आनन्ददायक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडद्धारा एक वर्षमा ४२ लाख भन्दा बढी खुद मुनाफा आर्जन

4 weeks ago/Thursday, October 17th, 2019

दोलखा, ३० असोज ।

दोलखाको कालिञ्चोक गाउँपालिका ७ भदौरे स्थित आनन्ददायक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले एक आर्थिक वर्षमा ४२ लाख भन्दा बढी मुनाफा आर्जन गरेको छ ।

सहकारीले गत आर्थिक वर्षमा ४२ लाख ६५ हजार १ सय ९८ रुपैँया मुनाफा आर्जन गरेको हो । संस्थाको आज सम्पन्न १७ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष बलराम शिवाकोटीले सहकारीले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफा सार्वजनिक गर्दै यस्तो जानकारी गराउनुभएको हो । सहकारीमा ३ हजार ९ सय ९१ जना शेयर सदस्य रहेका छन् भने १ हजार १ सय २ जना बालबचकर्ता रहेका छन् । सहकारीको कुल पुँजी १८ करोड ८१ लाख ५० हजार १ सय ५० रुपैँया रहेको छ ।

साधारण सभामा संस्थाका सचिव राम बहादुर पाण्डेले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष मिन कुमार खड्काको अध्यक्षतामा सम्पन्न साधारण सभाको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले उद्धघाटन गर्नुभयो । उद्धघाटन मन्तव्य व्यक्त गर्दै उहाँले सहकारी मार्फत छरिएको पुँजीलाई उत्पादनमा लगाउनुपर्नेमा जोड दिनुभयो । मुलुक सहकारी अभियानमा रहेकाले कालिञ्चोक गाउँपालिका भित्रका सहकारीहरु पनि एकिकरण हुनुपर्ने उहाँको भनाई छ । साधारण सभालाई सम्वोधन गर्दै नेकपा दोलखाका सचिव एवम् सहकारीका सल्लाहाकार समितिका संयोजक गोपाल पाण्डेले सहकारीले आर्थिक मात्र नभई सामाजिक दायित्व पनि पुरा गर्नुपर्ने बताउनुभयो ।

हाम्रो रेडियो सम्मानित

आनन्ददायक बहुउदेश्यीय सहकारी संस्थाले सहकारी अभियानमा महत्वपुर्ण भूमीका निर्वाह गरेको भन्दै हाम्रो रेडियोलाई सम्मान गरेको छ । संस्थाले कार्यक्रम र समाचारको माध्यमबाट सहकारी अभियानमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै साधारणसभाको अवसर पारेर हाम्रो रेडियोलाई सम्मान गरेको हो । सभाको अवसरमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि डबल पाण्डेले हाम्रो रेडियोलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

संस्थाले साधारण सभाको अवसरमा संस्थाका उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, शेयर खरिदकर्ता, असल ऋषि र एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी र पुर्व अध्यक्षलाई पनि सम्मान गरेको छ । साधारण सभामा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार थामी, आनन्ददायक सहकारीका प्रमुख संरक्षक महल बहादुर शिवाकोटी, शिवशक्ति साकोसका सञ्चालक समिति सदस्य चित्र बहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नुृभयो ।

३० असोज, २०७६ । ६ः३० बजे प्रकाशित ।

VIEWS: 1565 पटक हेरीएको
error: Content is protected !!