काठमाडौंमा रहेका पाँच जना दोलखालीमा कोरोना संक्रमण

1 month ago/Saturday, September 19th, 2020

दोलखा, ३ असोज ।

दोलखा स्थायी घर भई काठमाडौंमा बस्दै आएका ५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरणमा दोलखाकाा ५ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । मन्त्रालयका अनुसार आज दोलखाका चार जना पुरुष र एक महिला गरी ५ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभू कुमार झाले पनि काठमाडौंमा रहेका ५ जना दोलखाली नागरिकमा संक्रमण देखिएको पुष्टि गर्नुभयो । उहाँका अनुसार आज विरेन्द्र सैनिक अस्पतालमा तीन जना र पाटन अस्पतालमा दुई जनामा संक्रमण पुष्टि भएको हो । यद्यपी उनीहरुको जिल्लाको स्थायी ठेगाना भने खुलेको छैन ।

३ असोज, २०७७ । ६ः२० बजे प्रकाशित ।

VIEWS: 6195 पटक हेरीएको
error: Content is protected !!