कार्तिक मसान्तभित्र स्थानीय तहसम्म पार्टी एकिकरण हुन्छः सचिव पोखरेल

9 months ago/Tuesday, October 16th, 2018

तत्कालिन नेकपा एमाले र एकिकृत नेकपा माओवादी वीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको लामो समय बिते पनि अझै जिल्ला र स्थानीय तहसम्म पार्टी कमिटीको एकिकरण र जिम्मेवारी बाँडफाँड हुन सकेको छैन । लामो समयदेखि नेकपाको पार्टी कमिटीले पूर्णता नपाउँदा नेता तथा कार्यकर्ताहरुमा अन्यौलता बढेको छ भने स्थानीय सरकारमा निर्वाचित जनप्रतिनिधि र पूर्व एमाले तथा माओवादीका नेताहरु वीच समन्वय र सहकार्य समेत हुन सकेको छैन । परिणामत कतिपय स्थानीय तहमा स्थानीय सरकार र पार्टीका नेताहरु वीच असमझदारी र विवाद समेत देखिन थालेको छ । प्रस्तुत छ, हाम्रा समाचार सम्पादक सिर्जना थापा (खड्का) ले नेकपाका केन्द्रिय सदस्य एवँ प्रदेश नम्बर ३ का सचिव आनन्दप्रसा पोखरेलसँग गरेको अन्र्तवार्ता ।

भर्खरै नेकपाको केन्द्रिय सचिव हुनुभयो केही जिल्लामा पुग्नुभयो, पार्टी कार्यकर्ताको मानसिकता कस्तो पाउनुभयो ?

समसामयिक प्रश्नका लागि धन्यवाद । हामीले पार्टी एकता गरेको करिव ६ महिना भएको छ । ६ महिनाको दौरानमा केन्द्रिय कमिटी बनायौँ र प्रदेश कमिटी बनेको छ । मातहत कमिटीहरु बनेका छैनन् र तल्लो तहमा पार्टी एकताको मत स्थानीय तहका कार्यकर्ताबाट घनिभुत ढंगले अगाडि आएको छ । असोज ५ गते पार्टीको केन्द्रिय सचिवालयले ७ वटै प्रदेशमा प्रदेश कमिटी गठन गरपछि असोज १३ गते बैठक बसेर हामीले ६ बुदे परिपत्र जारी ग¥यौँ । हामी विभिन्न जिल्लामा जाँदा तीन वटा प्रश्न कार्यकर्ताले उठाएका छन् । पहिलो प्रश्न, पार्टी कमिटी गठन गर्न ढिलाई भएको छ, पार्टीको काममा शुन्यता आएको छ र संस्थागत भएको छैन । त्यसैले स्थानीय तहका कमिटीहरु तत्काल गठन गर्नका लागि ठोस कार्यहरु ल्याउनु पर्छ भन्ने कार्यकर्ताहरुको माग छ ।

दोस्रो, पार्टी एकता प्रक्रियाभित्र जुन ढिलाई भएको छ यो ढिलाईलाई तुरुन्त अन्त्य गर्नु पर्छ । जिल्ला कमिटी छिटो भन्दा छिटो पुर्ण गरेर स्थानीय तहलाई अगाडि बढाउनु पर्छ । सरकारले गरेको राम्रो कामको संस्थागत गर्नु पर्छ । तेस्रो कुरा, पार्टी कार्यकर्ता र स्थानीय जनप्रतिनिधिहरु, निर्वाचित निकायहरु, प्रदेश सरकार र केन्द्रिय सरकारलाई कम्तिमा पार्टीको दिशानिर्देश गरेर पार्टीले गाइड गर्नुपर्ने समस्या देखिएको छ । तत्कालै यो गाइड गर्नुपर्ने र दिशा निर्देश गर्नुपर्ने कुराहरु र सरकार सञ्चालनका प्रक्रिया, सरकारलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने सोच र दिशा के हो त्यसमा केन्द्रित हुन जरुरी छ भनेर यो तीनवटा प्रश्न चाँही कार्यकर्ताहरुले उठाउनुभएको छ ।

पार्टी एकिकरण प्रक्रियाले तल्लो कमिटीसम्म पूर्णता नपाउँदा पूर्व माओवादी र पूर्व एमाले कार्यकर्ताहरुमा निराशा छाएको, पार्टी गतिविधिहरुमा शुन्यता छाउँदा जनता समेत निराश भएको गुनासो छ, नि ?

तँपाईले भनेका कुरामा म पूर्ण सहमत छु । निराशा छ, गुनाशो छ र ढिलाई भएकोप्रति पार्टी कमिटीको आलोचना छ । हामीलाई जव केन्द्रिय कमिटीले ६ बुँदे परिपत्र ग¥यो, परिपत्र जारी गरी सकेपछि पार्टीको विधान, नियमावली परिपत्र नम्बर १ देखि ३ लाई अध्ययन गर्ने र त्यसको मापदण्डको आधारमा प्रदेशका मातहत कमिटी, जिल्ला कमिटी र स्थानीय कमिटीलाई पुन सञ्चालन गर्ने र कामलाई अगाडि बढाउने भन्ने एउटा निर्देशन जारी भयो । दोस्रो निर्देशन, पार्टीका अहिलेपनि दुईवटा विचार छन्, दुईवटा भावना छन् । त्यसलाई एकिकृत गर्नका लागि कम्तिमा कार्यालय एकै ठाउँमा हुनुपर्ने कार्यविधि तय गर्ने बारेमा छलफल ग¥यो र निर्देशन ग¥यो । तेस्रो कुरा अहिले पनि पार्टी सदस्य पनि अहिले माओवादकिा छुट्टै र एमालेका छुट्टै छन् । त्यसलाई पनि एकिकरण गरी नेकपाका पार्टी सदस्य बनाउनुप¥यो ।

पार्टीका सम्पति एकिकृत, खाता एकिकृत र एउटै व्यानरमा कार्यक्रम गर्ने र स्थानीय तहसम्मलाई पनि त्यो कुरामा अगुवाई गर्ने भनेर जुन परिपत्र हामीलाई गरीएको थियो । हामीले त्यसैलाई टेकेर स्थानीय तहको पार्टी एकता गर्नका लागि अहिले तीन नम्बर प्रदेशभरीमा साविक दुई वटा कमिटीहरु माओवादी केन्द्र र नेकपा एमालेका साविक जिल्ला कमिटीका इन्चार्ज र सह इन्चार्जहरुलाई समेत समावेश गरी स्थानीय जिल्ला पार्टी कमिटीलाई अर्को व्यवस्था नभएसम्मका लागि व्यवस्था ग¥यौँ । यो काम गरी सकेपछि पार्टीमा गति पनि आएको छ । १३ वटै जिल्ला र अरु थप ४ वटा पेशागत जिल्ला कमिटीहरुमा पनि सवैले पहिलो बैठक राखिसकेका छन् भने एकिकृत पार्टी कार्यालयका टुंगो लगाएका छन् । कार्यालय सचिवहरु तोकेका छन् र यो विचमा दशैँ तिहार लागेको छ यो विचमा कमिटीहरुलाई व्यवस्थित गर्ने र चलाउने सहमति भएको छ । प्रदेश कमिटी बनेपछि एउटा नयाँ गति प्रदेश ३ मा आउँछ भन्ने मैले महशुस गरेको छु ।

हजुर, नेकपाको गाउँ नगर र वडा तहमा पार्टी संरचना नहुँदा निर्वाचित जनप्रतिनिधि र पार्टी द्धन्द्ध सुरु भइरहेको खवरहरु पनि आइरहेका छन् । जनप्रतिनिधलाई पार्टीको लगाम नहुँदा छाडा भएको चर्चा पनि छ, यसको अन्त्य कसरी गर्न सकिएला ?

तपाँईले ठिकै भन्नुभयो । केही अंशमा यस्ता कुराहरु देखिएका छन् । स्थानीय तहका जनप्रतिनिधिको कार्यशैली र सँवादमा कमी भएको कारणले त्यस्तो भएको हो । नियतमा कमी भएको होइन । सथानीय कमिटीहरु गाउँपालिका र नगरपालिकामा तथा वडा सम्मको कमिटीलाई बनाउनु पर्छ । पार्टीको मातहतमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको दिशानिर्देश गर्नका लागि घोषणापत्र बनाउनु पर्छ । र त्यसको अगुवाई पार्टीले गर्नुपर्छ भन्ने कुरा तपाँईले उठाउनुभयो । त्यसलाई हामीले कार्यान्वयन गर्ने प्रयत्न गरीरहेका छौँ । तपाँँईहरुको जुन गुनासो छ हामी ती गुनासा सम्बोधन गर्न कटिवद्ध छौँ । तर, आम रुपमा दोलखा जिल्लामा त्यस्तो गुनासो छ जस्तो मलाई लाग्दैन ।

१३ वटै जिल्ला र अरु थप ४ वटा पेशागत जिल्ला कमिटीहरुमा पनि सवैले पहिलो बैठक राखिसकेका छन् भने एकिकृत पार्टी कार्यालयका टुंगो लगाएका छन् । कार्यालय सचिवहरु तोकेका छन् र यो विचमा दशैँ तिहार लागेको छ यो विचमा कमिटीहरुलाई व्यवस्थित गर्ने र चलाउने सहमति भएको छ ।

तपाईले प्रदेश सचिवको जिम्मेवारी सम्हालेपछि प्रदेश कमिटिले अहिलेसम्म गरेका ठोस कामहरु के–के हुन् ?

हामीले पहिलो काम १३ गते बैठक बस्यौ । बैठकपछि पाँचबुदे परिपत्र जारी ग¥यौ । त्यो परिपत्रले हामीले गरेको महत्वपुर्ण काम जिल्ला पाटी कमिटिमा शुन्यता थियो त्यो शुन्यता चिर्नका लागि दुइटै पाटीका पदाधीकारी रहेका जिल्ला कार्यालय गठन ग¥र्यौ । जिल्ला कमीटीले विगतमा प्रयोग गरिरहेको अधिकार र अहिले प्रयोग गर्न पाउने र मातहत कमिटिलाई एकीकृत गर्नका लागि काम अगाडि बढाउने निणर्य ग¥र्यौ । हामीले गरेको महत्वपूर्ण काम स्थानीय तह पार्टी एकीकरणको सुरुवात भएको छ ।

जिल्ला कमीटिले पूर्णता पाउने कुरा गर्नुभयो, अनि नगर गाउँ हुदैँ वडा तहको एकता प्रक्रिया कहिले टुगिन्छ ?

जिल्ला कमिटिको पूर्णता कार्यदलले सिफारीस गरेको सदस्य र पदाधिकारीहरुको बीचमा पाटी केन्द्रिय सचिवालय निर्णय गरेको छैन । त्यो निर्णय गरेर नआउनजेल सम्मको लागि हामीले अस्थायी कार्यलय गठन गरेका छौं । यो कार्यलयले स्थानीय तहको पाटी एकताको प्रक्रियालाई बढाएको छ । सिन्धुली र रसुवामा स्थानीय तहको कमीटिहरुको पनि कामको जिम्मेवारी दिने गरी अगाडि बढिसकेको छ । हाम्रो ३ नम्बर प्रदेशमा स्थानीय तहको एकता स्वीकृतपूर्ण र सहभागितामुलक ढंगले अगाडि बढेको छ । कात्तिक मसान्तसम्म सबै १३ वटै भुगोलका जिल्लामा स्थानीय तहको एकता प्रक्रिया सम्पन्न भैसक्छ ।

तपाईले यसो भनीरहँदा भर्खरै प्रदेशमा दिएको जम्मेवारीप्रति वरिष्ठ नेता माधव कुमार नेपालले सार्वजनिक रुपमै असन्तृष्टि राखि सक्नुभयो,माथिल्लो तहमै टुंगो नलागे तल्लो तह कसरी टुंगिएला र ?

पाटी एकता हुदाँखेरी दुईटा पाटी बीचको मिलन एउटा महत्वपूर्ण पाटो, त्यो पूरा गरेका छौ । दोस्रो पाटो भनेको पाटी भित्र अन्तर विरोध थिए त्यो हिजो मावोवादी केन्द्रभित्र नि थियो, नेकपा एमालेभित्र पनि थियो । माधव कुमारले पनि केही कुराहरु बोल्नुभएको छ त्यो बोलेको कारणले गर्दा पाटी एकताको प्रक्रियालाई तलमाथि पर्दैन । अहिले प्रदेश कमिटिको सन्र्दभको विषयमा उहाँले उठाएका विषयमा त्यो निर्णय सात वटै प्रदेशमा बैठक बसी कामको प्रारम्भ भैइसकेको छ । उहाँका गुनासो होलान् तर उहाँको विरोध हैन । त्यसैले यसले कुनै असर गर्दैन । बाँकी केही समस्या छन् भने स्थायी कमिटी बैठक बसेर उहाँले सम्बोधन गर्नुहुनेछ । तर, अहिले जे निर्णय भएको छ त्यसलाई कुनै असर पार्दैन ।

नेकपाको दुई अध्यक्षले तेस्रो तहको नेतालाई साथमा लिएर प्रदेश कमिटि टुंग्याएको आरोप छ ? वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई पाखा लगाएकै हो त ?

उहाँहरुलाई पाखा लगाएको हैन । पाटीको मर्यादाक्रममा माधवकुमार नेपाल ३ नम्बरमा हुनुहुन्छ, झलनाथ ४ नम्बरमा हुन्ुहुन्छ र झलनाथ खनाल बैठकमा हुनुहुन्छ । नारायकाजी श्रेष्ठ र माधव नेपाल विदेशमा जानुभएको थियो । पाटी कहाँबाट अगाडि बढाउने ? भन्ने एउटा प्रेसर थियो । प्रदेश कमिटि टुंग्याउनु पर्छ भन्ने आम प्रेसर थियो ।

हाम्रो दोलखा जिल्लामा पनि १ सय ३६ सदस्यीय जिल्ला कमिटिका सदस्य नेकपा एमालेको मात्रै थिए । माओवादीमा पनि त्यतिकै सँख्यामा थियो । अहिले हामीले १ सय ३५ मात्रै बनाएका छौं । धेरै क्षमतावान व्यक्तिहरु छुट्नु भएको छ । तर, एकैचोटी परिदैन, त्यसकारणले गुनासो आउँछ । त्यो भनेको स्वभाविक प्रक्रिया हो । हामिले व्यक्तिको क्षमता कार्यकुशलताको आधारमा सबैलाई जिम्मा दिएका छौं । जेष्ठता, क्रियाशिलता, निष्ठता र विगतमा काम गरेको अनुभव, अनुशासन हेरेर जिम्मेवारी दिईने हो ।

त्यसो भए माधव नेपालको सार्वजनिक आलोचना, असन्तुष्टि र सचिवालयको असहमतिलाई के भन्ने ?

यो सामान्य रुपमा पार्टिको संगठन भित्र भइरहने प्रक्रिया हो । कम्युनिष्ट पार्टीको इतिहासमा यो धेरे पटक भइरहेको कुरा हो । त्यो पुष्पलालको पालामा पनि भएको थियो मनमोहनको पालमा पनि भएको थियो । अहिले प्रचण्ड र केपी ओलीको पालामा पनि भएको छ । हाम्रो पालामा पनि हुन्छ । त्यसैले यो विषयलाई प्रश्न उत्तरको विषय बनाइरहनु पर्ने छैन । कहिले कोही अल्पमतमा हुन्छ, कोही बहुमतमा हुन्छ । हामी लेनिनवादी सांगठानिक सिद्धान्तमा विश्वास राख्ने मान्छे हौं । बहुमतले गरेको निर्णय मान्नु पर्छ । छलफलमा जनवाद, निर्णय कार्यान्वयनमा केन्द्रीयता लागु हुन्छ । यहि हो कम्युनिष्ट पार्टीको सिद्धान्त, यहि हो माक्र्सवाद, लेनिनवाद । यसलाई बुझेर सबै नेता र नेतृत्व चल्र्नुपर्छ भनेर म आह्वान गर्न चाहन्छु ।

तपाईँ पार्टिको केन्द्रीय सदस्य पनि हो । अहिले नेकपा भित्र जिम्मेवारी बाँडफाँडको विषयलाई लिएर जुन विवाद सुरु भएको छ । यसले पार्टी एकता प्रक्रियालाई असर गर्दैन भनेको ?

पार्टी त एकता भइसक्ययो, विधान बनिसक्यो, राजनितिक प्रतिवेदन एउटा बनिसक्यो, सँयुक्त सचिवालय छ । स्थायी कमिटि छ, केन्द्रीय कमिटि छ । यति ठुलो पार्टी भित्र सबैलाई पद पुग्दैन । हिजो माओवादी केन्द्रमा ४ हजार केन्द्रीय सदस्य थिए । अहिले २ सय सदस्य मात्रै कमिटिमा आवद्ध हुनुहुन्छ । ठुलो पक्ति छुटेको छ । उहाँहरुको पनि गुनासो होला । हाम्रो दोलखा जिल्लामा पनि १ सय ३६ सदस्यीय जिल्ला कमिटिका सदस्य नेकपा एमालेको मात्रै थिए । माओवादीमा पनि त्यतिकै सँख्यामा थियो । अहिले हामीले १ सय ३५ मात्रै बनाएका छौं । धेरै क्षमतावान व्यक्तिहरु छुट्नु भएको छ । तर, एकैचोटी परिदैन, त्यसकारणले गुनासो आउँछ । त्यो भनेको स्वभाविक प्रक्रिया हो । हामिले व्यक्तिको क्षमता कार्यकुशलताको आधारमा सबैलाई जिम्मा दिएका छौं । जेष्ठता, क्रियाशिलता, निष्ठता र विगतमा काम गरेको अनुभव, अनुशासन हेरेर जिम्मेवारी दिईने हो ।

अलिकति प्रशंग बदलौं जस्तो लाग्यो । नेकपा दोलखाको जिल्ला कमिटीले चाँहि कहिले सम्म पूर्णता पाउँला ?

यो पूर्णता दोलखाको मात्रै नभई सिंगो मुलुककै हो । सिंगो मुलुकभरीको एउटै मितिमा पूर्णता पाउँछ र कात्तिक १२, १३ गते बस्ने स्थायी समितिको बैठक पछि सवै टुँगिएला ।

जिल्ला तहबाट सर्वसम्मत रुपमा भिम दाहाललाई अध्यक्ष र कुल बहादुर बुढाथोकीलाई पार्टी सचिव बनाउने सहमति भएर प्रदेश कमिटीमा पेश भयो ? जिल्ला हुँदै गाउँ, नगर र वडा तहका कमिटी एवं जनवर्गिय र भातृ संगठनहरुले कहिलेसम्म पूर्णता पाउँला ?

हो, सर्वसम्मत शिफारिस भएको छ । कात्तिक मसान्तसम्म सबै तहका कमिटीहरु पूर्णता पाउँछन् ।

३० असोज २०७५ । ८ः१० बजे प्रकाशित

VIEWS: 4440 पटक हेरीएको
error: Content is protected !!