत्रपा स्थायी घर भएका अधिकारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।

अध्यक्षमा निर्वाचित अधिकारी बैदेशिक रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुगेर त्याहाँ रहेको दोलखाली समाज दक्षिण कोरियाको अध्यक्ष भएर सामाजिक कार्यमा सक्रिय थिए । यसअघि उनी अन्तराष्ट्रिय समन्वय समाज दोलखाको बरिष्ठ उपाध्यक्ष थिए । समाजको बरिष्ठ उपाध्यक्षमा बिगु गाउँपालिका ४ का लादुक बिजय दुलाल, प्रथम उपाध्यक्षमा बैतेस्वर २ का कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा सोही स्थानका मोहन श्रेष्ठ र महासचिवमा बैतेस्वर ७ का नितेशकुमार थामी चयन भएका छन् । यस्तै सचिवमा सुमन शर्मा, सह सचिवमा राधिका रिमाल र सदस्यहरुमा एक्का श्रेष्ठ, रुपिना खड्का लगायत चयन भएका छन् । तृतिय उपाध्यक्ष, कोषाध्यक्ष र सह कोषाध्यक्ष भने पछि मनोनित गर्ने समन्वय समाजले जनाएको छ ।

‘स्वदेशमै रोजगार, स्वदेशी शान, सम्बृद्ध दोलखा हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गरिएको अधिवेशनको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै प्रमुख पाण्डेले स्वदेशमै उत्पादन र रोजगारीसँग सम्वन्धित काम गर्ने युवाहरुलाई स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो । समाजका अध्यक्ष हरि खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेस्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, सामुदायिक रेडियो प्रसारक सँघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्की, पत्रकार गोकर्ण भण्डारी, बैतेस्वर युवा सञ्जालका अध्यक्ष पुस्कर अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बैदेशिक रोजगारमा गएर स्वदेश फर्किएका हरि खत्री, बिजय दुलाल, कुमार श्रेष्ठ, नितेशुकमार थामी र सविन खड्काले स्वदेशमै उद्यम र व्यवसाय गरी रोजगारीको सिर्जना गर्ने अभियानमा आफूहरु जुटेको बताएका थिए । उनीहरु सवै अन्तराष्ट्रिय समन्वय समाज दोलखाका सँस्थापक हुन् ।

११ कार्तिक २०७५ । ६ः०० बजे प्रकाशित

VIEWS: 8205 पटक हेरीएको
error: Content is protected !!