आफ्नै घरमा आगो लगाउने भीमेश्वर नगरपालिकाका एक युवक पुर्पक्षका लागि थुनामा

2 weeks ago/Friday, November 29th, 2019

दोलखा, १३ मंसिर ।

मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाउने भीमेश्वर नगरपालिकाका एक युवक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

दोलखा जिल्ला अदालतका न्यायधीश तेजबहादुर खड्काको इजलाशमा हिजो भएको थुनछेकको बहशपछि भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैवारीका ३६ वर्षिय इन्द्रजित हमाल पुर्पक्षका लागि कारगार चलान भएका हुन् । हमालले गत कात्तिक २२ गते आफ्नै घरमा आगो लगाएका थिए । घरायसी झै झगडाका कारण आवेगमा आएर हमालले घरमा भएको सिरक निकालेर आगो लगाएको र त्यसैबाट सल्किएको आगोले घर पुर्ण रुपमा जलेको थियो ।

सो घटना लगत्तै हमालकी श्रीमतिले दिएको किटानी जाहेरीका आधारमा उनलाई प्रहरीले कात्तिक २३ गते आफ्नै घर नजिकैबाट पक्राउ गरेको थियो । पक्राउ परेका हमालमाथि अनुसन्धान पुरा गरी प्रहरीले यही मंसिर ११ गते जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । हमालले मदिरा सेवन गरेका कारण आफुले आवेगमा घरमा आगो लगाएको स्विकार गरेको अदालतका सुचना अधिकारी यमलाल पन्थीले जानकारी दिनुभयो ।

१३ मंसिर, २०७६ । १०ः३० बजे प्रकाशित ।

VIEWS: 3640 पटक हेरीएको
error: Content is protected !!