आफ्नै छोरी बलत्कार गर्ने पुरुष थुनामा, प्रेमीसँग मिलेर श्रीमानलाई बार्गेनिङ गर्ने युवती रिहा

3 months ago/Tuesday, May 14th, 2019

दोलखा, ३१ बैशाख ।

७ वर्षदेखि आफ्नै छोरीलाई बलत्कार गर्दै आएको आरोपमा पक्राउ परेका दोलखाको एक पुरुष पुर्पक्षका लागि थुनामा गएका छन् ।

विगत ७ वर्ष अगाडि देखि आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पुरुषलाई आज दोलखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । दोलखा जिल्ला अदालतका न्यायधिश कमलराज विष्टको ईजलाशमा भएको थुनछेकको बहशपछि उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ८० बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिईएको हो । ती पुरुषलाई ‘मुलुकी अपराध संहिता ऐन २०७४’ को दफा २ सय १९ को उपदफा ८ तथा दफा २ सय २० को उपदफा १ को कसुरमा दफा २ सय १९ को उपदफा ८ र दफा २ सय २० को उपदफा २ को खण्ड क बमोजिम जन्मकैदको मागदावि गर्दै अदालत पेश गरिएकोमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको अदालतका सुचना अधिकारी युवाचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

पीडित किशोरीले दिएको जाहेरीको आधारमा ती पुरुषलाई बैशाख ४ गते चरिकोट बजारबाटै पक्राउ गरिएको थियो । किशोरीले जिल्ला प्रहरी कार्यालयमै पुगेर आँफु वर्षाैँदेखि बुबाबाट पटक–पटक बलात्कृत हुँदै आएको जाहेरी दिएपछि दोलखा प्रहरीले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान पुरा गरि जिल्ला सरकारी वकिल कार्यालयमार्फत आईतबार अदालत पेश गरेको थियो । अदालतको अदोशलगत्तै उनी आजै जेल चलान भएका छन् ।

प्रेमीलाई धरौटी, प्रेमिका रिहा

प्रेमीसँग मिलेर आफ्नै श्रीमानलाई धम्की दिई अपराधिक लाभ लिन खोजेको आरोपमा पक्राउ परेकी दोलखाको मेलुङ गाउँपालिकाकी एक युवती साधारण तारेखमा रिहा भएकी छिन् ।

जिल्लाको मेलुङ गाउँपालिका वडा नम्वर २ बस्ने अप्सरा कार्की खड्का साधारण तारेखमा रिहा भएकी हुन् । अप्सराले प्रेमीसँग मिलेर आँफु अपहरणमा परेको नाटक गरि श्रीमानलाई मोवाईलबाट धम्की दिई अपराधिक लाभ लिन खोजेको बताईएपनि दोलखा जिल्ला अदालतले उनलाई साधारण तारेखमा रिहा गरेको हो । जिल्ला न्यायधिश तेजबहादुर खड्काको ईजलाशमा हिजो भएको थुनछेकको बहशपछि अप्सरालाई साधारण तारेखमा रिहा गर्न आदेश दिईएको हो । अप्सरा १७ वर्षको मात्रै रहेकाले नाबालकमाथि आर्थिक दायित्व दिन नमिल्ने कानुनी व्यवस्था अनुसार उनलाई सामान्य तारिखमा रिहा गरिएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार सुमन प्रसाद कुशवाहले जानकारी दिनुभयो । यद्धपी उनी पक्राउ पर्ने बेलामा भने उनको उमेर २१ वर्ष भनिएको थियो ।

अप्सराको प्रेमी भनिएका जिल्लाकै भीमेश्वर नगरपालिका वडा नम्वर ९ पिँडालुबारीका २३ वर्षीय दिपक खत्रीलाई भने प्रहरीले १ लाख २० हजार धरौटी तोकेको छ । तर, उनी धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् ।

यस्तो थियो घटना

घट्ना लगत्तै दोलखा प्रहरीले दिएको जानकारी अनुसार बैशाख १ गते नयाँ वर्षको दिन घरबाट शैलुङ गाउँपालिका ८ स्थित माईतीघर जान भनेर हिँडेकी अप्सराले प्रेमीसँग मिलेर घरबाट हिँडेको केही घण्टामै सम्पर्क विहिन भई २ गते काठमाडौँमा रहेका श्रीमान सुर्य बहादुर खड्कालाई आफ्नै मोवाईल र अपरिचित नम्वरबाट आँफु अपहरणमा परेको भन्दै फिरौती माग गरेकी थिईन् ।

बैशाख पहिलो साता पक्राउ परेका दुवै जनालाई ‘अपराधिक लाभ (एक्सटर्सन) लिन नहुने’ सम्बन्धि कसुरमा दोलखा प्रहरीले अनुसन्धान पुरा गरि सरकारी वकिल कार्यालयमार्फत आईतबार अदालत पेश गरिएको थियो ।

३१ बैशाख, २०७६ । ८ः ०० बजे प्रकाशित ।

VIEWS: 5230 पटक हेरीएको
error: Content is protected !!