अविस्वासको प्रस्ताव दर्तापछि मुख्यमन्त्री र सभामुख भागिरहनु भएको छः सांसद खड्का

1 month ago/Sunday, March 21st, 2021

मुलुकको राजनीतिक अवस्था निकै तरल र पेचिलो बन्दै गएको छ । प्रतिनिधि सभाको बिगटनदेखि सर्वोच्चको आदेश वमोजिम पुर्नस्थापना र सर्वोच्चकै आदेश अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नरहे पछि राजनीतिक कोर्ष नयाँ दिशातर्फ अघि बढिरहेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच पार्टी एकिकरण भएर बनेको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा कायम नरहेपछि यतिखेर एमाले र माओवादी केन्द्र पुर्नजिवित भएर आ–आफ्ना गतिविधि अघि बढाईरहेका छन् । पुर्नस्थापना भएको प्रतिनिधि सभाको कामकारवाही अन्यौलतामा परेको छ भने बागमती प्रदेश लगायतका प्रदेश सरकार बिरुद्ध सदनमा दर्ता भएको अविस्वासको प्रस्तावहरु पनि त्यत्तिकै थन्किएका छन् । सहकर्मी सिर्जना गोलेले यसै सन्दर्भमा आधारित रहेर नेकपा माओवादी केन्द्रका युवा नेता एवँ बागमती प्रदेश सभाका सांसद विशाल खड्कासँग गरेको कुराकानीलाई प्रस्तुत गर्दैछौं ।

देशको राजनीतिक तरल अवस्थाले यतिखेर सवैलाई तरङ्गित गरेको छ नि, हैन ?

राजनितिको उत्तरचढाव चाहि बढि राखेको छ । यद्धपि बिज्ञानले भन्छ तरलतामा पनि ठोस हुन्छ । त्यसैले हामि ठोस परिस्थीतिको ठोस बिश्लेषण गर्ने माक्र्सवादको विद्यार्थी भएकाले यो केहि संक्रमण जस्तो उतारचढाव जस्तो देखियता पनि सारमा हेर्दा प्रतिगमन र अग्रगमनको बिचको लडाँइको चेपुवामा नेपालको राजनिति तैरिरहेको अवस्था महशुस गरेको छु ।

सर्वोच्च अदालतको पछिल्लो आदेशले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा खारेज गरि दिएपछि कम्युनिष्ट राजनीतिको एकताको प्रक्रिया पुरानै ठाउँमा फर्कियो नि ?

अदालतले जुन गलत आशयका साथ राजनितिक निर्णय ग¥यो त्यो अदालतको कार्य क्षेत्र भन्दा बाहिरको कुरा थियो । त्यो नेपालको संविधानको मर्म अनुसार कानुनी राज्यलाई सम्मान गर्ने पार्टी भएको नाताले हामिले अदालतको बिकल्पमा जान सक्ने अबस्था रहेन । तथापि अदालतको निर्णय प्रति असहमति छँदैछ । एउटा कानुनी र संवैधानिक दायरा भन्दा पनि अदालत राजनितिक क्षेत्रमा प्रवेश ग¥यो र माग नै नगरेको फैसला गर्यो । हामि दुःखपुर्वक सर्वोच्चको फैसला स्विकार गर्न बाध्यात्मक अबस्थामा छौ ।

सर्वोच्चको पछिल्लो आदेश स्वभाविक हो कि होईन ?

यो असाध्यै अस्वभाबिक हो । किनभने यो कसैले पनि सोचेको थिएन । जसले माग गरी राख्नु भएको थियो उहाँको माग पनि यो थिएन । अदालतले नाम मिलेन अर्को नाम लियर आउनुस् भन्न सक्थ्यो । तर, तँपाइहरु एकता गर्नै मिल्दैन । जुट्नुस र फुट्नुस भन्ने अदालतको कार्य क्षेत्र भित्रको कुरा हैन । यसले गर्दा हाम्रो लोकतान्त्रिक विधि, अहिलेको राज्यव्यवस्था, अहिलेको कानुनीराज र अहिलेको हाम्रो न्यायिक प्रणालिको विषयमा नागरीक समाज र लोकतन्त्र माथि विश्वास गर्ने सवै नेपाली नागरिकलाई झस्काइ दिएको अवस्था छ ।

आखिर जे भए पनि एमालेका नेता कार्यकर्ता एमालेतिरै र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता माओवादी केन्द्रतिरै हुनु पर्ने अवस्था त आयो नी ?

सांसद र केन्द्रिय सदस्यको हकमा अहिलेको फैसलाले केहि एउटा बाध्यात्मक अबस्था सिर्जना गरेको छ । जहाँ दलिय सिस्टममा त्यहि दलबाट प्रतिनिधित्व गर्ने सांसदले दलको निर्णयलाई मान्नु पर्ने हुन्छ । दलिय सिस्टमलाई मान्दाखेरी त्यो एउटा बाध्यात्मक अबस्था छ । तर, आम नेता कार्यकर्ताहरुको चाँहि हिजो एमाले भएको एमालेमै जाने माओवादी भएको माओवादीमै जाने अवस्था चाहि हँुदैन । आजको दिनमा एमाले पार्टी राखिराख्न जरुरी छैन । स्वयम् केपि ओलिले नै विघटन गरीसकेको पार्टी हो । परम्परागत माओवादि पार्टी आवस्यक छैन भनेर स्वयम प्रचण्डले भंग गरेको पार्टी हो । ओली र प्रचण्ड मिलेर बनाएको पार्टी नेकपा हो । यसका कार्यकर्ता हामी हो ।

त्यसैले अहिले सत्यकै खोजि गर्नुपर्छ । नेकपाको स्पिडमा सहमत हुनेहरु, एकताको भावनालाई सम्मान गर्नेहरु, बाम एकतालाई चाहानेहरु, मुलुकलाई अस्थिरताबाट स्थायित्वमा लान चाहानेहरु त्यो नेकपाकै स्पिड अनुसार चल्नुपर्छ । एकताको मर्म बिपरीत केपि ओली एक्लै चल्न खोज्नु भो । असंवैधानिक कदम चालेर संसद बिगटन गर्नुभयो । अदालत, अख्तियार सवै राज्यका अंगहरुलाई आफु मातहत हुन् मलाई सहयोग गर्नु पर्छ भन्ने अहंकार र अधिनायकवादी चरित्र ओलीमा देखियो । अदालतको फैसलापछि झलनानथ खनाल–माधव नेपाल पक्षधर नेता कार्यकर्तालाई एमालेमा फर्किन नदिन उहाँले आफु निकटलाई राखेर अरुलाई जिम्मेवारीवाट हटाउनु भयो । त्यसकारण पनि एकताका पक्षधर, परिवर्तनकामी र मुलुकमा स्थायित्व चाहने एमाले नेता कार्यकर्ताहरु एकताकै पक्षमा हुन्छन् भन्ने बिस्वास छ । अदालतको फैसला एउटा राजनितिक ट्रान्जिट जस्तो हो । यो ट्रान्जिटबाट अब नयाँ बिमानको सुरुवात हुन्छ । त्यसको नाामाकरण यद्धपि हामिले नेपाल कम्निष्ट पार्टी नेकपा राख्न पाएनौ । तर, अबको समाजवादको यात्रामा जानको लागि विल्कुलै एउटा अग्रगमनकारी पार्टीको रुपमा अगाडि बढ्छ ।

जस्तो नी, एमालेका नेता कार्यकर्ता एमालेतिरै फर्किने तर, रामवहादुर थापा बादल, टोपवहादुर रायमाझि, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायतका नेताहरु एमालेमै बसेपछि माओवादी केन्द्रलाई समस्या भएन र ?

हैन, यो एउटा ठूलो आन्दोलन हो । आन्दोलनका दुई वटा धारा बीचको लडाई हो । यो आन्दोलनको एउटा स्टेज सकिएर नयाँ स्टेजमा हामी प्रवेश गरिराखेका छौ । विल्कुलै नयाँ सन्दर्भमा आन्दोलन गएको हुनाले पुरानो सन्दर्भ र पुरानो प्रक्रियामा रहेका केहि सहयात्रीहरु नयाँ सन्दर्भ र नयाँ प्रक्रियामा पनि जस्ताको तस्तै आउछन् भन्न सकिदैन । जाडो याममा हिडिराखेका साथीहरु फेरी गर्मी याममा पनि त्यसैगरी आउछन् भन्ने पनि होइन । रमाइलो फिल्मको कहानीकोरुपमा बुझ्दा खेरी एउटा मध्यान्तर भइराखेको अवस्था छ । यो मध्यान्तरमा खलनायक चाहि चाहि एकदम हिरो भएको उसले एकदमै चार्तुयता देखाएको हिरो जस्तो सफल भएको जस्तो उसको एक्टिङ देखिराखेको हुन्छ । तर, मध्यान्तरलाई क्रमशः वास्तविक आन्दोलन गरेर क्रान्तिकारी नेताहरुको वास्तविक रोल चाहि अब देखिन्छ । बाटो विराएका साथीहरुलाई सच्चिनुहोस्, मुल प्रवाहमा आउनुहोस् भनिएको छ । केपी ओलीले चालेको गलत कदमलाई बुझेपछि उहाँहरु ठक्कर खाएर फर्किनु हुनेछ ।

यो आन्दोलन सबैको हो । पार्टी खारेज होला तर, आन्दोलन खारेज हुँदैन । वर्ग खारेज हुदैन । जबसम्म वर्ग विभेद रहिरहन्छ त्यतिन्जेलसम्म कम्युनिष्ट पार्टी पनि रहि रहन्छ । कम्युनिष्ट पार्टी श्रमजिवि जनताहरुको प्रतिनिधित्व, आवाजहरु वुलन्द गर्ने पार्टी भएको हुनाले जबसम्म श्रमजिवि उत्पिडित समुदायहरु रहिरहन्छन् । कम्युनिष्ट पार्टी एकीकृत हुन्छ, पुर्नगठित हुन्छ यसमा समस्या आउँछन् उतारचढाव आउछन् । तर, यो पार्टी निमार्णको प्रक्रिया चाहिँ अगाडि नै बढ्छ । विचार, दृष्टिकोण र राजनीतिक इमान्दारिता भएका नेता कार्यकर्ताहरु हामीसँगै छन् । सत्ताको दुरुपयोग, डर, त्राश, धम्की र गुण्डागर्दीका भरमा निर्माण गर्न खोजिएको समूह धेरै टिक्ने छैन । भ्रम र प्रभावमा पारेर लगिएका साथिहरु धेरै दिन त्याहाँ टिक्ने छैनन् ।

एमालेमै रहने उहाँहरुको घोषणा र एमाले अध्यक्ष केपी ओलीले हतारहतारमा पार्टी भित्र दिएको जिम्मेवारीले एमालेमा माओवादी केन्द्रका नेता कार्यकर्तालाई बढी नैं प्राथमिकता दिएको देखियो नि ?

पार्टी भनेको साझा फुलबारी हो । जहाँ फरक विचार र फरक दृष्टिकोणको पनि सम्मान गर्नु पर्छ भन्ने कुरा केपी ओलीमा भईदिएको भए । विविधता वीचको एकताको प्रतिकरुपमा भूमिका निर्वाह गरेको भए आज यो अवस्था आउने थिएन । माओवादी केन्द्रवाट गएका नेताहरुलाई अहिले दिईएको जिम्मेवारी त गोहीको आँसु जस्तो मात्रै हो । दुई/तीन जना उच्छिटिएका, कट्मरिएका ठेट्नाहरु बोकेर वा भगुवाहरुवाट माओवादीको पहिचान आउन सक्दैन । माओवादी पहिचान एउटा जिउँदो इतिहास हो । उपेक्षमा परेका दलितहरु, उत्पिडनमा परेका महिलाहरु, क्षेत्र, लिंग, समुदाय सवैलाई राजनीतिक मुल प्रवाहमा लिएर आएको शक्तिलाई दुइ/चार जना भगौडाहरुलाई बोकेर, कायरहरुलाई अघि सारेर यहाँ माओवादी छन् नी भनेर देखाउनु भनेको गँहु बारीमा बुख्याचा राखेर केटाकेटीलाई तर्साउन खाजे जस्तो मात्रै हो ।

के अव एमालेवाट बिद्रोह गरेर आउने नेता कार्यकर्तालाई माओवादी केन्द्रले पनि सम्मानजनक स्थान देला ?

यो महान एकताको प्रक्रिया सकिएको छैन । महान पार्टी निमार्णको अभियान र महान एकताको अभियान नै सुरु गर्छ पार्टीले र गर्नुपर्छ । अहिलेको अवस्था बाध्यात्मक भएकाले दुई वटा कोठामा बसिएको छ । अदालतले स्पष्टरुपमा एउटा कोठामा बस्नु हुदैन, दुई वटा कोठामा बस भनेपछि दुई वटा कोठामा बसेको हो । तर, हामीले देखेका छौ अर्को कोठामा त ढोका बन्द भो, आदि मान्छे भित्र सुत्ने आदि मान्छे बलेसी बस्ने बवस्था रह्यो । भनेपछि अर्को मित्र शक्ति चाहि एउटा कोठामा तातो ओछ्यानमा सुत्ने अवस्था हुदैन हामी पनि बलेसीमा निस्किन्छौ । वा बलेसीमा भएकोलाई पनि ठूलो कोठाको सिर्जना गरिन्छ । नेकपा माओवादी केन्द्र पुरानो पार्टी हो । पुरनो पार्टीमा भित्र हुल्ने भन्ने हुँदैन । उहाँहरु सहितको एउटा एकतावद्ध, एकिकृत, ठूलो र मजवुद पार्टी निर्माण गर्न आवश्यक छ । अहिलेको वहश पनि त्यतैतिर केन्द्रित छ ।

भनेपछि पार्टीभित्र सबै जनाले सम्मानजनक स्थान पाउछन् ?

सम्मानजनक भन्नाले यो पार्टी सबैको हो । यो आन्दोलन सबैको हो । पार्टी खारेज होला तर, आन्दोलन खारेज हुँदैन । वर्ग खारेज हुदैन । जबसम्म वर्ग विभेद रहिरहन्छ त्यतिन्जेलसम्म कम्युनिष्ट पार्टी पनि रहि रहन्छ । कम्युनिष्ट पार्टी श्रमजिवि जनताहरुको प्रतिनिधित्व, आवाजहरु वुलन्द गर्ने पार्टी भएको हुनाले जबसम्म श्रमजिवि उत्पिडित समुदायहरु रहिरहन्छन् । कम्युनिष्ट पार्टी एकीकृत हुन्छ, पुर्नगठित हुन्छ यसमा समस्या आउँछन् उतारचढाव आउछन् । तर, यो पार्टी निमार्णको प्रक्रिया चाहिँ अगाडि नै बढ्छ ।

सर्वोच्चको फैसला पछि नेकपा एमाले र माओवादी केन्द्रमा छुट्टिएपछि दोलखा जिल्लामा चाँहि कम्युनिष्टको अवस्था कस्तो होला ?

दोलखामा कम्युनिष्टको अवस्था एकदमै मजवुद छ । किनभने यो कम्युनिष्टहरुको आधार क्षेत्र हो । यहाँ कम्युनिष्टहरु कहिल्यै पराजित नभएको ठाउँ हो । त्यस हिसावले यो सच्चा कम्युनिष्टहरुको लागि उर्वरभूमि हो । केहि मान्छेहरु केपि ओलीको पक्षमा, केहि मान्छेहरु हाम्रो पक्षमा यो कसरी बलियो र एकतावद्ध देख्नु हुन्छ भन्ने लाग्छ होला ? विचार, दृष्टिकोण र राजनीतिक इमान्दारिता भएका नेता कार्यकर्ताहरु हामीसँगै छन् । सत्ताको दुरुपयोग, डर, त्राश, धम्की र गुण्डागर्दीका भरमा निर्माण गर्न खोजिएको समूह धेरै टिक्ने छैन । भ्रम र प्रभावमा पारेर लगिएका साथिहरु धेरै दिन त्याहाँ टिक्ने छैनन् ।

हिजो नेकपा भित्र ओली र प्रचण्ड नेपाल समूह सक्रिय रहदा पनि दोलखामा एमालेका अधिकाँश नेता, कार्यकर्ताहरु ओली समूहमा लागेका थिए । अहिले प्रचण्ड नेपालमा रहेका एमाले नेता कार्यकर्ताहरु पनि ओली नेतृत्वकै एमालेमा फर्किनु परेपछि अलि कठिन अवस्था भएन र भन्या ?

अधिकांश कार्यकर्ता केपी ओलीमा भएको कुरा मलाई चाँहि थाहा छैन् । किनभने हाम्रो पार्टीमा हिजो १ सय ३५ जनाको जिल्ला कमिटि हुँदा सय जना भन्दा बढी जिल्ला कमिटि प्रचण्ड–माधव समुहमै हुनुहुन्थ्यो । उहाँहरुको पक्षमा मुश्किलले ३०÷३२ जना जिल्ला कमिटिको सदस्य मात्रै हुनुहुन्थ्यो । त्यहि भएर कसको पक्षमा कति नेता, कार्यकर्ता छन् ? कति जनमत छ ? भन्ने कुरा सवैलाई जानकारी नैं छ । पछिल्लो प्रश्नको धेरै जवाफ दिनुपर्छ जस्तो लागेको छैन ।

म चुनाव लड्दा गोलाकार भित्रको हस्याहतौडा चुनाव चिन्ह थियो । माओवादीकै उम्मेदवार थिए । अहिले हुनु अस्वभाविक छैन । मेरो मतदाता पार्वत गुरुङ पनि हो, पशुपति चौलागाई र शिव भण्डारी पनि हो । उहाँहरुले पनि मलाई भोट हाल्नुभएको छ । पार्वत गुरुङ चुनाव उठ्दै गर्दा म पनि उहाँको मतदाता हो । मैले पनि सुर्य चिन्हमा भोट हालेको छु । त्यतिबेला प्राविधिकरुपले मात्रै गठबन्धन भएको थियो, पार्टी एकता भएको थिएन ।

विशाल खड्काज्यू तँपाई बागमती प्रदेश सभाको साँसद पनि हुनुहुन्छ । हिजोसम्म नेकपाको साँसद अव तँपाई माओवादी केन्द्रको साँसद बन्नु भो नी, हैन ?

म चुनाव लड्दा गोलाकार भित्रको हस्याहतौडा चुनाव चिन्ह थियो । माओवादीकै उम्मेदवार थिए । अहिले हुनु अस्वभाविक छैन । मेरो मतदाता पार्वत गुरुङ पनि हो, पशुपति चौलागाई र शिव भण्डारी पनि हो । उहाँहरुले पनि मलाई भोट हाल्नुभएको छ । पार्वत गुरुङ चुनाव उठ्दै गर्दा म पनि उहाँको मतदाता हो । मैले पनि सुर्य चिन्हमा भोट हालेको छु । त्यतिबेला प्राविधिकरुपले मात्रै गठबन्धन भएको थियो, पार्टी एकता भएको थिएन । एउटै पार्टी सम्झिएर हामीले २ वटा चिन्ह एउटै हो भनेर एकता गरेका थियौँ । आजको आवश्यकता भनेको समाजवादी क्रान्तिको अभिभारा पूरा गर्न सक्ने नेकपालाई मजवुत बनाउने हो । यद्धपी नेकपाले टेक्निकली नाम पाउन सकेन । नाम अर्को पनि राख्न सकिन्छ, काम चाँहि राम्रो हुनु पर्छ । कालझै इतिहास बोकेको पार्टीले युग बदल्ने सपना देख्नुपर्छ । त्यसको लागि हामी दृढसंकल्पित भएर यी प्राविधिक कुरामा नअलमिएर पार्टीको कार्यदिशा, विचार र आगामी कार्यक्रमलाई हेरेर धुव्रिकरणको प्रक्रियामा समाहित हुन जरुरी छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बिरुद्ध दर्ता भएको अबिस्वासको प्रस्ताव चाँहि अव के हुन्छ ?

अविश्वासको प्रस्ताव जिवन्त छ । उहाँ भागी रहनुभएको छ । सभामुख भागि रहनु भएको छ । उहाँप्रतिको अविश्वासको हाम्रो प्रस्ताव कायमै छ । हामी अविश्वासको प्रस्ताव अघि नै बढाउँछौँ ।

भनेपछि तत्कालै बागमती प्रदेशको सरकार परिवर्तन गर्न सम्भव छैन ?

अविश्वासको प्रस्ताव हुनुको अर्थ उहाँलाई हामीबाट विश्वास छैन । भनेपछि आफ्नो दलका ४५/४५ जना सांसदहरुले लिखित रुपमा अविश्वासको प्रस्ताव राखेपछि यदि नैतिकता छ भने त उहाँले त्यति बेलानै राजिनामा दिनुपर्ने हो । हैन मसँग विश्वास छ । बहुमत मेरो पक्षमा छ भन्ने आँट थियो भने उहाँले विश्वासको मत लिनुपर्ने । त्यो दुवै कुरा नगरिरहनु भएको छ । भनेपछि कसरी सरकार चल्ला र ?

यदि नेकपामा ओवादी केन्द्र र कांग्रेस वीच सहमति भयो भने त प्रदेश सरकार परिवर्तन होला । त्यो बेला तँपाई मन्त्रीबन्ने सम्भावना कत्तिको छ ?

त्यहाँसम्म मैले सोचेको छैन । किनभने हामीले पहिले केन्द्रिय राजनीतिलाई संगाल्नु पर्छ । स्पष्ट मार्गचित्र नभएसम्म प्रदेशमा कुनै पनि गतिविधि अघि बढ्न सक्ने अवस्था छैन । त्यसैले मैले मन्त्रीको जिम्मेवारीमा पुग्ने आकांक्षा राखेको छैन । सम्भावना देखेको पनि छैन । त्यसको लागि मेरोे कुनै लविङ गर्ने कुरा पनि छैन । किनभने हामी दलिय सिस्टमबाट जानुपर्ने हुन्छ । केन्द्रको रुपरेखा नआएसम्म प्रदेश सरकारको स्वरुप कस्तो हुन्छ त्यो मैले अहिले भन्न सक्ने अवस्था छैन ।

तर, तँपाई मन्त्री हुने भन्ने चर्चा त धेरै अघि देखि थियो ?

सुरुमा निर्वाचित हुदाँदेखिनै स्थानीय र राष्ट्रिय मिडियाहरुले नाम लिइराखेको थियो । मन्त्रि हुनका लागि चाहिने योग्यता यति नै हो । चुनाव जित्ने हो । सांसद भइसकेपछि मन्त्री हुने मुख्यमन्त्रीकै उम्मेदवार पनि हुन सकिन्छ । तर, अहिलेको प्रदेशको आन्तरिक समिकरणमा म त्यो दौडमा छैन ।

तँपाई माओवादी केन्द्रको युवा नेता र सांसद पनि हुनुहुन्छ । आगामी दिनमा दोलखा जिल्लामा कम्युनिष्टको राजनीतिक अभियान कसरी अघि बढ्ला ?

जसरी नेपालको राजनीतिक पक्षमा नयाँनयाँ परिवर्तन हुदाँ अग्रगमनको पक्षमा र क्रान्तिको पक्षमा दोलखाको जनता र भुगोलले साथ दिदै आएको छ । निर्वाचित प्रधानमन्त्रीवाट बादशाहको रुपमा दिनदहाडै राजनीतिक प्रणालीको हत्या गर्ने, सवैधानिक अगंहरुलाई ध्वस्त पार्ने, नेकपाप्रति जनताको विश्वासमाथि तुषारापात गर्ने काम भईरहेको छ । यस्तो कदममा दोलाखाली जनता हुने छैनन् । एक दुई जना मानिस यताउता लाग्ने कुराले ठूलो असर गर्दैन । अग्रगमनको पक्ष हुने र नेतृत्व हामी गर्ने छौँ । इतिहासको चक्र फर्केर पछि जादैन चक्र अघि बढ्छ ।

८ चैत्र २०७७ । ५ः५० बजे प्रकाशित

 

 

 

 

VIEWS: 3250 पटक हेरीएको
error: Content is protected !!