किसानको झुपडीवाट चम्किएको तारा, पापी कोरोनाले निभाईदियो

1 month ago/Thursday, May 13th, 2021

“नमस्ते ! अलि जटिल पो भयो ज्वरो १०२, अक्सिजनको लेबल ९२ भन्दा बढेन, प्रेसर त झन ८०/५० मा झर्‍यो, शरीरको दुखाइ बढ्यो, शरीर यति शिथिल छ कि सामान्य गतिविधि गर्न पनि नसकिने कान बन्द होला जस्तो आखामा पनि समस्या हेरौं डाक्टरहरू लागि रहनु भएको छ सुधार होला ! ”

” उस्तै छ” “कमजोरी धेरै ! प्रेसर १००/७०, ज्वोरो नियन्त्रणमा छ । अक्सिजनको मात्रा ९२/९४ , खान मन नलाग्ने, आखा दुख्ने र कानमा पनि समस्या छ । तर सुधार होला”

अस्पतालमा भर्ना भएपछि म्यासेन्जरबाट प्राप्त सूचना म सङ्ग यी थिए। पहिलो दिनको भन्दा पछिल्लो सूचना सुधार उन्मुख र आशा लाग्दो देखिन्थ्यो। मेरो छिमेकी बाल दौँतरी, बालसखासङ्ग धुस्रो फुश्रो भएर बाटोमा खेलेको ५७/५८ बर्ष बितेको यादै भएन छ । सायद २०२६ साल तिरको कुरो हो एकदिन उस्लाई खेल्ने ठाउमा भेटिएन । म एक्लो भए । उस्ले पनि भनेन मैले पनि सोधिन धेरै दिन बिते बिहान बेलुका मात्र भेटिन्छ । एक दिन एकजना मेरा दाइले झुक्याएर स्कुलमा लगे, उ त त्यही पो रहेछ । अब देखि सधैभरी हाम्रो खेल्ने र पढ्ने ठाउ त्यही भयो । ५ बर्ष सम्म अर्थात् २०३० सालसम्म हामीले ५ कक्षासम्म त्यही अध्ययन गर्यौं ।  कक्षामा हामी प्रतिस्पर्धी थियौ । म छुचो र कडा स्वभावको थिए तर उ सरल ,मिजासिलो र मिलनसार थियो ।

५ कक्षा पास गरेर म नाम्दुको हाई स्कुलमा भर्ना भए । तर उ गएन । १०/१५ दिन पछी भेट भयो र सोधे पढ्न नजाने भनेको उ त गाउँको कृषि फर्ममा गोरुको गोठालोमा भर्ना भैसके छ । मैले कर गरे उस्ले मानेन । पछि गहभरी आशु निकालेर भन्यो तिमी पढ् तर मसङ्ग …….. । म एक्लो भए । म सङ्ग पनि पैसा थिएन तर मेरो दाइ सामान्य जागीरे हुनु हुन्थ्यो र मेरो पढाई खर्च दिनु हुन्थ्यो । ९/१० महिना पछी कति पैसा कमायौ र अब के गर्छौ ? भनेको सिक्किम जान रु १५० लाग्छ रे खै पुगेन ईन्डिया जाने सपना पूरा भएन । उस्को यो कथा हिजो अस्तिसम्म पनि बिगतलाई सम्झिएर खै १५० अहिलेसम्म पनि जुटाउन नसकेर ईन्डियाको धोखो पुगेन भन्थ्यो । अब यो सधैंका लागि अधुरै रह्यो ।

म छुचो र कडा स्वभावको थिए तर उ सरल ,मिजासिलो र मिलनसार थियो । ५ कक्षा पास गरेर म नाम्दुको हाई स्कुलमा भर्ना भए । तर उ गएन । १०/१५ दिन पछी भेट भयो र सोधे पढ्न नजाने भनेको उ त गाउँको कृषि फर्ममा गोरुको गोठालोमा भर्ना भैसके छ । मैले कर गरे उस्ले मानेन । पछि गहभरी आशु निकालेर भन्यो तिमी पढ् तर मसङ्ग …….. । म एक्लो भए । ८ मा पढ्दा उनले एउटा रातो टेलरिङको सट लगाउथे त्यो धेरै बलियो र चमक्दार थियो । मैले लगाएको चाहि खदरको पुरानो थियो । पछि बुझे अमेरिकनको भारी सोलुसम्म पुर्याएर जोडेको सम्पत्ति रहेछ ।

२०३१ सालमा काब्रेमा निमाबि खुल्यो मेरो सखा ६ कक्षामा भर्ना भयो । ७ कक्षा पास गरेर मैले पढ्ने स्कुलमा नै भर्ना भयो । मलाई सबैभन्दा खुशी लाग्यो । मन मिल्ने साथी म सङ्गै भयो । २/३ घन्टा हिंड्न पर्थ्यो खुट्टामा चप्पल हुन्नथ्यो, भोक लाग्थ्यो गोजिमा पैसा थिएन । ८ मा पढ्दा उनले एउटा रातो टेलरिङको सट लगाउथे त्यो धेरै बलियो र चमक्दार थियो । मैले लगाएको चाहि खदरको पुरानो थियो । पछि बुझे अमेरिकनको भारी सोलुसम्म पुर्याएर जोडेको सम्पत्ति रहेछ । ०३५/०३६ मा पन्चायती शासनको विरुद्धमा रास्ट्रब्यापी आन्दोलन भयो । नाम्दुको आन्दोलनको नेतृत्व हामीले नै गरिउ। म १० मा उनि ९ मा पढ्दै थियौ । ०३६ तिर स्ववियुको निर्बाचन भयो । म आफू उठेपछि १० का अरु उठने देखेपछि म उठिन र उनलाई सभापतिको उम्मेदवार बनाएर चुनाब जिताइयो । यहिबाट उनको सस्थागत राजनीतिको सुरुवात थियो ।

०३६ मै अनेरास्ववियु एकताको पाँचौ सङगठन को रोहित केसिको अध्यक्षतामा दोलखा जिल्ला कमिटि बन्यो र उनी त्यो कमिटीको उपाध्यक्ष भए । म टेस्ट पास गरेर शिक्षक भए ऊनी खुला विद्यार्थी नेता । उनी र म विच यहि फरक थियो । ०३६ को जनमत सङ्ग्रहमा तत्कालीन नेकपा मालेले बहिस्कारको निति लिए पछि हामी त्यसको विपक्षमा उभियौं । पार्टीले बहिष्कार कै नीति लिएको भए हामी विकल्पको खोजिमा लागिसकेका थियौ । भुमिगत कालमा हामीले सङसङै पार्टीमा काम गरिउ । पन्चायतको कठोर बेलामा आफना क्षेत्रमा पार्टी संगठन निर्माण गरि अन्याय अत्याचारको बिरोधमा जन्तालाई उतार्नु चुनौतीपूर्ण थियो । हाम्रो कामको मुल्यांकन गरेर होला उनी म र अन्य ४ जनाले ०३९ सालमै पार्टीको सङगठित सद्स्यता प्राप्त गरेका थियौ । शिक्षण पेशालाई थाती राखेर उनी आइएड पढ्न सानोठिमी क्याम्पस गए । उनि क्याम्पसको सभापति मात्रै भएनन् अनेरास्ववियूको केन्द्रीय सदस्य समेत भए । हो यहि बेला उनले आफ्नो राजनीतिक उचाई उठाए ।

०४५ सालमा नेकपा माले जिल्ला कमिटीको प्रथम जिल्ला अधिवेशन भयो । सायद हामी ११ जना सङगठित सदस्य मध्ये ७ जना उपस्थिति थियौ । सोही बेला ५ सदस्यीय कमिटीको निर्वाचनमा म पनि उम्मेदवार थिए । उनी र म एकै क्षेत्रका कारण मैले उम्मेदवारी फिर्ता लिएका कारण हाम्रो क्षेत्रबाट उनी निर्वाचित भए । स्मरण रहोस् फिर्ता लिदा पनि मलाइ १ भोट खसेको थियो । ०४५ सालमै काब्रेमा जिल्ला प्रशासनले मेजर अप्रेसन गरेको थियो । कारण त्यतिबेला काब्रेमा पार्टी जिल्ला कमिटीको अफिस थियो । हामी दुबै हनुमन्तेश्वरमा पढाइरहेका थियौ । ३०/४० जना प्रहरीले हमिलाई स्कुल मै घेराउ गर्यो । म सुरक्षित भए उनी पक्राउ । बिधुतिय करेन्ट लगाएर उनलाई ठुलो दण्ड सजाय सहित ५/६ महिनाको कारागार सजाय दिइयो ।

०४५ सालमै काब्रेमा जिल्ला प्रशासनले मेजर अप्रेसन गरेको थियो । कारण त्यतिबेला काब्रेमा पार्टी जिल्ला कमिटीको अफिस थियो । हामी दुबै हनुमन्तेश्वरमा पढाइरहेका थियौ । ३०/४० जना प्रहरीले हमिलाई स्कुल मै घेराउ गर्यो । म सुरक्षित भए उनी पक्राउ । बिधुतिय करेन्ट लगाएर उनलाई ठुलो दण्ड सजाय सहित ५/६ महिनाको कारागार सजाय दिइयो । गरिब किसान परिवारमा जन्मिएको, समस्यै समस्याले घेरिएको मेरो पुरानो बालसखा स्वार्थ, दाउपेच र खिचातानिमा अल्झिरहेको बर्तमान राजनितिक अवस्थामा अस्पतालको शैयामा आफ्नो जीवन मरणको लडाइँ लडिरहेको थियो । जिवनका कठोर र चुनौतीपूर्ण अवस्थामा कहाली लाग्दा राजनितीक लडाइँ जित्यो तर पापि कोरोनालाई परास्त गर्न सकेन ।

०४६ मा पार्टीले पुरै काम गर्ने जिम्मेवारी दिनेगरी उनलाई जागीर छोडन सल्लाह दियो । आर्थिक कठिनाईका बाब्जुद पनि उनी पार्टी कामलाइ प्राथमिकता दिदै अगाडी बढे । उनले अप्ठेरो बेलामा पार्टीको सचिव जस्तो महत्वोपुर्ण पदमा रहि सफलता पुर्बक सङ्गठन संचालन गरे । उनको नेतृत्वकालमा संसदीय निर्वाचनमा पार्टीले ठुल ठुला उपलब्धि हासिल गरेको थियो । २०५४ सालमा पार्टी बिभाजन भएपछि टुटफुट र बिभाजित युवा संघ नेपालको जिम्मेवारी पार्टीले दिएपछि उनले अत्यन्तै क्रियाशिल र कठोर मेहनत गरेर एउटा सशक्त संगठनको निर्माण गरेपछि उनी युवाहरू विच पपुलर र चर्चित बने । यहि प्रभावका कारण नेकपा एमालेको केन्द्रिय सद्स्य मात्र भएनन् पार्टीको पोलिट्व्यूरो सद्स्य जस्तो उच्च तहको जिम्मेवारी समेत प्राप्त गरे ।

पार्टीको उच्च जिम्मेवारी साथै संसदीय क्षेत्रमा पनि उनलाई २०५६ मा क्षेत्र न १ को सांसद, २०७० मा समानुपातिक सांसद र २०७४ मा बागमतिप्रदेश दोलखा ख को सांसदको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त भएको थियो । उनले समज बिकाशमा गरेका दर्जनौं कार्यहरु छन। शिक्षा क्षेत्रमा गरेका महत्त्वपूर्ण र सहकारीको प्रबर्द्धन र बिकासमा गरेका उल्लेखनीय कार्यहरू छ्न । गरिब किसान परिवारमा जन्मिएको, समस्यै समस्याले घेरिएको मेरो पुरानो बालसखा स्वार्थ, दाउपेच र खिचातानिमा अल्झिरहेको बर्तमान राजनितिक अवस्थामा अस्पतालको शैयामा आफ्नो जीवन मरणको लडाइँ लडिरहेको थियो । जिवनका कठोर र चुनौतीपूर्ण अवस्थामा कहाली लाग्दा राजनितीक लडाइँ जित्यो तर पापि कोरोनालाई परास्त गर्न सकेन ।

निष्ठा र आदर्शको राजनीति गर्ने ब्यक्ती, शालीन, धैर्यशिल, ईमानदारिता, स्वाभिमानी जस्ता मुल्यहरुको बिम्ब कुशल राजनीतिज्ञ, दोलखाको चम्किलो तारा, आशा र भरोसाको केन्द्र, हिजोको मेरो बाल्यकालको आत्मीय साथी, आजको मेरो प्रिय नेता मेरो अभिभावक, जीवनभर साथ छोडन नसकेको आदरणीय दाइ पशुपति चौलागाईं हामी सबैलाई टुहुरा बनाएर कहिल्यै नफर्किने गरि जानूभयो । यस दु:खद घडीमा तपाईं प्रती हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । परिवार जनमा गहिरो समवेदना व्यक्त गर्दछ। तपाईंले देखेका स्वर्ण सपनाहरू पूरा गर्न, अधुरो र अपुरो कामहरु पुरागर्न लागि रहने प्रण पनि गर्दछु ।

लेखक नेकपा एमाले (नेपाल–खनाल) समूह दोलखाका अध्यक्ष हुन् ।

३० बैशाख २०७८ । ९ः५५ बजे प्रकाशित

 

VIEWS: 12090 पटक हेरीएको
error: Content is protected !!