आलाभेसमाथि रियल मड्रिडको सहज जित, २ अंकको प्रष्ट अग्रता

3 years ago/Monday, April 3rd, 2017

२१ चैत, काठमाडौं । रियल मड्रिडले आलाभेसमाथि सहज जित हात पारेको छ र, ला लिगामा १० खेल बाँकी रहँदा २ अंकको प्रष्ट अग्रता लिएको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले आलाभेसमाथि ३-० को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले ३१ औं मिनेटमा करिम बेञ्जिमाको गोलबाट अग्रता लिएको थियो ।

बाँकी दुई गोल भने खेलको अन्त्यतिर भयो । ८५ औं मिनेटमा इस्कोले गोल गरे भने ८८ औं मिनेमा नाचोले गोल गर्दै रियल मडि्रडलाई ३-० को जित दिलाए ।

यो जितसँग रियल मड्रिड सन् २०१२ पछि पहिलो लिग उपाधि नजिक पुगेको छ । रियल मडि्रडको २८ खेलबाट ६८ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६६ अंक छ र, उसले एक खेल बढी खेलेको छ ।

VIEWS: 2125 पटक हेरीएको
error: Content is protected !!