जिरी (दोलखा), २२ चैत ।
दोलखाको जिरीस्थित एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रामेछापको बेताली र प्रितिमा सेवा केन्द्र विस्तार गरेको छ ।
एकीकृत फ्रेण्डसीप साकोसले रामेछापको गोकुलगंगा गाउँपालिकाको बेताली र उमाकुण्ड गाउँपालिकाको प्रितिस्थित च्यादलुमा गरी थप दुई सेवा केन्द्र विस्तार गरेको हो । गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ मा स्थापना गरिएको बेताली सेवा केन्द्र हिजो उद्घाटन पछि सञ्चालनमा आइसकेको छ भने उमाकुण्ड गाउँपालिका ४ मा स्थापना गरिएको प्रिति सेवा केन्द्रको आज उद्घाटन गरिएको छ । बेताली सेवा केन्द्रको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले उदघाटन गर्नुभएको थियो भने प्रिति सेवा केन्द्रको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन) सञ्चालक सदस्य जिवसराज खड्काले रिवन काटेर उदघाटन गर्नुभयो । तेस्रो पटक गत माघ २९ गते मात्रै तीन वटा सहकारी संस्थासँग एकिकरण गरेको फ्रेण्डसिप साकोसले हाल आएर सेवा केन्द्र विस्तार र उदघाटन कार्यलाई तीब्रता दिइरहेको छ । २०४८ साल चैत ३ गते स्थापना भएको साकोसको यो सहित ११ वटा सेवा केन्द्र भएको छ भने तीन पटकमा गरी अहिलेसम्म १४ वटा बचत तथा ऋण सहकारी संस्थासँग एकीकृत भएको छ ।
गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ मा स्थापना गरिएको बेताली सेवा केन्द्र हिजो उद्घाटन पछि सञ्चालनमा आइसकेको छ भने उमाकुण्ड गाउँपालिका ४ मा स्थापना गरिएको प्रिति सेवा केन्द्रको आज उद्घाटन गरिएको छ । साथै, फ्रेण्डसिपले यही चैत महिनाभित्रै जिल्ला सदरमुकाम चरिकोटमा पनि चरिकोट सेवा केन्द्र स्थापना गर्ने तयारी गरेको छ । फ्रेण्डसिपले अबको केही समयमै रामेछापको मन्थलीमा पनि सेवा केन्द्र विस्तार गर्नेगरी तयारी गरिरहेको संस्थाका अध्यक्ष भूमिराज खड्काले जानकारी दिनुभयो ।
पछिल्लो पटक फ्रेण्डसिपले चरिकोटस्थित कुखुरा व्यवसायि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरीस्थित जिरीश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र उमाकुण्ड गाउँपालिकास्थित प्रिति बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग संस्था एकिकरण गरेको थियो । सोही एकीकरण पछि अहिले धमाधम सेवा केन्द्र विस्तार भइरहेको हो । सेवा केन्द्र विस्तारसँगै संस्थाको कार्यक्षेत्र पनि बढेको छ । साथै, फ्रेण्डसिपले यही चैत महिनाभित्रै जिल्ला सदरमुकाम चरिकोटमा पनि चरिकोट सेवा केन्द्र स्थापना गर्ने तयारी गरेको छ ।

यसअघि फ्रेण्डसिपले मुख्य कार्यालय सहित ९ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएर शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको थियो । चरिकोटमा पनि सेवा केन्द्र विस्तार भएपछि एकीकृत फ्रेण्डसिपले १२ वटा सेवा केन्द्रबाट शेयर सदस्यहरुलाई सेवा दिनेछ । फ्रेण्डसिपले अबको केही समयमै रामेछापको मन्थलीमा पनि सेवा केन्द्र विस्तार गर्नेगरी तयारी गरिरहेको संस्थाका अध्यक्ष भूमिराज खड्काले जानकारी दिनुभयो ।
एकीकृत फ्रेण्डसिप प्रोवेशन ब्राण्ड प्राप्त गरी एक्सेस ब्राण्डको प्रक्रियामा रहेको जिल्लाकै ठूला सहकारी मध्यको एक हो । हाल साकोसमा करिब १२ हजार शेयर सदस्य रहेका छन् ।
२२ चैत, २०७७ । ९ः३५ बजे प्रकाशित ।
VIEWS: 1795 पटक हेरीएको