कलिलै उमेरमा प्रेम, प्रेमीका गर्भवति भएपछि प्रेमी फरार

1 month ago/Friday, April 24th, 2020

दुर्गा बस्नेत ।

दोलखा, १२ बैशाख ।

दोलखामा मायाप्रेममा परेपछि कलिलै उमेरमा विवाह र शारीरीक सम्बन्ध भएका घटनाहरु सार्वजनिक हुन थालेका छन् ।

कलिलै उमेरमा एक अर्कामा मायाप्रेम गर्ने, शारीरिक सम्वन्ध राख्ने र सम्वन्ध बिग्रिए पछि त्यहि मायाप्रेम बलात्कारको घटनाको रुप परिणत हुने गरेको छ । बिद्यालय तहदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने कम उमेरका वालवालिकाहरु समेत यस्तो कुलतको शिकार बन्न पुगेका छन् । पछिल्लो पटक भीमेश्वर नगरपालिका वडा नम्बर ९ का १८ वर्ष भन्दा कम उमेरका बालक १६ वर्षिया वालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका छन् । बालिका जवरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका ती वालकलाई सुधार गृहमा पठाउन अदालतले आदेश दिईसकेको छ । तर, लकडाउनका कारण सुधार गृहसम्म पठाउने वातावरण नभएपछि ति बालक चरिकोट कारागारमा रहेका छन् ।

विगु गाउँपालिका घर भएकी १६ वर्षिया वालिका केहीसमय यता सदरमुकाम चरिकोटमा बस्दै आएकी थिइन् । ती बालिका र बालकविच घनिष्ठ मायाप्रेम थियो । उनीहरुले मायाप्रेमलाई विवाहमा परिणत गर्ने निर्णय गरेपछि शारीरीक सम्बन्ध पनि राखे । तर, बालिका गर्भवति भएपछि एकाएक बालक सम्पर्कविहिन भए । आफु गर्भवति हुनासाथ प्रेमी सम्पर्क विहिन भएपछि बालिकाले परिवारलाई घटनाको बेलिबिस्तार सुनाईन् । त्यस लगत्तै पीडित बालिकाका दाजुले जवरजस्ती करणी उद्योगमा प्रहरीकोमा किटानी जाहेरी दिए र बालकलाई चैत्र ११ गते प्रहरीले पक्राउ ग¥यो । बाल्यकालमै भएको मायाप्रेम अन्तत बलात्कारको घटनामा परिणत हुन पुग्यो । प्रहरी अनुषन्धान पुरा भएर दोलखा जिल्ला अदालत पुगेको मुद्धामा भएको थुनछेक बहशपछि बालकलाई सुधार गृह पठाउने आदेश भएको छ भने गर्भवती बालिका आवाज नामक संस्थाको जिम्मामा रहेकी छिन् ।

दोलखामा मायाप्रेममा परेपछि कलिलै उमेरमा विवाह र शारीरीक सम्बन्ध भएका घटनाहरु सार्वजनिक हुन थालेका छन् । कलिलै उमेरमा एक अर्कामा मायाप्रेम गर्ने, शारीरिक सम्वन्ध राख्ने र सम्वन्ध बिग्रिए पछि त्यहि मायाप्रेम बलात्कारको घटनाको रुप परिणत हुने गरेको छ । बिद्यालय तहदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने कम उमेरका वालवालिकाहरु समेत यस्तो कुलतको शिकार बन्न पुगेका छन् ।

रोजगारीको शिलशिलामा बाहिरी जिल्लाबाट आएका मानिसहरुबाट पनि दोलखाका धेरै बालिका बलात्कारका शिकार भएका छन् । भूकम्पपछिको पुननिर्माण, सडक, जलबिद्युत लगायतका योजनामा काम गर्न आएका मजदुरले कलिलै उमेरका बालिकाहरुलाई विवाह गरी लगेको तथा मायाको प्रलोभनमा पारी बलात्कार गरेका घटनाहरु थुप्रै छन् । पछिल्लो पटक जिल्लाको बिगु गाउँपालिकामा फर्निचरमा काम गर्न आएका सर्लाहीका एक मजदुरले सिन्धुलीकी वालिकालाई बलात्कार गरेको घटना बाहिर आएको छ । तर, यो घटना समेत बलात्कार भन्दा पनि मायाप्रेम पछि बलात्कारमा परिणत भएको घटना देखिएको छ ।

सिन्धुलीको मरिण गाउँपालिकाकी १६ बर्षिया बालिकालाई सर्लाहीका २२ बर्षिय पुरुषले सिन्धुलीमै मजदुरी गर्ने क्रममा मायाप्रेम गरेका थिए । तिन बर्षपछि दोलखामा फर्निचरमा काम गर्न आउँदा उनले बालिकालाई विवहा गर्ने भनेर साथमै लिएर आए । तर, जव ती पुरुष विवाहित र घरमा बच्चा समेत भएको कुरा सार्वजनिक भएपछि पीडित बालिकाका दाजुले प्रहरीकोमा जरवरस्ती करणी भएको भन्दै किटानी जाहेरी दिए । अहिले २२ बर्षिय पुरुष दोलखा जिल्ला अदालतको आदेश वमोजिम पुर्पक्षका लागि थुनामा गएका छन् भने बालिकालाई आफन्तको जिम्मा लगाईएको छ ।

रोजगारीको शिलशिलामा बाहिरी जिल्लाबाट आएका मानिसहरुबाट पनि दोलखाका धेरै बालिका बलात्कारका शिकार भएका छन् । पछिल्लो पटक जिल्लाको बिगु गाउँपालिकामा फर्निचरमा काम गर्न आएका सर्लाहीका एक मजदुरले सिन्धुलीकी वालिकालाई बलात्कार गरेको घटना बाहिर आएको छ ।

यी दुई घटना प्रतिनिधिमुलक घटना मात्रै हुन् । कम उमेरमा मायाप्रेम गरी शारीरिक सम्वन्ध समेत राख्दा कस्तो परिणाम भोग्नु पर्दछ भन्ने कुरा यी दुई घटनाले छर्लङ्ग पारिदिएको छ । नेपालको कानूनले २० बर्षभन्दा कम उमेरका बालवालिकाहरु वीच विवाह गर्न नहुने कानूनी व्यवस्था गरेको छ । २० बर्षभन्दा बढी उमेरको पुरुषले सहमतिमै २० बर्षभन्दा कम उमेरकी बालिकासँग शारीरिक सम्वन्ध राखेपनि कानून वमोजिम त्यो दण्डनीय हुन्छ । तसर्थ, कलिलो उमेरमा हुने यस्ता घटना हुन नदिन सवै बालबालिका र खासगरी अभिभावकहरु बढी सर्तक र सजग बन्न जरुरी छ ।

१२ वैशाख, २०७७ । ८ः०० बजे प्रकाशित ।

VIEWS: 5990 पटक हेरीएको
error: Content is protected !!