कुटपिट र तोडफोड गर्ने उपर कारवाही गर्न मेलुङ गाउँपालिकाका अध्यक्षको माग

2 weeks ago/Sunday, September 6th, 2020

जिरी (दोलखा), २१ भदौ ।

दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले खानेपानी योजनाको विषयलाई लिएर स्थानीय युवाहरुले आफूमाथि कुटपिट गर्नुका साथै कार्यालय समेत तोडफोड गरेको भन्दै कारवाहीको माग गरेका छन् ।

गाउँपालिकाको तर्फबाट आज विज्ञप्ती जारी गर्दै अध्यक्ष श्रेष्ठले भदौ १८ गते मेलुङ गाउँपालिका वडा नम्बर ४ भेड्पुमा स्थानीय प्रविण थोकर लगायको अगुवाईमा आएका ५ जना स्थानीय युवकहरुले कार्यकक्षमै आएर आफूलाई घोक्र्याइ मुन्ट्याइ गरी मुक्का प्रहार तथा कुटपिट गरेको भन्दै कारबाहीको माग गरेका हुन् । साथै भेड्पुका स्थानीय प्रविण थोकर, कृपाश्वर गोले, सपन गोले, सुदिप गोले र मधुकर गोले लगायतकोे टोलीले सुरक्षाकर्मीले रोक्दा रोक्दै पनि सुरक्षाकर्मीलाई समेत हातपात गरी गाउँपालिका अध्यक्षको कार्यकक्ष घेराउ गर्दै कार्यालयको ढोका फोड्ने, टेबुल कुर्सिहरु तोडफोड गरी टेबलको सिसा फुटाउने लगायका कामहरु गरेको विज्ञप्तीमा उल्लेख छ । अध्यक्ष श्रेष्ठले आफूमाथि दुव्र्यवहार गर्ने ५ जना विरुद्ध कारवाहीको माग गर्दै जाहेरी समेत दर्ता गरेको जानकारी दिएका छन् । कुटपिटको आरोप लागेका ५ जना भने १८ गते बेलुकीनै पक्राउ परेका छन् । अध्यक्ष श्रेष्ठले विज्ञप्तीमार्फत घटना भएको भोलीपल्ट अर्थात भदौ १९ गते जिल्ला प्रहरी कार्यालय दोलखामा मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २६ को दफा २८५ अनुसार कारवाहीको माग गरि जाहेरी दिएको बताएका हुन् । नेपाली कांग्रेस मेलुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पक्राउ परेकाहरुलाई रिहाईको माग गर्दै आइरहेको बेला गाउँपालिका अध्यक्षले भने कारवाहीको माग गरेका हुन् ।

गाउँपालिकाको तर्फबाट आज विज्ञप्ती जारी गर्दै अध्यक्ष श्रेष्ठले भदौ १८ गते मेलुङ गाउँपालिका वडा नम्बर ४ भेड्पुमा स्थानीय प्रविण थोकर लगायको अगुवाईमा आएका ५ जना स्थानीय युवकहरुले कार्यकक्षमै आएर आफूलाई घोक्र्याइ मुन्ट्याइ गरी मुक्का प्रहार तथा कुटपिट गरेको भन्दै कारबाहीको माग गरेका हुन् । अध्यक्ष श्रेष्ठले विज्ञप्तीमार्फत घटना भएको भोलीपल्ट अर्थात भदौ १९ गते जिल्ला प्रहरी कार्यालय दोलखामा मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २६ को दफा २८५ अनुसार कारवाहीको माग गरि जाहेरी दिएको बताएका हुन् । नेपाली कांग्रेस मेलुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पक्राउ परेकाहरुलाई रिहाईको माग गर्दै आइरहेको बेला गाउँपालिका अध्यक्षले भने कारवाहीको माग गरेका हुन् ।

दोलखा प्रहरीको हिरासतमा रहेका प्रविण थोकर राप्रपाका केन्द्रिय सदस्य समेत रहेका छन् । साथै, सो टोलीले गाउँपालिकाको अरले खानेपानी योजनाको विषयलाई लिएर गाउँपालिकाको प्रशासनिक भवन लगायतका कार्यालयहरुमा तालाबन्दी समेत गरेका थिए । उनीहरुले लगाएको ताला भने सोही दिन बेलुकी जिल्लाबाट खटिएको प्रहरी टोलीले खोलिदिएको थियो । आफ्नो वडाका नागरिकलाई खानेपानीबाट बञ्चित गराएको र बारम्बार ध्यानकर्षण गराउँदा पनि खानेपानी योजना नपरेको भन्दै स्थानीयले कार्यालयमै तालाबन्दी गरेर धर्ना बसेका थिए । चालु आर्थिक वर्ष २०७७/७८ मा अरले खानेपानी आयोजनाको लागि संघीय सरकार मार्फत ९० लाख बजेट परेको थियो ।

वडा नम्बर ४ भेड्पुमा सञ्चालन हुनेगरी संघीय सरकारको तर्फबाट विशेष अनुदान अन्तर्गत अरले खानेपानी योजनामा विश्वकर्मा टोल, लामाटार, आँगेटार, विर्ताटोल र भेड्पुमा चालु आर्थिक वर्षमा खानेपानी योजना सञ्चालन हुने गरि ९० लाख बजेट विनियोजन भएकोमा सोही टोल बस्तिहरूमा योजना सञ्चालनको लागि घरधुरी सर्वेक्षणको काम भैरहेको गाउँपालिकाले जनाएको छ । सो विषयमा केही स्थानीयहरूको तर्फबाट कार्यालयमा गुनासो आएपछि गाउँपालिकाले सम्बन्धित वडाका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरू र स्थानीयहरूलाई सर्वपक्षिय र सर्वदलिय रूपमा छलफल गरी वडासमिति र कार्यपालिकाको बैठकबाट कानुनसम्मत रुपमा उक्त योजना सञ्चालन गर्ने तयारी पनि गरिरहेको जारी विज्ञप्तीमा भनिएको छ ।

यसैबीच, गाउँपालिका राष्ट्रिय महासंघ र दोलखाका स्थानीयतहहरुले पनि प्रेस विज्ञप्ती जारी गरी कारवाहीको माग गरेका छन् । स्थानीय तहहरुले आज संयुक्त विज्ञप्ती जारी गरी सो घटनाले सम्पूर्ण स्थानीय सरकारका जनप्रतिनिधिहरुको ध्यानाकर्षण भएको भन्दै कानुन विपरित कार्य गर्ने व्यक्तिहरुलाई कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेका हुन् ।  पछिल्लो समय मेलुङ गाउँपालिकामा स्थानीय सरकारले गरेको काम कारवाहीको विषयलाई लिएर विवाद हुँदै आएको छ ।

२१ भदौ, २०७७ । २ः१५ बजे प्रकाशित ।

VIEWS: 2360 पटक हेरीएको
error: Content is protected !!