आजित भएपछि डोजर लिएर निस्किँएः मेयर भरत केसी

1 year ago/Tuesday, August 28th, 2018

स्थानीय सरकारले जनताको ढाड सेक्ने गरी कर असुलेको भन्दै यतिखेर सर्वत्र बिरोध भईरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको डेढ बर्ष नबित्दै असन्तुष्टि र आक्रोश व्यक्त हुन थालेका छ । दोलखाको भीमेस्वर नगरपालिकाले पनि एकिकृत सम्पतिमा अत्यधिक कर लगाएर जनतालाई मारमा परेको भन्दै प्रतिपक्ष दल काँग्रेसले नगरपालिकाको कार्यालयमा घेराउ र प्रदर्शन समेत ग¥यो । भीमेस्वर नगरपालिकाको नेतृत्वमा आएको डेढ बर्षको अवधिमा के कस्ता काम भए ? के जनतालाई मार पर्ने गरी करको दायरा बृद्धि गरिएकै हो ? प्रस्तुत छ, समाचार सम्पादक सिर्जना थापा (खड्का) ले भीमेस्वर नगरपालिकाका प्रमुख भरत केसीसँग लिएको ताजा अन्र्तवार्ता ।

तपाईहरु जनप्रतिनिधिको रुपम निर्वाचित भएको डेढ बर्ष भइसकेको छ यो अवधिमा भिमेश्वर नगरपाकिलाकाले गरेको खास उपलब्धि के–के हुन् ?

भीमेस्वर नगरपालिका वास्तवमा ऐतिहासिक, साँस्कृतिक धरोहर हो । यसको मौलिकता, परम्परा सबै कुरालाई जोगाइ राख्नका लागि र भिमेश्वर नगरभित्रका सम्पूर्ण नागरिकहरुलाई सक्षम बनाउन लागि समृद्ध भिमेश्वर बनाउन हाम्रा कार्यक्रमहरु केन्द्रित रहे । मुलत, यो अवधिमा हामिले भीमेश्वर नगरपालिकाका आम किसान जनसमुदायहरुको समृद्धिका लागि खाकाह कोर्ने प्रयास ग¥र्यौ । बाटोघाटो निर्माणको प्रयास ग¥यौंै र सदरमुकाम चरिकोट बजारलाई व्यवस्थापन गर्ने, फुटपाथलाई व्यवस्थापन गर्ने कार्यक्रमहरुलाई अगाडि ल्यायौं र यसपाली हामीले छिट्टै फुटपाथ निर्माण गर्देछौं । हाम्रो प्रयास स्वरुप चरिकोट वरिपरी केही कामहरु भइरहेको छ । जनताले प्रत्यक्ष देख्नुभएको छ । अव हामी यो वर्षमा अझ व्यवस्थित शहरको रुपमा चरिकोट बजारलाई व्यवस्थित गर्ने प्रयासमा छौं ।

यहाँले चरिकोटलाई व्यवस्थित गर्ने कुरा गर्नुभयो तर भूकम्प पछि ध्वस्त भएको चरिघ्याङ जाने सडकको हालत अहिले पनि उस्तै छ ?

हजुर, यो विषयमा सडक विभागबाट टेन्डर लागिसकेको एउटा कार्यक्रम थियो । यद्धपि ठेकेदारले बेईमानी गरेको कारणले त्यो हुन सकेन र अब त्यो ठेक्का तोडिने क्रममा छ । अब हामि यहि आर्थिक वर्षमा सातदोबाटोदेखि चरिघ्याङको माथिसम्म ढल राखेर सडक बिस्तार गर्ने प्रयासमा छौं । त्यो भन्दा माथितिर बनिसकेको पक्कि नालामा सडक कार्यालय मार्फत नैं स्ल्याबहरु राखेर व्यवस्थित गर्ने हाम्रो योजना छ । त्यसका साथसाथै सरसफाइ र अन्य व्यवस्थापन पनि गर्नेछौं ।

निर्वाचित भएर आएको पहिलो वर्ष हाम्रो व्यवस्थापनको वर्ष रह्यो अहिले चलिरहेको दोश्रो बर्ष निर्माणको बर्ष हुनेछ । र, यो बर्ष जनताले प्रतक्ष्य महशुस गर्ने गरी काम हुनेछ । भीमेस्वर नगरपालिकाले नयाँ ट्रयाक खोल्ने कामलाई रोकेको छ । किनकी अव नयाँ ट्रयाक खोल्ने काम पुगिसक्यो, चालु बर्ष नयाँ ट्रयाक खोल्ने काम हुँदै हुँदैनन् ।

जनप्रतिनिधि निर्वाचित भएको पहिलो बर्ष केहि ऐन, नियम र कानून बनाउने बाहेक पशुपालन र कृषिमा अनुदान र सामान्य पूर्वाधार निर्माणको काम बाहेक ठोस उपलव्धि हुन नसकेको भनेर आलोचना भईरहेको छ नी ?

हामी निर्वाचित भएर स्थानीय सरकारमा आयौं । आए लगत्तै प्रतिनिधिसभा र प्रदेशसभाका चुनावहरु भए निर्वाचन सुरु हुनु पूर्व नै निर्वाचन आचारसंहिता लागु हुन्छ । त्यसले पनि हामीलाई काममा अवरोध ग¥यो । हिजो नगरपालिका भएपनि वडामा वडा कार्यालयहरु थिएनन् । वडा कार्यालय व्यवस्थापन गर्ने जिम्मेवारी पनि हामीमै आयो र कार्यालय व्यवस्थापन ग¥यौं । ऐन कानुनहरु केही थिएनन्, ऐन कानुन निर्माण ग¥यौं । निर्वाचित भएर आएको पहिलो वर्ष हाम्रो व्यवस्थापनको वर्ष रह्यो अहिले चलिरहेको दोश्रो बर्ष निर्माणको बर्ष हुनेछ । र, यो बर्ष जनताले प्रतक्ष्य महशुस गर्ने गरी काम हुनेछ । मुलत चालु बर्ष हामीले सडकलाई बढी महत्व दिएका छौं । नगर क्षेत्रका सडकहरुमा सदावहार सवारीका साधन चल्ने गरी स्तरउन्नती गर्ने हाम्रो योजना छ ।

चालु बर्ष निर्माणको बर्ष हुने र सडकलाई प्राथमिकता दिने भन्नुभयो । जताभावि सडकको ट्रयाक खोल्ने परिपाटीले कसरी सदावहार यातायात चल्ने गरी सडकको स्तर उन्नती होला र ?

हैन, म तँपाईहरुको अनलाईन मार्फत सवैलाई जानकारी गराउन चाहन्छु । भीमेस्वर नगरपालिकाले नयाँ ट्रयाक खोल्ने कामलाई रोकेको छ । किनकी अव नयाँ ट्रयाक खोल्ने काम पुगिसक्यो, चालु बर्ष नयाँ ट्रयाक खोल्ने काम हुँदै हुँदैनन् । बजेट विनियोजन पनि भएको छैन । ट्रयाक खुलिसकेका सडकको नाला व्यवस्थापन, टेवा पर्खाल, ढलान र पक्कि बाटो बनाउनतर्फ लाग्ने छौं ।

मेयरज्यू, यहाँले हामीसँगको कुराकानीमा निर्वाचित भएर आएको पहिलो बर्ष सिकाई र ऐन, कानून बनाउने बर्षको रुपमा बितेको बताउनुभयो । भीमेस्वरले दोश्रो नगर सभा पनि सम्पन्न गरिसकेको छ । जनतालाई प्रतक्ष्य राहत हुने खालका के कस्ता कार्यक्रम र योजना छन् त ?

दोश्रो नगर सभाले नगरको नीति, कार्यक्रम, योजना र बजेट बिनियोजन गरिसकेको छ । चालु बर्ष हामीले पहिलो प्राथमिकता शिक्षालाई दियौं किनकी शिक्षाको उन्नती नैं सम्पूर्ण उन्नती हो । त्यहि भएर हामीले कूल बजेटको २५ प्रतिशत भन्दा बढी रकम शिक्षा क्षेत्रमा बिनियोजन गरेका छौं । गत बर्ष ट्रयाक सुट दिएका थियौं तर त्यसले खासै उपलव्धि दिए जस्तो लागेन । त्यसैले सामुदायीक बिद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने सवै बिद्यार्थीहरुलाई बिद्यालय पोशाक दिन सुरु गरेका छौं । भर्ना भएर बिद्यालय छाड्ने परिपाटीको अन्त्यका लागि साना नानीहरुलाई यहि भदौ ११ गतेदेखि बिद्यालयमै खाजाको व्यवस्था गरेका छौं ।

निर्वाहमुखी कृषिलाई व्यवसायीकता तर्फ लैजानका लागि चालु बर्ष पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ । किसानलाई प्रतक्ष्य अनुदान तथा सहकारी सँस्थाहरु मार्फत पनि साझेदारी गरेर काम गर्ने योजना छ । ‘जनताको कर जनताकै आँगनी’ मा भन्ने नाराका साथ हामिले यो बर्ष सातदोबाटोबाट पशुपतिडाँडा चोकसम्म दायाँबाँया फुटपाथ निर्माण गर्ने र चरिकोट बजारको सुरक्षालाई मध्यनजर गरी बजार क्षेत्रमा सिसिटिभि जडान गर्दैछौं । सडक बत्तिको व्यवस्था यहि बर्ष हुनेछ, टेण्डरको प्रक्रियामा छ । दोलखा बजारमा सौर्य उर्जा जडान गरिने छ । जेष्ठ नागरिकको सम्मान स्वरुप ‘जेष्ठ नागरिक भेटघाट कार्यक्रम’ भनेर घरदैलोमा गएर उपचार गर्नको लागि एक हजार रुपैयाँ दिने योजना ल्याएका छौं । अहिले करको करकर सुनिरहेको छु । तर, भीमेस्वरमा जन्मदर्ता गर्दा कुनै शुल्क लाग्दैन । हल्ला मात्रै गरिएको छ । हामीले बरु उल्टै अस्पतालमा जन्माएर बच्चाको जन्मदर्ता गर्न वडा कार्यलयमा आउने सुत्केरी महिलालाई पोषण भत्ता भनेर एक हजार दिने व्यवस्था गरेका छौं ।

अहिले करको करकर सुनिरहेको छु । तर, भीमेस्वरमा जन्मदर्ता गर्दा कुनै शुल्क लाग्दैन । हल्ला मात्रै गरिएको छ । हामीले बरु उल्टै अस्पतालमा जन्माएर बच्चाको जन्मदर्ता गर्न वडा कार्यलयमा आउने सुत्केरी महिलालाई पोषण भत्ता भनेर एक हजार दिने व्यवस्था गरेका छौं ।  ‘जेष्ठ नागरिक भेटघाट कार्यक्रम’ भनेर घरदैलोमा गएर उपचार गर्नको लागि एक हजार रुपैयाँ दिने योजना ल्याएका छौं । 

कृषि र पशुपालनको अनुदानको कुरा गर्दा गत आर्थिक बर्ष राजनीतिक पहुँचका आधारमा बितरण गरेको गुनासो सुनियो, के यो सत्य हो ?
यो कुरा चाँहि मैंले तँपाई मार्फत थाहा पाए । नगरपालिकाले पोलिसि बनाउने हो, बितरण वडा कार्यालय मार्फत हुने हो । नगर क्षेत्रका नागरिकमा को चाँहि गरिव बन्ने कुरा हामीलाई थाहा हुन्न त्यहि भएर वडालाई जिम्मेवारी दिईएको हो । वडा मार्फत छनौट भएका बिपन्न तर व्यवसायीक किसानहरुलाई अनुदान दिईएको हो । गैर कृषकले अनुदान लिएको पुष्टि भए हामी फर्ता लिन सक्छौं । किनकी हामी जनताको करवाट उठेको रकमलाई दुरुपयोग हुन दिन्नौं । निर्वाहमुखि कृषिलाई व्यवसायीकरण गर्ने उद्धेस्य भएका कारण व्यवसायीक कृषि तथा पशुपालन गर्नेहरुले पनि अनुदान पाएका हुन् ।

जस्तो नि, चालु वर्षको नीति तथा कार्यक्रम र बजेट विनियोजनलाई हेर्दा कृषि पशुपालन र पर्यटन, पुर्वाधार विकास तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु बढी देखिन्छन्, अहिलेसम्म यो क्षेत्रका कार्यक्रमहरु कसरी अघि बढिरहेका छन् ?

हजुर, हामीले अहिले एलोकेशन गरेको बजेटको कार्यक्रम सुरुवाती चरणमा छ । बजेट विनियोजनकै क्रममा कार्यतालिका सहित बनाएर अगाडि बढिरहेका छौ । पहिलो चरणमा लागत सहभागिताका योजनाहरुको साउन मसान्तमा निवेदन लियौ । अव टेण्डर र छनौटको प्रक्रियामा जान्छ । जस्तो कृषि पाठशालाका कुराहरु छन्, तरकारी खेती फलफुल खेतिका कुराहरु छन् । हामीले किबीको कलष्टर बनाउने, अलैंचीका कुराहरु, सडकको छेउछाउमा सौन्दर्य छाउने बिरुवाहरु रोपण गर्ने यस्ता कार्यक्रमहरु ल्याएका छौं । भर्खरै बजेट एलोकेशन भयो, निकासा लगभग यो महिनाभित्र होला । बजेट निकासा भएपछि योजना कार्यान्वयनमा जानेछ । हामी अहिले बजेट कार्यान्वयनका लागि आन्तरिक गृहकार्यमा छौं ।

स्थानीय सरकारले मनोमानी ढँगले जनताको ढाड सेक्ने गरी कर उठाएर महङ्गा गाडि खरिद गर्ने लगायतका बिलासितामा खर्च गर्ने काम गरेको आरोपलाई के भन्नुहुन्छ ?

भीमेश्वर नगरपालिकाले विगतमा लाग्दै आएका कर भन्दा कुनै पनि त्यस्तो कर बृद्धि गरेर लिएको छैन । यो सबै हल्ला मात्रै हो । केही दिन अघि मात्रै एउटा टेलीभिजनले सबैभन्दा कम कर भएको नगरपालिका भक्तपुर र भीमेस्वर नगरपालिका भएको समाचार प्रसारण गरेको थियो । त्यो कुरा पनि म आम नागरिकलाई जानकारी गराउन चाहन्छु । अहिले अलि बढी चर्कोमा आएको ७ नम्बर वडाको एकिकृत सम्पति करमा १ सय ५० बाट ३८ सय ५० पुगेको भन्ने जुन कुरो छ त्यसको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । तपाईले जग्गाको हिजोको मुल्यांकन कति राख्नु भएको थियो र अहिले मुल्यांकन कति राख्नु भयो ? त्यसको आधारमा कर निर्धारण हुन्छ । हामीले जनतालाई त्यस्तो ढाड सेक्ने गरी कर लगाएका छैंनौं ।

तपाईले भनेजस्तै भिनपा ७ साखिनेकी देवकुमारी कार्कीले ५ कित्ता जग्गाको कर गत वर्ष १ सय ५० रुपैंया तिरेकोमा यो वर्ष ३८ सय ५० तिरेको विषयले चर्चा पायो । के हो यसको बास्तविकता ?

म त्यो रसिदमा हेर्न पनि सबै नागरिकलाई आग्रह गर्छु । फेसबुकमा पोस्ट गरिएको छ । उहाँको गत वर्ष ६ लाख मुल्याँकन भएको जग्गा अहिले करिब ६० लाखको हाराहारीमा पुगेपछि त्यही अनुसारको कर तिर्नुपर्ने होला । डेढ सयको कुरा ३८ सय ५० भएपछि किन सजिलै तिर्नुभयो होला ? अलिकति अनुमान गरिदिनुस् । डेढ सयको ३ सय हुँदा सजिलै तिर्ला मान्छेले डेढ सयको ३८ सय भएपछि खुरुखुरु तिरेर हिड्ला त ? यत्रो कर किन बढ्यो भन्ने कुरा त उहाँले पनि सोच्नु पथ्र्याे होला नी ? उहाँले कुन प्रयोजनका लागि र केका लागि गर्नुभयो ? मैले यो बिषयमा तत्कालै सम्बन्धित वडालाई जनताको मञ्जुरी बिना गलतरुपमा कर उठाएको भए कारवाही हुन्छ भने । जवाफमा वडा सचिवले उहाँले फरक उद्धेस्यका लागि बढि मुल्याँकनको आधारमा कर तिरेको जवाफ दिनुभयो । यदि उहाँलाई गुनासो छ भने अझै पनि मसँग आएर त्यसको बारेमा छलफल गर्न सक्नु हुनेछ । बढेको मुल्याँकन घटाएर पुराने कायम गरे थपिएको कर फिर्ता गर्न पनि तयार छौं । तर, जग्गाको मुल्याँकन चाँहि बढि गराउने र कर तिर्न भन्न चाँहि पाईदैन ।

व्यवसाय गर्नेले व्यवसायिक कर तिर्नु पर्छ ।  कर तिर्नु नागरिकको अधिकार र दायित्व दुवै हो । करको बिषयमा अफवाह फैलाईएको हो ।हाम्रो कस्तो खालको संस्कार बसेछ भने जवरजस्ती नगरी नहुने। म आफैं पनि वाक्कदिक्क भएर डोजर नै ल्याएर होडिङ वोर्ड हटाउनु परेको हो । 

७ नम्बर वडको करको बिषय त प्रतिनिधि घटना मात्रै हो । नगरपालिकाले अन्य करको दायरामा पनि बृद्धि गरेको छ नि, होईन र ?

हामीले लुकिचोरी गर्नुपर्ने अवस्था छैन, आर्थिक ऐन स्पष्ट छ । नगरपालिकाको कार्यालय वा वेभ साईडमा पनि हेर्न सकिन्छ । अघिल्लो बर्ष र अहिलेको करको दायरालाई दाँजेर हेर्न सकिन्छ । कसैले हल्ला फिजाएको भरमा हुँदैन । तपाई नागरिकहरु अझै स्पष्ट हुन चाहानुहुन्छ भने नगरपालिकामा आउनुस् हामी देखाईदिन तयार छौं । तर, व्यवसाय गर्नेले व्यवसायिक कर तिर्ने पर्छ । चरिकोट बजारमा तँपाई एउटा व्यवसाय गर्नुहुन्छ, तपाईको फोहोर नगरपालिकाले उठाउनु पर्छ । तपाईको चर्पीको दिशाको लेदो नगरपालिकाले उठाउनु पर्छ । उठाएर फाल्नुपर्छ । पानी, बत्ती सम्मको व्यवस्था नगरपालिकाले गर्नु पर्छ । बाटो बिग्रे फुटपाथ बिग्रिए नगरपालिकाले बनाउनुप र्छ । यी कुरामा जनताले केही दायित्व त तिर्नु प¥यो नि । कर तिर्नु नागरिकको अधिकार र दायित्व दुवै हो । करको बिषयमा अफवाह फैलाईएको हो ।

भीमेस्वर नगरपालिकाले नगर क्षेत्रमा उद्योग, कलकारखाना तथा व्यवसायमा लगानी गर्न आउनेलाई ५ वर्षसम्म कर छुट दिने भनेको छ हैन ? के–केमा कर छुट दिनुहुन्छ ?

नगरपालिकाले लिने व्यवसायिक कर हामी छुट दिन्छौं । छुट मात्रै हैन हामीले लगानी मैत्री बनाउनका लागि यदि कोही ठूला व्यवसाय आउनुहुन्छ हामी त्यो जग्गा खरिदका लागि सहज गरि दिन्छौं । उद्योगस्थल सम्म पुग्ने सडक लगायतका पूर्वाधार बनाईदिन तयार छौं । यसमा हाम्रो पनि स्वार्थ लुकेको छ । यहाँ ठूला कल कारखाना खुलेभने नागरिकले रोजगारी पाउँछन् । विकासमा फड्को मार्न सकिन्छ । यहि उद्धेस्यले हामीले लगानीमैत्री वातावरण बनाउने प्रयास स्वरुप कर छुटको घोषणा गरेका हौं । लगानीमैत्री वातावरण निर्माण गर्नु हाम्रो दायित्व पनि हो । लगानी नभित्रिकन हाम्रो विकास सम्भावना छैन ।

अलिकता सरसफाई र बजार व्यवस्थापनको कुरा गरौँ । तपाँई आफैँ बजारमा निस्किएर होडिङ वोर्डहरु हटाउनुभयो । केही वडा अध्यक्षहरु पानीले सडक पखाल्न पनि उत्रिए । यसलाई कतिपयले सस्तो लोकप्रियताका लागि गरेको कदम पनि भन्छन् । तपाँई के भन्नुहुन्छ ?

अब हामीले काम गर्ने हो । मलाई त लोकप्रियता चाहिएको छैन । म कर्ममा विश्वास गर्छु । फलको आशा पनि गर्दिन । गितामा पनि भनिएको छ ‘कर्म गर फलको आशा नगर ।’ होडिङ बोर्ड हटाउन सडकमा निस्किनु मेरो सस्तो लेकप्रियता होइन, दायित्व हो । भीमेस्वर नगर आफैंमा सुन्दर नगरी हो । पर्यटकीय गन्तव्य भएपछि सुन्तर त बनाउनै प¥यो नि । चरिकोट शहरलाई सुन्दर बनाउने मेरो लक्ष्य छ । बजार क्षेत्रका साइन बोर्डहरु पनि एउटै आकारको भयो भने यसले पनि केही सौन्दर्यता दिन्छ भन्ने मेरो बुझाई हो । यस्तै बाहिरतिर भ¥याङ राख्ने कुराहरु पनि मैले हटाएको छु । मैले उहाँहरुकै घर सुन्दर बनाउनका लागि यो अभियान सञ्चालन गरेको हो ।

होडिङ बोर्ड होस् वा सरसफाईको कुरा यो त विधि र प्रक्रियाबाटै हुने कुरा हैन र ?

विधि र प्रक्रियामै हुने कुरा हो । हेर्नुहोस् न, हामीले विधि बनायौं, प्रक्रिया बनायौँ, नागरिकलाई पटक–पटक पत्राचार ग¥यौं, सुचना पनि प्रसारण ग¥यौ । तर हाम्रो कस्तो खालको संस्कार बसेछ भने जवरजस्ती नगरी नहुने। म आफैं पनि वाक्कदिक्क भएर डोजर नै ल्याएर होडिङ वोर्ड हटाउनु परेको हो । नजाँदा पनि उहाँहरु नगर्ने अनि जाँदा पनि पहिले भन्नुपर्ने यसरी एक्कासी आएर हटाउने ? भन्नुहुन्छ, अचम्म छ । मलाई त उठे पनि अप्ठ्यारो बसे पनि अप्ठ्यारो छ । तर डराएको छैन । उहाँहरुकै भलाईका लागि यो सवै गरेको हो । अहिले बजारमा पछिल्लो समय बनेका कटेराहरुका कारण अलि कुरुपता आएको छ यसलाई पनि हामी व्यवस्थित गर्ने योजना बनाइरहेका छौं । म सम्पूर्ण नगरवासीलाई तपाँईको घर सरसफाई गर्नका लागि नगरले करकर गर्ने वातावरण नबनाउनु हुन अनुरोध गर्दछु ।

होर्डिङ बोर्ड हटाउने बिषय पनि होला । तर, मुख्य बजारमै सडक वत्तिहरु छैनन्, पोलहरु पनि मनोमानी तरिकाले गाडिएका छन् । सडकभरी तारहरु लत्रिएको अवस्था छ यसतर्फ चाँहि नगरपालिकाको ध्यान किन गएन ?

ध्यान एकदम गएको छ । कस्तो विडम्वना रहेछ भने विद्युत प्राधिकरणलाई पोल गाड्ने वेला चाँहि हाम्रो अनुमति लिनु नपर्ने । सडकको बीचमा प¥यो हटाई दिनुहोस् भन्दा हामीले पो पैसा तिर्नु पर्ने ? हेर्नुस् न यस्तो मज्जा छ । काठमाडौंमा पनि अन्डर ग्राउन्ड केवलिङ गर्ने कुराहरु आइरहेको थियो । चरिकोटमा त्यस्तो गर्न सकिन्छ कि भनेर बँुझे तर हामीले नसक्ने रहेछौँ । त्यसो भएको हुनाले छिट्टै दुरसञ्चार र विद्युत प्राधिकरणसँग छलफल गरेर अनावश्यक तारहरु काट्ने अभियान चलाउँछौं । सवैभन्दा धेरै कुरुप चाँही बजारको तारले गराएको छ । जताततै माकुराको जालो जस्तै भएको छ । यसलाई पनि व्यवस्थित गरिने छ ।

अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?

म करको बारेमा चाँही सम्पूर्ण नागरिकलाई भ्रममा नपर्न अनुरोध गर्न चाहन्छु । हामी सबै मिल्यौ भने यो नगरलाई राम्रो बनाउन सक्छौं । सुन्दर बनाउन सकिन्छ । नगरपालिका एक्लैले केही गर्न सक्दैन । भरत केसी एक्लैले केही गर्न सक्दैन तपाईको साथ सहयोगले नै यो नगर सुन्दर बन्ने हो । हामी कुनै एउटा दलीय स्वार्थ भन्दा माथि उठेर हाम्रो नगरलाई सुन्दर र समृद्ध बनाउने अभियानमा जुटौं । यो अवसरका लागि तँपाईलाई धेरै धेरै धन्यवाद ।

१२ भदौ २०७५ । ३ः३० बजे प्रकाशित

VIEWS: 24215 पटक हेरीएको
error: Content is protected !!