उमाकुण्ड गाउँपालिकामा कोरोना संक्रमण तिव्र, स्थानीय सरकारको कामकाज प्रभावित

2 weeks ago/Tuesday, June 8th, 2021

प्रमिला नेपाली ।

जिरी (दोलखा), २५ जेठ ।

दोस्रो लहरको कोरोना भाइरस माहामारीसँगै रामेछापको उमाकुण्ड गाउँपालिकाको दैनिक प्रशासनिक काम प्रभावित भएको छ ।

हाल गाउँपालिकाको दैनिक प्रशासनिक काम बाहेक अत्यावश्यक काम मात्रै भइरहेको हो । विश्वभरी महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना संक्रमण उमाकुण्डमा पनि पछिल्लो दिनहरुमा बढ्दै गईरहेको र समुदायस्तरमा समेत फैलिसकेको परिस्थितिलाई मध्यनजर गर्दै कोरोना संक्रमणको जोखिमलाई कम गर्नको लागि गाउँपालिका र गाउँपालिका अन्तर्गत सबै वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकको अन्य सबै किसिमको सेवाहरु बन्द रहेका छन् । उमाकुण्ड गाउँपालिकामा ७ वटा वडा रहेकोमा अहिले सबै वडा कार्यालयहरुले २/२ दिनको फरकमा कार्यालय खोलेर अत्यावश्यक सेवा दिदै आएका छन् भने गाउँपालिकाले पनि अत्याश्यक सेवा मात्रै दिइरहेको छ । जसअनुसार गाउँपालिकाले स्वास्थ्य र विकास निर्माणका योजना लगायतका कामहरु गरिहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत दिपेन्द्रकुमार पैकराले जानकारी दिनुभयो ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको कोरोना संक्रमण उमाकुण्डमा पनि पछिल्लो दिनहरुमा बढ्दै गईरहेको र समुदायस्तरमा समेत फैलिसकेको परिस्थितिलाई मध्यनजर गर्दै कोरोना संक्रमणको जोखिमलाई कम गर्नको लागि गाउँपालिका र गाउँपालिका अन्तर्गत सबै वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकको अन्य सबै किसिमको सेवाहरु बन्द रहेका छन् । उमाकुण्डमा हालसम्म दोस्रो लहरको कोरोना संक्रमण अन्र्तगत संक्रमित हुनेको संख्या १ सय ५ पुगेको छ । संक्रमितमध्य ३७ जना निको भएका छन् भने अझै ६९ जना संक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण उमाकुण्डका ४ जनाको मृत्यु भईसकेको छ ।

उहाँका अनुसार जन्म दर्ता, मृत्यु दर्ता सहित पञ्जिकरण लगायतका नियमित काम हुन पाएका छैनन् भने विकास निर्माणका योजना कार्यान्वयन र भुक्तानीमा पनि समस्या भएको छ । तर, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अत्यावश्यक सेवाहरु भने दिइरहेको उहाँले बताउनुभयो । यस्तै, उमाकुण्ड गाउँपालिकाले पछिल्लो समय बढ्दो कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन तथा हिडडुल गर्न पूर्णरुपमा निषेध गर्दै सबै प्रकारका होटल तथा पसलहरु पूर्णरुपमा बन्द गर्न भनेको छ । खाद्यन्न पसल तथा तरकारी पसलहरु बिहानको समयमा मात्रै खुल्ला रहने गाउँपालिकाले जनाएको छ ।

उमाकुण्डमा हालसम्म दोस्रो लहरको कोरोना संक्रमण अन्र्तगत संक्रमित हुनेको संख्या १ सय ५ पुगेको छ । संक्रमितमध्य ३७ जना निको भएका छन् भने अझै ६९ जना संक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणका कारण उमाकुण्डका ४ जनाको मृत्यु भईसकेको छ । उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ गचेप्टेका दुई पुरुष, वडा नम्बर ७ भुजीका एक पुरुष र वडा नम्बर २ बाम्तीकी एक महिलाको कोरोनाको कारण मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र एक महिला रहेका छन् । उनीहरुमध्य एक जनाको मृत्यु भएपछि कोरोना पुष्टि भएको हो । सबैको पालिकाभित्रै कोरोना पुष्टि भएपनि जिल्ला बाहिर मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यसैबीच, उमाकुण्ड गाउँपालिकामा २० वेडको आइसोलेसनसहित कोभिड अस्पताल सञ्चालनमा आएको छ । उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ प्रितीस्थित च्यादालुमा २० बेडको आइसोलेसनसहितको कोभिड अस्पताल सञ्चालनमा आएको हो । यसअघि ५ वेड मात्रै रहेको सो अस्पतालमा कोरोना संक्रमित बढ्दै गएपछि १५ वेड थपेर २० वेड पु¥याएइको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै, संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिनका लागि गाउँपालिकाले २० वटा अक्सिजन सिलिण्डर खरिद गरेको छ । गाउँपालिकाले खरिद गरेको र विभिन्न संघ संस्थाले दिएको १५ वटा गरी हाल अस्पतालमा ४० वटा अक्सिजन सिलिण्डर रहेको छ । सो अस्पतालमा अहिले ४ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ ।

२५ जेठ, २०७८ । ७ः१० बजे प्रकाशित ।

VIEWS: 1185 पटक हेरीएको
error: Content is protected !!