अपराधिक गतिविधि कम गर्न कार्यक्रम लिएर गाउँगाउँसम्म पुग्नेछुः डिएसपी पोखरेल

1 month ago/Saturday, December 21st, 2019

दोलखा, ५ पुस ।

दोलखाको प्रहरी प्रमुखको रुपमा हालै मात्र भक्तपुरबाट रेवतिरमण पोखरेल आएका छन् । डिएसपि मानबहादुर राईको सरुवा भएसँगै पोखरेलले मंसिर ३० गते जिल्लाको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका हुन् । नयाँ कार्यभार सम्हालेसँगै डिएसपि पोखरेलसँग जिल्लाको शान्तिसुरक्षाको विषयमा के कस्ता योजना छन् त ? कसरी अघि बढ्छन् आगामी दिनहरु ? प्रस्तुत छ, सहकर्मि दुर्गा बस्नेतले दोलखाका नयाँ प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपि) रेवतिरमण पोखरेलसँग गरेको कुराकानी ।

१. दोलखाको प्रहरी प्रमुख बनेर आउनु भएको छ । जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि तँपाईका के कस्ता योजनाहरु छन् ?

सबैभन्दा पहिला त म दोलखा जिल्लामा प्रहरी प्रमुखको रुपमा आइसकेपछि सङ्गठनले नै दिएका निती निर्देशनलाई नै कसरी ईम्प्लिमेन्टेशन गर्ने भनेर समग्र सोच बनाएको छु । त्यसमा मैले हाम्रा प्रहरी सङ्गठनले लिएका प्राथमिकताका विषयहरु जुन चाँही प्रहरी महानिरिक्षकका प्राथमिकता विशेषता भनेर निर्धारण गरिएको छ । त्यसमा खासगरी सङ्घिय संरचनामा प्रहरीले कसरी कार्य गर्ने र विभिन्न खाले अपराध चाहे सङ्गठित अपराध होस्, जघन्य अपराध होस्, खासगरी यस्तो पहाडी ठाउँमा महिला बालबालिका माथि हुने अपराध नियन्त्रण गर्न नीतिको शासन सुनिश्चित गर्नको लागि भर्खरै दुई बर्ष अगाडी देखि लागु भएको छ त्यसलाई चाँही इम्प्लिमेन्टेशन गर्ने र यो समग्र दोलखा जिल्लाको मानव अधिकारका संरक्षण, राज्य बाट हुनसक्ने अन्य विषयलाई संरक्षण गर्ने लगायत भौगोलिक, स्थलगत रुपमा यहाँका समस्याहरु बुझेर यसलाई कसरी निराकरण गर्न सकिन्छ भनेर समुदायसँग मिलेर समुदाय प्रहरीको साझेदारी अवधारणा अनुसार कार्यक्रम गर्ने मैले योजना भन्ने की उद्धेश्य त्यो राखेको छु ।

२. दोलखा जिल्लामा मिल्दा शान्त जस्तो तर परिस्थिती बिग्रदा तत्कालै अशान्ति हुने गर्दछ । यस्तो अवस्था सिर्जना भयो भने प्रहरीको भूमिकालाई कसरी प्रभावकारी बनाउनुहुन्छ ?

म यहाँ आउनु भन्दा पनि जब मेरो यहाँ सरुवा भयो मैले दोलखा कस्तो जिल्ला हो ? के हो भनेर एक दुई जनासँग बुझ्न चाँहे । दोलखामा अलिकति राजनीतिक र अहिले तपाईले प्रश्न सोधेजस्तो हेर्दा खेरी सामान्य तर कहिलेकाँँही यो अलि अप्ठ्यारो हुन्छ भन्ने कुरा एक दुई जनाले गर्नुभएको थियो । तर मैले यसो बुझेँ, कति मानिसहरु सँग सम्पर्क समन्वय गरे म आएको तेस्रो दिन देखि चाँही म यहाँ कार्यरत छु मैले विभिन्न कार्यक्रममा गए विभिन्न व्यक्तिसँग भेटे । जुन तपाईले प्रश्नमा सोधे जस्तो यो त्यति सारो पनि छैन । खास गरी प्रहरीको समुदायसँग सम्बन्ध नभएर जुन साझेदारी हुन नसकेको र समुदायलाई प्रहरीले, प्रहरीलाई समुदायले आफ्नो अपनत्व प्रदान गर्न नसकेको अवस्थामा यदाकता यस्तो घटनाहरु हुन्छ । यसको लागि मैले पटक–पटक भन्छु नेपाल प्रहरीले एउटा कार्यक्रम ल्याएको छ । जुन राज्यले स्वीकृत गरेर ल्याएको कार्यक्रम हो ।

“समुदाय प्रहरी साझेदारी” जुन चाँही हाम्रो जिल्लाको हकमा भन्ने हो भने जिल्ला स्तर देखि टोलसम्म, जिल्लास्तर, पालिकास्तर, गाउँपालिकाका वडाहरु सम्म र वडाबाट पनि टोलटोलसम्म, बिद्यार्थीहरु, संघसंस्थाहरु, बिद्यालयहरुसँग समुदायसँग अब हाम्रो साझदारीका कार्यक्रमहरु हुन्छन् । उहाँहरुसँग रहेर उहाँहरुलाई नै प्रहरीको एउटा अङ्ग बनाएर प्रहरीले गरेका काम कारवाहीमा अथवा अपराध न्यूनिकरण र शान्ती सुरक्षा कायम राख्न समुदायले नै सहयोग गर्नुहुने हँुदा मलाई लाग्छ यहाँ मात्र होइन, अन्यन्त्र जिल्लामा पनि त्यस्तो नहोला दोलखामा मेरो कार्य अवधिभर त्यस्तो स्थिति सिर्जना हुने वातावरण चाँही प्रहरीको कारणले नहोला भन्ने मलाई लाग्दछ ।

३. जिल्लाको कुरा गर्दा सवारी दुर्घटना, आत्महत्या, बलात्कार जस्ता जघन्य अपराध बढिरहेको देखिन्छ । यी र यस्ता घटनामा कमी ल्याउन प्रहरीको भूमिका कस्तो रहनु पर्ला ?

एकदमै, अस्ति म यहाँ आउँदा आउँदै एउटा ठुलो दुर्घटनाको साँची हुनु प¥यो, यो दोलखाबाटै काठमाण्डौ तिर गईरहेको एउटा गाडि दुर्घटना हुँदा संयोगले म त्यही बाटो आउँदै थिए । मैले आफुले पनि महसुस गरेर त्यसमा घटना किन भयोे भन्ने कुरा सोचेर जिल्ला जाने बित्तिकै सडक सुरक्षा सम्बन्धि कार्यक्रम गर्नु पर्छ भन्ने योजना बनाएको थिएँ । सडक सुरक्षा भनेको ट्राफिक व्यवस्थापनको कुराहरु, दुर्घटना न्युनिकरणका कुराहरु आए । यी लगाएत अन्य प्रशिक्षणका कार्यक्रमहरु, सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्छ भनेर हामीले चार गते नै एउटा कार्यक्रम गरेका छौं । अनि, हामीले सुरुवाती अवस्थामै दुर्घटना सम्बन्धि कार्यक्रमको आयोजना गरेका हौँ ।

दुर्घटना मात्रै नभएर त्यसमा विभिन्न स्टेक होल्डरहरु सँग समन्वय गरेर मेरो पहिलो कार्य सडक सुरक्षा हुनेछ । यो सँगसँगै तपार्इँले जोड्नु भयो यो विकराल अवस्थाको कुरा । दोलखामा नभएर नेपालमा नै यस्ता घटना बढिरहेका छन् । आत्महत्याको घटना किन हुन्छ ? कसरी हुन्छ भन्ने विषयमा मैले आउने बित्तिकै सुरु गरिसकेको छु । आत्महत्याको बिषयमा व्यक्तिको मनोबिद्को आधारमा हामीले समुदाय प्रहरी साझेदारी अन्तरगतका कार्यक्रमहरु जिल्लाको विभिन्न ठाउँमा सञ्चालन गर्दैछौँ । त्यसका साथै अन्य महिला हिंसा, यौन हिंसा, बलत्कार जस्ता अपराधिक गतिबिधिहरुमा कसरी कमि ल्याउने भन्ने विषयमा कार्यक्रमहरु लिएर हामी जिल्ला भर गर्दै जानेछौँ ।

सबैभन्दा पहिला त म दोलखा जिल्लामा प्रहरी प्रमुखको रुपमा आइसकेपछि सङ्गठनले नै दिएका निती निर्देशनलाई नै कसरी ईम्प्लिमेन्टेशन गर्ने भनेर समग्र सोच बनाएको छु । हामीले सुरुवाती अवस्थामै दुर्घटना सम्बन्धि कार्यक्रमको आयोजना गरेका हौँ । दुर्घटना मात्रै नभएर त्यसमा विभिन्न स्टेक होल्डरहरु सँग समन्वय गरेर मेरो पहिलो कार्य सडक सुरक्षा हुनेछ ।खासगरी अहिले सवारी दुर्घटना हुनुमा विभिन्न कुराहरुमा लापरवाही गरिएको देखिन्छ । सडक दुर्घटना मात्र नभएर सम्पूर्ण सवारी सुरक्षा, यात्रुको सुरक्षा, पैदल यात्रुको सुरक्षादेखि लिएर यी सम्पूर्ण कुराहरु सडक सुरक्षाका कार्यक्रममा हामी समेट्छौं ।

४. डिएसपी साब, सवारी दुर्घटना र यातायातका साधनमा भईरहेको जुन लापरवाही छ । यसलाई नियन्त्रण गर्ने कुनै योजना बनाउनु भएको छ ?

खासगरी अहिले सवारी दुर्घटना हुनुमा विभिन्न कुराहरुमा लापरवाही गरिएको देखिन्छ । जुन प्रयोजनको सवारी साधन हो त्यसलाई अन्य प्रयोजनमा पनि प्रयोग गर्ने गरिन्छ । जस्तो सवारी साधन ढुवानी गर्नेहरुमा व्यक्तिहरु चढाउने, यात्रु चढाउने, सवारी धनीहरुले लाइसेन्स नभएकालाई सवारी साधन चलाउन दिने लगायतका अन्य लापरवाहीलाई नियन्त्रण गर्नको लागि मैले अगाडी नै भनिसके सबैलाई सडक सुरक्षा भन्ने कार्यक्रमले समेट्छ । सडक दुर्घटना मात्र नभएर सम्पूर्ण सवारी सुरक्षा, यात्रुको सुरक्षा, पैदल यात्रुको सुरक्षादेखि लिएर यी सम्पूर्ण कुराहरु सडक सुरक्षाका कार्यक्रममा हामी समेट्छौं ।

६. दोलखा प्रहरीले बिगतमा कुनै दर्ता गर्नु पर्ने घटनाको जाहेरी नैं दर्ता नगर्ने, मेलमिलापकै माध्यमवाट मिलाउन सकिने धेरैजसो मुद्धामा सार्वजनिक कसुरको जाहेरी दर्ता गर्ने र अनुषन्धानको नाममा लामो समय हिरासतमा राखेर दुःख दिने गरेको गुनासो छ । प्रहरीले यस्तो गर्न मिल्छ ?

यो प्रहरीलाई लाग्ने एउटा आरोप पनि हो । कतिपय अवस्थामा त्यस्तो कहिलेकाहीँ भएको हुनसक्छ । तर तपाईँले भन्नु भएजस्तो घटना प्रकृति एउटा र मान्ेछलाई दुख दिने नियत जुन आजकल अहिले तपाईँले भन्नुभए जस्तो सार्वजनिक मुद्धा चलाउने भन्ने चलन छ । सामान्यतया पहिला हुने गरेको भएपनि अब त्यस्तो हँुदैन घटनाको अनुसन्धान भएर आवश्यकता अनुसार चलाउनुपर्ने भएदेखि जस्तो चोरि गरेको छ भने चोरि गरेकोलाई चोरीमै मुद्धा चलाइन्छ अथवा अन्य घटनाको प्रकृति अनुसार अनुसन्धानले जुन अपराध गरेको छ त्यही अनुसार मुद्धा चलेको छ र त्यही अनुसार नै मुद्धा चल्दछ । तर तपाईले यो अवधिमा चाँही यो गुनासो आउने छैन भन्ने म सम्पुर्ण स्रोताहरु अथवा पाठकहरुमा बिश्वास दिलाउन चाहन्छु ।

७. अन्त्यमा, दोलखामा शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा केहि भन्न चाहनुहुन्छ ?

हजुर, यो विषयमा हामीले अगाडी जति पनि कुरा ग¥यौँ यो प्रहरीको एकल प्रयासले कुनै पनि कार्य हुन सक्दैन । जुन मैले पटक–पटक दोहा¥याएको शब्द छ, ‘समुदाय प्रहरी साझेदारी’ । यो कार्यक्रम कति इफेक्टिभ हिसाबमा जान सक्छ भन्ने कुरा हामी र प्रहरीमा कति कार्यक्रमहरुमा सहकार्य गर्न सकिन्छ, त्यसले निर्धारण गर्छ । यसमा कसरी टोल–टोल र व्यक्ति– व्यक्ति सम्म पुगेर हामीले उहाँहरु सँग मिलेर काम गर्न सक्छौँ ।

त्यसैले दोलखावासीलाई म के अनुरोध गर्न चाहन्छु भने अब हामी जिल्ला देखि पालिका, वडा र विद्यालय, संघ–सस्थाहरुसँग मिलेर हामी बिभिन्न खालका कार्यक्रमहरु ल्याउँछौँ । त्यसमा तपाईहरु र हामी सहकार्य गर्नेछौ, जसले गर्दा जिल्लामा शान्ती सुरक्षा कायम राख्ने, जनतालाई अमनचयन कायम राख्न तथा अपराध रोकथाम नियन्त्रण गर्न तपाईहरुको सहयोगी भुमिका रहनेछ भन्ने अनुरोध समेत गर्न चाहन्छु ।

५ पुस, २०७६। ४ः३० बजे प्रकाशित ।

VIEWS: 5845 पटक हेरीएको
error: Content is protected !!