काठमाडौँ बस्ने दोलखालीमा पनि डेंगुको संक्रमण, जिल्लामा सतर्कता अपनाउन जरुरी

1 week ago/Monday, September 9th, 2019

दोलखा, २३ भदौ ।

मुलुकका विभिन्न स्थानमा फैलिएको डेंगुको संक्रमण काठमाडौँमा बस्ने दोलखाली मानिसहरुमा पनि देखिएको छ ।

दोलखा घर भई काठमाडौँ बस्दै आएका दुई किशोरमा डेंगुको संक्रमण पुष्टी भएको हो । दोलखा घर भएका १६ वर्षीय किशोर राजबाबु जिरेल र १८ वर्षीय सन्तोष भण्डारीलाई डेंगुको संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । दोलखा घर भएपनि उनीहरु दुवै जनालाई जिल्लामा नभई काठमाडौँमा डेंगु संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभूकुमार झा ले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनालाई काठमाडौँस्थित वीर अस्पतालमा उपचारका क्रममा डेंगु संक्रमण देखिएको हो । दुई जना मध्य जिरेललाई भदौ १३ गते र भण्डारीलाई २० गते डेंगुको संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।

दोलखा घर भई काठमाडौँ बस्दै आएका दुई किशोरमा डेंगुको संक्रमण पुष्टी भएको हो । यद्धपी जिल्ला भित्र भने हालसम्म डेंगुको संक्रमण  देखिएको छैन । यसअघि दोलखाका २ जनामा डेंगुको संक्रमण देखिएको भन्ने समाचार बाहिरिएपछि जिल्लाबासि त्रसित बनेका थिए । यद्धपी दोलखाका दुई जनामा डेंगुको संक्रमण भएको तथ्यांक सही भएपनि उनीहरुलाई दोलखामा नभई काठमाडौँमा बस्ने क्रममा डेंगु संक्रमण भएको थियो । जिल्लामा हालसम्म डेंगुको संक्रमण नदेखिए पनि जोखिम रहेकाले सर्तकता अपनाउन भने जरुरी रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभूकुमार झाले बताउनुभयो ।

यद्धपी जिल्ला भित्र भने हालसम्म डेंगुको संक्रमण नदेखिएको प्रमुख झाले बताउनुभयो । दोलखामा भाईरल ज्वरोका विरामीको संख्या बढेपनि डेंगुकै संक्रमण भने नदेखिएको प्रस्तावित चरिकोट अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले बताउनुभयो । सामान्य ज्वरो तथा रुघा खोकी लाग्ने वित्तिकै विरामीहरु डेंगुको संक्रमण भएको आशंकामा आँत्तिने गरेको भन्दै उहाँले नआँत्तिन आग्रह पनि गर्नुभएको छ । यसअघि दोलखाका २ जनामा डेंगुको संक्रमण देखिएको भन्ने समाचार बाहिरिएपछि जिल्लाबासि त्रसित बनेका थिए ।

यद्धपी दोलखाका दुई जनामा डेंगुको संक्रमण भएको तथ्यांक सही भएपनि उनीहरुलाई दोलखामा नभई काठमाडौँमा बस्ने क्रममा डेंगु संक्रमण भएको थियो । जिल्लामा हालसम्म डेंगुको संक्रमण नदेखिए पनि जोखिम रहेकाले सर्तकता अपनाउन भने जरुरी रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभूकुमार झाले बताउनुभयो । प्रदेश नम्वर ३ कै अन्य जिल्लामा डेंगुको संक्रमण देखिएको र दोलखामा पनि ग्यारेजहरुमा टायर अलपत्र अवस्थामा रहेको तथा सवारीका साधन मार्फत आवत जावत बढिरहने भएकाले डेंगु भित्रन सक्ने उहाँको भनाई छ । मुलुकका विभिन्न स्थानमा डेंगु फैलिएपछि जिल्ला स्वास्थ्य कार्यालयले पनि जनचेतना फैलाउनका लागि कार्यक्रम ल्याउने तयारी गरिरहेको प्रमुख झा ले जानकारी दिनुभयो ।

२३ भदौ, २०७६ । ५ः ०० बजे प्रकाशित ।

VIEWS: 7920 पटक हेरीएको
error: Content is protected !!