अरनिको लोकमार्गमा पहिरोः साना सवारीका साधन चले, ठूला चल्नै मुस्किल

1 week ago/Monday, July 27th, 2020

दोलखा, १२ साउन ।

अरनिको लोकमार्ग अन्तर्गत सिन्धुपाल्चोकको कोठेमा अवरुद्ध सडक खण्ड सुचारु भएको छ ।

लगातारको वर्षाका कारण माथिबाट पहिरो खसेपछि कोठेमा अवरुद्ध भएको सडक करिब १० घण्टापछि सुचारु भएको हो । पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको कोठे सडक खण्डमा गएराति १ बजे माथिबाट ढुंगा, माटोसहितको लेदो बगेर आएपछि पुर्ण रुपमा सडक ठप्प भएको थियो । सो सडकमा खसेको लेदो जेसिविले पन्छाएसँगै सावारीका साधानहरु सञ्चालनमा आएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । निरन्तको वर्षापछि गएराति सडक माथिबाट लेदो खसेर सडक पुरिएका कारण सवारिका साधान बिच बाटोमै अलपत्र परेका थिए ।

तर अवरुद्ध भएको करिब १० घण्टापछि सडकमा रहेको माटो पन्छाएर साना सवारिका साधानहरुलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको उहाँले बताउनुभयो । यद्धपि सडक भासिरएका कारण ठुला सवारी साधानहरु भने सञ्चालन गर्न नसकिने प्रहरीले जनाएको छ ।

१२ साउन, २०७७ । ३ः३५ बजे प्रकाशित

VIEWS: 985 पटक हेरीएको
error: Content is protected !!