ऐतिहासिक चरिघ्याङ गुम्बाको पुरानै शैलीमा पुननिर्माण (हेर्नुहोस् १० तस्वीरमा)

11 months ago/Wednesday, October 28th, 2020

दोलखा, १२ कार्तिक ।

भूकम्पले ध्वस्त भएको दोलखा सदरमुकाम चरिकोट चरिघ्याङ स्थित ऐतिहासिक ‘चरिघ्याङ गुम्वा’ को पुननिर्माण कार्य पूरा भएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पले ढालेको चरिघ्याङ गुम्वाको पुरातत्व विभागले करिव २ करोड ७९ लाख लागतमा पुननिर्माण गरेको हो । नेपालका ऐतिहासिक एवँ पुरात्तात्विक महत्वका गुम्वाहरुको सूचिमा पर्ने चरिघ्याङ गुम्वाको पुननिर्माण पुरानै शैलीमा कलात्मक ढँगले गरिएको छ । तुलसी कन्सट्रक्सन भक्तपुरले दशैं अघिमात्रै निर्माण सम्पन्न गरेको गुम्वामा चुना सुर्की प्रयोग गरेर बलियो बनाउनुका साथै सालको काठवाट निर्माण गरिएका कलात्मक झँयालढोका र काठहरु प्रयोग गरिएको छ ।

बौद्ध धर्मावलम्वीहरुको बिशेष आस्थाको केन्द्र मानिने चरिघ्याङ गुम्वा निकै पुरानो र ऐतिहासिक गुम्बा हो । सो गुम्बालाई १६ सय ७८ सालमा तत्मालिन राजाले लालमोहर प्रदान गरेको र १८ सय १८ सालको फागुन ९ गते राजा पृथ्वी नारायण साहले समेत प्राचिन गुम्बाको सूचिमा सूचिकृत गर्न लगाएको इतिहास छ । यो गुम्बा धार्मिक दृष्टिले मात्रै नभई दोलखाको प्रमुख पर्यटकीय गन्तव्यको केन्द्र पनि हो । गुम्बा स्थलवाट देखिने हिमाल, पहाड र दोलखाको मनोरम दृश्य अनुपम मानिन्छ । सोही कारण दोलखा भ्रमणमा आउने पर्यटक एकपटक चरिघ्याङ गुम्वा पुग्ने गरेका छन् । गुम्बा पुन

निर्माण पछि चरिघ्याङ गुम्वाका लामा पूजारी तथा स्थानीयवासी निकै खुशि भएका छन् । भीमेस्वर नगरपालिकाले पनि चालु बर्ष आन्तरिक बजेटवाट गुम्वा क्षेत्रलाई तारवार गरेको छ । पुननिर्माण पछि चरिघ्याङ गुम्बा निकै आकर्षक देखिएको छ । हामीले नवनिर्मित चरिघ्याङ गुम्बाको आकर्षणलाई १० तस्वीरमा कैद गरेका छौं ।


१२ कार्तिक २०७७ । ३ः५५ बजे प्रकाशित

VIEWS: 5260 पटक हेरीएको
error: Content is protected !!