कालिनाग साकोसको ११ औँ वार्षिक साधारणसभामा हाम्रो रेडियो सम्मानित

1 month ago/Tuesday, October 15th, 2019

दोलखा, २८ असोज ।

दोलखाको कालिञ्चोक गाउँपालिका ८ सुनखानीस्थित कालिनाग बचत तथा ऋण सहकारी संस्था लिममिटेडको ११ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कमल कार्कीको अध्यक्षतामा सम्पन्न सभाको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले उद्धघाटन गर्नुभयो । सभामा संस्थाका सचिव डम्बरबहादुर आचर्यले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कल्पना त्रिपाठीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २७ लाख ६८ हजार २ सय शेयर पुजी रहेको कालिनाग सहकारीले ६ लाख ३२ हजार ४ सय ५७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले ३ करोड ९९ लाख ५८ हजार ९ सय २६ रुपैयाँ ऋण असुल गर्न बाँकी छ । संस्थामा ७ सय ३५ महिला, ७ सय २२ पुरुष, ४ जना संस्थागत र ४ सय ५९ बालसदस्य रहेका छन् ।

हाम्रो रेडियोलाई सम्मान

कालिनाग बचत तथा ऋण सहकारी संस्थाले सहकारी अभियानमा महत्वपुर्ण भूमीका निर्वाह गरेको भन्दै हाम्रो रेडियोलाई सम्मान गरेको छ । संस्थाले कार्यक्रम र समाचारको माध्यमबाट सहकारी अभियानमा महत्वपुर्ण भूमीका निर्वाह गरेको भन्दै साधारणसभाको अवसर पारेर हाम्रो रेडियोलाई सम्मानपत्रसहित सम्मान गरेको हो । साधारणसभाको अवसरमा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि विनकुमार थामीले हाम्रो रेडियोलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो ।

संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट ज्येष्ठ सदस्यलाई पनि सम्मान गरेको छ ।

२८ असोज, २०७६ । ७ः ०० बजे प्रकाशित ।

VIEWS: 1260 पटक हेरीएको
error: Content is protected !!