कार्यालय प्रमुख घुससहित पक्राउ परेपछि जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय निमित्तको भरमा चल्दै

4 months ago/Friday, August 9th, 2019

विपना थापा मगर ।

दोलखा, २४ साउन ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यलय दोलखाका प्रमुख घुस रकमसहित पक्राउ परेपछि सिंचाई कार्यलय करिव तिन सातादेखि निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेकोे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दोलखाका तत्कालिन प्रमुख प्रकाश अधिकारीलाई घुस रकमसहित पक्राउ गरेपछि कार्यलय हाल निमित्त प्रमुखको भरमा चलिरहेको हो । निमित्त प्रमुखको जिम्मेवारी इन्जिनियर निर्मल दाहाललाई दिईएको छ । तत्कालिन प्रमुख अधिकारी साउन ३ गते नै पक्राउ परेपछि दाहालले ४ गतेदेखि नै स्वतः निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । अख्तियारले प्रमुख अधिकारीलाई साउन ३ गते दोलखाबाट काठमाडौँ जाने क्रममा १३ लाख ३८ हजार घुस रकमसहित पक्राउ गरेको थियो । अधिकारी असार मसान्त सकिएसँगै दोलखाबाट घुस रकम लिएर काठमाडौ जाँदै गर्दा बाटोमै पक्राउ परेका हुन् । उनी हाल अख्तियारको अनुसन्धानकै क्रममा रहेका छन् ।

तत्कालिन प्रमुख अधिकारी साउन ३ गते नै पक्राउ परेपछि दाहालले ४ गतेदेखि नै स्वतः निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । प्रमुख नै घुस रकमसहित पक्राउ परेपछि कार्यालय, प्रमुख विहिन बनेपनि अझै सिञ्चाई कार्यालय दोलखाको प्रमुखमा को आउने भन्ने विषय टुंगिसकेको छैन ।

घटना हुनुभन्दा करिव ८ महिना अघि मात्रै सिंचाई कार्यलयको प्रमुखका रुपमा दोलखा आएका अधिकारी घुस सहित पक्राउ परेपछि जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय प्रमुख विहिन बनेको हो । प्रमुख नै घुस रकमसहित पक्राउ परेपछि कार्यालय, प्रमुख विहिन बनेपनि अझै सिञ्चाई कार्यालय दोलखाको प्रमुखमा को आउने भन्ने विषय टुंगिसकेको छैन । न, पक्राउ परेका प्रमुख अधिकारीविरुद्ध कस्तो कारवाही हुने भन्ने कुरा नै टुंगिएको छ । पक्राउ परेको करिव तिन साता हुन लागेपनि अधिकारी अझै अख्तियारको छानविनमै रहेका छन् ।
प्रमुख नै मोटो घुस रकम सहित पक्राउ परेपछि कार्यालय प्रमुख विहिन हुँदा काम कारवाही समेत प्रभावित हुने गरेको छ । यद्धपी जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय दोलखाका निमित्त प्रमुख दाहालले भने प्रमुख नभएपनि कार्यालयको काम कारवाहीमा भने कुनै प्रभाव नपरेको दावि गर्नुभयो ।

घुस सहित कार्मचारीहरु पक्राउ पर्ने क्रम बढ्दै

दोलखामा यसअघि केही कार्यालयका साना कर्मचारीहरु सनोतिनो घुस रकमसहित पक्राउ परेको छिटपुट घटना भएपनि कार्यालय प्रमुख नै लाखौँ घुस सहित पक्राउ परेको घटना भने सम्भवत पहिलो घटना हो । तर, पछिल्लो समय घुस रकमसहित कार्मचारीहरु पक्राउ पर्ने क्रम थपिन थालेको छ । जलस्रोत तथा सिञ्चाई विकास कार्यालय दोलखाका प्रमुख प्रकाश अधिकारी पक्राउ परेको करिव ४ दिन पछि घरेलु तथा साना उद्योग कार्यालय दोलखाका एक कर्मचारी सेवाग्राहीबाट घुस लिँदा लिँदै रंगेहात पक्राउ परेका थिए । घरेलु कार्यालयमा प्राविधिक शिक्षक पदमा कार्यरत पुस्कर अधिकारी साउन ७ गते ४ हजार घुस सहित पक्राउ परेका हुन् । उनलाई पनि के कारवाही हुने भन्ने टुंगो लागिसकेको छैन । घुस रकम सहित पक्राउ परेका दुवै अधिकारीकोे विषयमा अख्तियारले छानविन गरिरहेको छ ।

२४ साउन, २०७६ । ५ः ३० बजे प्रकाशित ।

VIEWS: 3155 पटक हेरीएको
error: Content is protected !!