असोज ७ गतेदेखि दोलखा जिल्लाभरका विद्यालय सञ्चालनमा आउने

4 days ago/Tuesday, September 15th, 2020

जिरी (दोलखा), ३० भदौ ।

दोलखाका विद्यालयहरु असोज ७ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

जिल्लाको ९ वटै स्थानीय तहमा रहेका निम्म माध्यमिक र माध्यमिक तहका विद्यालय असोज ७ गतेबाट सञ्चालनमा आउने भएका हुन् । यद्धपी प्राथमिक तहका विद्यार्थीहरुलाई भने प्राथमिक तहका सिकाई केन्द्रहरुमा सिकाई सहजिकरण गरिने भएको छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवं जिल्ला शिक्षा समिति दोलखाका अध्यक्ष डबल पाण्डकोे अध्यक्षतामा जिल्ला स्थित स्थानीय तहका प्रमुख तथा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र सम्पुर्ण स्थानीय तहका शिक्षा शाखा प्रमुख लगायत सहभागी संयुक्त बैठकले आज यस्तो निर्णय गरेको हो । यो सँगै जिल्लाका सामुदायिक तथा निजी विद्यालयले स्वास्थ्य सुरक्षाको सबै मापदण्ड अपनाएर पठनपाठनलाई अघि बढाउन सक्ने भएका छन् । विद्यालय सञ्चालनको तयारीका लागि एक साताको समय दिएर असोज ७ गतेबाट विद्यालयहरुलाई विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको र शिक्षक विद्यार्थीले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवं जिल्ला शिक्षा समिति दोलखाका अध्यक्ष डबल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षक विद्यार्थीले सामाजिक दुरी कायम गर्दै मास्क र सेनिटाइजर अनिवार्य लगाउनुपर्नेछ ।

विद्यालय सञ्चालनको तयारीका लागि एक साताको समय दिएर असोज ७ गतेबाट विद्यालयहरुलाई विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको र शिक्षक विद्यार्थीले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवं जिल्ला शिक्षा समिति दोलखाका अध्यक्ष डबल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षक विद्यार्थीले सामाजिक दुरी कायम गर्दै मास्क र सेनिटाइजर अनिवार्य लगाउनुपर्नेछ ।

कोरोनाको बढ्दो महामारीसँगै गत चैतदेखि देशभरका विद्यालयहरु बन्द थियो । तर, लामो समयपछि दोलखामा विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएसँगै कोरोनाका कारण विद्यालय शिक्षाबाट बञ्चित हुन पुगेका सबै विद्यार्थीले विद्यालयबाटै शिक्षा हाँसिल गर्न सक्नेछन् ।केही दिन अघिदेखि जिल्लामा निषेधा पनि खुकुलो बनाइएको छ ।

दोलखामा पछिल्लो समय कोरोना संक्रमितहरु थपिएका छैनन् भने यसअघि संक्रमित भएकाहरु पनि धमाधम निको भएर डिस्चार्ज हुने क्रम जारीनै रहेको छ । सोही कारण पनि जिल्लामा निषेधाज्ञा खुकुलो देखि विद्यालय खोल्ने सम्मका निर्णयहरु गरिएको हो ।

३० भदौ, २०७७ । ३ः१० बजे प्रकाशित ।

VIEWS: 5440 पटक हेरीएको
error: Content is protected !!