अपर तामाकोशी हाईड्रोपावरले २२ मेगावटको रोल्वालिङ आयोजना निर्माण गर्ने

4 weeks ago/Saturday, November 16th, 2019

दोलखा, ३० कात्तिक ।

दोलखाको लामावगरमा राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले २२ मेगावटको रोल्वालिङ जलविद्युत आयोजना पनि निर्माण गर्ने भएको छ ।

कम्पनीले रोल्वालिङ जलविद्युत आयोजना निर्माणको पूर्व तयारी कामका लागि हाई हिमालय हाईड्रो कन्सट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार कम्प्नीले पहुँचमार्ग र अडिट टनेल निर्माण लगाएत विभिन्न् पूर्वतयारीको काम गर्नेछ । पुर्वतयारीको काम सकिएपछि आयोजना निर्माणकै लागि ठेक्का सम्झौता हुने माथिल्लो तामाकोशी आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।

रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाईनेछ र २२ मेगावट विद्यतु उत्पादन गरिनेछ । अपर तामाकोशीले २०७४ को भदौ मै २२ मेगावटको रोल्वालिङ जलविद्युत आयोजना निर्माणका लागि विद्युत विकास विभागबाट अनुमति पाएको थियो ।

च्छोरोल्पा हिमतालबाट निस्केको पानी बग्ने रोल्वालिङ खोलाको पानी हाल माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा तल खस्दछ । सो अयोाजना बनेपछि भने रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाईनेछ र २२ मेगावट विद्यतु उत्पादन गरिनेछ । रोल्वालिङको पानी तामाकोशीको रिजर्भवायरमा खसाल्दा तामाकोशीबाट पनि हिउँदमा समेत उत्पादन बढाउन सकिने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

अपर तामाकोशीले २०७४ को भदौ मै २२ मेगावटको रोल्वालिङ जलविद्युत आयोजना निर्माणका लागि विद्युत विकास विभागबाट अनुमति पाएको थियो । रोल्वालिङ जलविद्युत आयोजना निमाणका लागि पनि माथिल्लो तामाकोशीमा ऋण लगानी गरिरहेका कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष लगाएतले लगानी गर्नेछन् ।

३० कात्तिक, २०७६ । ९ः ०० बजे प्रकाशित ।

VIEWS: 2550 पटक हेरीएको
error: Content is protected !!