कांग्रेस दोलखाको एक महिने जागरण अभियान सम्पन्न

1 week ago/Friday, June 7th, 2019

दोलखा, २४ जेठ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दोलखाले सुरु गरेको एक महिने जागरण अभियान आज सम्पन्न भएको छ ।

कांग्रेसले आज सदरमुकाम चरिकोटमा विभिन्न ¥यालीसहितको कार्यक्रम गरी एक महिने जागरण अभियान सम्पन्न गरेको हो । जागरण अभियानलाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई जागरुक बनाउन देशव्यापी जागरण अभियान ल्याईएको बताउनुभएको छ । नेता पौडेलले देशमा भ्रष्टार बढेको भन्दै भ्रष्टचार उन्मुलनका लागि जनतालाई जागरुक बनाउन पनि जगरण अभियान महत्वपुर्ण रहेको बताउनुभयो । सरकारबाट जनतालाई धोका भएको भन्दै उहाँले यस्तै गतिविधि कायम रहे सरकार पतन हुने र कांग्रेस उदाउने दावि गर्नुभयो । कांगे्रसमा पनि देशलाई अघि बढाउन सक्ने क्षमता भएको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सरकार जनचाहना अनुसार अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले जनताले कम्युनिष्ट शासन आएपछि के के न हुन्छ भनेर नेकपालाई जिताएपनि सरकारले जनचाहना पुरा गर्न नसकेको जिकिर गर्नुभयो । प्रवक्ता शर्माले कांग्रेसले हारेर तत्कालका लागि राम्रो नभएपनि दीर्घकालिन रुपमा राम्रो भएको प्रतिक्रिया दिनुभयो । प्रवक्ता शर्माले पार्टीका कार्यकर्ताबीचको सम्बन्ध सुमुधर बनाउन र सरकारको कमिकमजोरीहरु औँल्याउन कांग्रेसले जागरण अभियान सुरु गरेको बताउनुभयो ।


कांग्रेसको पहिलो चरणको जागरण अभियान सफलताका साथ सम्पन्न भएको कांग्रेस जिल्ला सभापनि रुद्रबहादुर खड्काले जानकारी दिनुभयो । कार्यक्रममा जागरण अभियानको भुमिका निर्वाहका लागि विभिन्न स्थानमा खटिएका संयोजकहरुलाई प्रमाणपत्र सहित सम्मान पनि गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी एवम् वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो । कांग्रेस भीमेश्वर नगरपालिकाका संयोजक ईश्वर नारायण मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेशका केन्द्रिय प्रबक्ता बिश्वप्रकाश शर्मा, प्रतिनिधिसभा सांसद जिपछिरिङ लामा, प्रदेश नम्बर ३ रसुवाका प्रदेश सांसद प्रभात तमाङ, कांग्रेस दोलखाका केन्द्रिय सदस्य रामकृष्ण यादव, जिल्ला सभापति रुद्रबहादुर खड्का, पुर्वसभापति ताराबहादुर कोइराला, देवीप्रसाद न्यौपाने, नेता केशवराज चौँलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कांग्रेसको जागरण अभियान समापन कार्यक्रममा बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, वैत्यश्वर गाउँपालिकाका अध्यक्ष छवी लामा लगायतको पनि उपस्थिति थियो ।

कांग्रेस जागरण अभियानका थप तस्वीरहरुः


२४ जेठ, २०७६ । ७ः ०० बजे प्रकाशित ।

VIEWS: 890 पटक हेरीएको
error: Content is protected !!