अवकाश पाए लगत्तै डा.गोविन्द केसी किन आए दोलखा ?

4 weeks ago/Wednesday, October 16th, 2019

ईदोलखा संवाददाता ।
दोलखा, २९ असोज ।

उमेर हदका कारण त्रिभुवन शिक्षण अस्पतालबाट बिदा भए लगत्तै दोलखा आएका प्राध्यापक डाक्टर गोविन्द केसी थप दुई दिन दोलखा रहने भएका छन् ।

२६ बर्ष लामो सेवा पछि अवकाश पाएकै भोलिपल्ट अर्थात हिजो दोलखा सदरमुकाम चरिकोट आईपुगेका डा. केसी थप दुई दिन दोलखाको झुले स्थित मावली घरमा रहने भएका हुन् । हिजो दिउँसो सार्वजनिक बसमा चढेर चरिकोट आईपुगेका डा. केसी आज विहानै मोटरसाईकल चढेर झुलेतर्फ प्रस्थान गरेका छन् । हिजो राति चरिकोट स्थित होटल आर्शिवादमा बास बसेका डा. केसी आज झुले स्थित भतेरेचौर पुग्ने र दुई दिनसम्म त्यहि बस्ने कार्यक्रम रहेको आफन्तजनले बताएका छन् । रामेछापको माकादुम स्थायी घर भएका केसीको मावली घर दोलखाको झुले स्थित भतेरेचौरमा रहेको छ ।

काठमाण्डौं फर्किने कुनै योजना नभएको र ‘जुन जिल्ला पुग्छु त्यहिँ अनशन बस्छु’ भन्ने अभिव्यक्ति दिएका डा. केसी कतै दोलखा र आसपासका जिल्लामै अनशन बस्ने योजनामा छन् कि ? भन्ने प्रश्न पनि उव्जिएको छ ।

हिजो दिउँसो चरिकोट आए लगत्तै डा. केसीले प्राथमिक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) पुगेर त्याहाँको सेवा प्रवाहका बारेमा जानकारी लिएका थिए । डा. केसीले अस्पतालको भौतिक सँरचना, प्राविधिक सामाग्रि, औषधि र न्याय हेल्थको सहयोगका बिषयमा जिज्ञाशा राखेको र आफुहरुले त्यस वारे जानकारी गराएको न्याय हेल्थ नेपालका मेडिकल डाईरेक्टर डा. बिनोद दंगालले जानकारी दिनुभयो । अस्पतालको भ्रमण पछि स्वास्थ्यकर्मीसँग सामूहिक तस्वीर खिचाएर होटलमा बास बस्न पुगेका केसीले साँझ केहि चिकित्सक र स्वास्थ्यकर्मीसँग भेटघाट र छलफल पनि गरेका थिए ।

उमेर हदका कारण सोमवार त्रिभुवन शिक्षण अस्पतालवाट विदाई हुँदै गर्दा डा. केसीले पत्रकार सम्मेलनको आयोजना गरी कार्तिक ८ गतेभित्र आफ्ना ७ बुदे माग पुरा नगरे कार्तिक १३ गतेदेखि पुनः अनशन बस्ने चेतावनी दिएका थिए । काठमाण्डौं फर्किने कुनै योजना नभएको र ‘जुन जिल्ला पुग्छु त्यहिँ अनशन बस्छु’ भन्ने अभिव्यक्ति दिएका डा. केसी कतै दोलखा र आसपासका जिल्लामै अनशन बस्ने योजना छन् कि ? भन्ने प्रश्न पनि उव्जिएको छ । श्रोतका अनुसार दुई दिन मावली घर बसेर जन्मघर रामेछाप हुँदै सिन्धुलीसम्म पुग्ने डा. केसीको कार्यक्रम रहेको छ । रामेछाप र सिन्धुली पुगेपछि डा. केसी पुनः दोलखा फर्किन्छन् ? वा अन्य जिल्लामा जान्छन् ? भन्ने यकिन हुन सकेको छैन ।

२९ असोज,  २०७६ । ११ः३० बजे प्रकाशित । 

VIEWS: 4775 पटक हेरीएको
error: Content is protected !!