अस्पतालको लापरवाहिले बिरामीको मृत्यु नभएको पाइएपछि आफन्तजनले शव बुझे

2 weeks ago/Thursday, September 3rd, 2020

दोलखा, १८ भदौ ।

दोलखा सदरमुकाम चरिकोट स्थित सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शव आफन्तजनले बुझेका छन् ।

अस्पताल, स्थानीय प्रशासन, जनप्रतिनिधि र मृतकका आफन्तबीच भएको छलफलपछि परिवारजनले शव बुझेका हुन् । सामुदायिक अस्पतालमा उपचारका क्रममा कालिञ्चोक गाउँपालिका वडा नम्बर १ स्थायी घर भएकी ३८ वर्षीया अमृती थामीको मृत्यु भएपछि अस्पतालको लापरबाहीले गर्दा मृत्यु भएको भन्दै प्रदर्शन गरेका आफन्तजनले आज दिउँसो छलफल पछि करिब ४ बजे शव जिम्मा लिएको सामुदायिक अस्पतालका सञ्चालक अमृत बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार सो घटनालाई लिएर अस्पताल प्रशासन, स्थानीय जनप्रतिनिधि र मृतकका आफन्तबीच छलफल भएपछि अस्पतालको लापरवाहिले बिरामीको मृत्यु नभएको पाइएपछि आफन्तजन शव बुझ्न तयार भएका हुन् ।

१८ भदौ, २०७७ । ५ः५० बजे प्रकाशित ।

VIEWS: 3395 पटक हेरीएको
error: Content is protected !!