जिरी( दोलखा), १७ चैत ।
काठमाडौंको मूलपानीमा घरको जग खन्दा ढिस्कोले पुरिएर दोलखाको जिरी नगरपालिकाका एक युवकको मुत्यु भएको छ ।
ढिस्कोले पुरिएर दोलखाको जिरी नगरपालिका–२ घर का २० वर्षीय इन्द्र श्रेष्ठको मुत्यु भएको हो । भिरालो जमिनमा घरको जग खन्दा ढिस्को खसेर श्रेष्ठको मुत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिनुभयो । ढिस्कोले पुरिएर ३५ वर्षीय धनबहादुर मगर घाइते भएका छन् । घाइते मगरको ठेगना भने खुलाइएको छैन । मगरको शंकरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
१७ चैत । २०७७ । ४ः१० बजे प्रकाशित ।