अरनिको यातायातले सुकुटे दुर्घटनाका मृतक र घाईतेलाई क्षतिपूर्ति दिएन, दुई दिनपछि आफन्तले शव बुझे

1 week ago/Tuesday, November 5th, 2019

दोलखा, १९ कात्तिक ।

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा परी मृत्यु भएका र घाईते भएकाहरुलाई अरनिको यातायातले क्षतिपूर्ति दिन आनाकानी गरेपछि मृतकका परिवारले विना सहमति शव बुझेका छन् ।

दुर्घटनापछि लगातार तिन दिन वार्ता र छलफलमा बस्दा पनि अरनिको यातायात समितिको तर्पmबाट आधिकारीक प्रतिनिधि नआएको र क्षतिपूर्ति दिन आनाकानी गरेपछि असहमतिका बीच मृतकका आफन्तजनले आज शव बुझेका हुन् । दुर्घटनामा परी घाईते भएकाहरुको शवलाई आफन्तले बुझेर कतिपयले सुनकोसी किनारमा दाहसंस्कार गरेका छन् भने केही शवलाई आफन्तजनले दोलखा ल्याएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको सभा हलमा हिजो भएको छलफलमा दुर्घटनाका बिषयमा छानविन गर्न र मृतक, बेपत्ता तथा घाईतेलाई क्षेतिपूर्तिका लागि समेत शिफारिस गर्ने गरी सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानविन समिति गठन गर्ने तथा अरनिको यातायातले दिने क्षेतिपूर्ति र उपचार खर्चका बारेमा छलफल गर्न हिजो राति १० बजेभित्र बाह्रबिसे नगरपालिकाको कार्यालयमा स्थानीय प्रशासनले उपस्थित गराउने सहमति पछि अवरुद्ध अरनिको लोकमार्ग सुचारु भएको थियो ।

सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा परी मृत्यु भएका र घाईते भएकाहरुलाई अरनिको यातायातले क्षतिपूर्ति दिन आनाकानी गरेपछि मृतकका परिवारले विना सहमति शव बुझेका छन् । दुर्घटनामा परी घाईते भएकाहरुको शवलाई आफन्तले बुझेर कतिपयले सुनकोसी किनारमा दाहसंस्कार गरेका छन् भने केही शवलाई आफन्तजनले दोलखा ल्याएका छन् । सुकुटे दुर्घनामा परी ज्यान गुमाएका परिवारलाई शैलुङ गाउँपालिकाले दाहसँस्कार खर्च बापत २० हजार दिने भएको छ ।

छलफलमा दोलखाका संघीय साँसद पार्वत गुरुङ, प्रदेश सभाका साँसदहरु पशुपति चौंलागाई र विशाल खड्का, शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल तथा दोलखा र सिन्धुपाल्चोक दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको उपस्थितीमा निर्णय गरेपनि अरनिको यातायातका प्रतिनिधि आज विहानसम्म नआए पछि असहमतिकै वीच शवहरु आफन्तले बुझेर लगेका हुन् । आक्रोसित पिडित परिवार र आफन्तजनले शैलुङ क्षेत्रमा अरनिको यातायातको बसलाई चल्न नदिने चेतावनी दिएका छन् ।

यस्तै सुकुटे दुर्घनामा परी ज्यान गुमाएका परिवारलाई शैलुङ गाउँपालिकाले दाहसँस्कार खर्च बापत २० हजार दिने भएको छ । दुई दिनअघि दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको अरनिको यातायातको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सुनकोसी नदिमा खस्दा १८ जनाको मृत्यु भएको थियो ।

१९ कात्तिक, २०७६ । ११ः४० प्रकाशित ।

VIEWS: 6275 पटक हेरीएको
error: Content is protected !!