कोरोनाका कारण दोलखाका तीन जनाको मृत्यु, संक्रमण चाँहि जिल्ला बाहिर

1 week ago/Wednesday, September 9th, 2020

जिरी (दोलखा), २४ भदौ ।

जिल्लाबाहिर कोरोना पुष्टि भएर हालसम्म दोलखाका ३ जनाको मृत्यु भएपनि जिल्लाभित्र कोरोना संक्रमण भएकै कारण अहिले सम्म कसैको मृत्यु भएको छैन ।

कोरोना भाइरसको महामारी सुरु भएको ८ महिना हुँदा जिल्लाबाट संकलन गरी पठाइएको स्वावको नमुनामध्ये हालसम्म ३७ जनामा कोरोना पुष्टि भएपनि जिल्ला बाहिर स्वाव संकलन भएको ३ जनाको मृत्यु भएको हो । कोरोना फैलिएको यो अवधिमा जिल्लामा भने कोरोना संक्रमणकै कारण कसैको पनि मृत्यु भएको छैन । दोलखा घर भई हालसम्म जिल्लाबाहिर दुई जना वृद्ध र एक युवतीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पहिलो पटक गत जेठमा जिल्लाका एक ७६ वर्षीय वृद्धको मृत्यु भएको हो भने पछिल्लो पटक भदौ ५ गते ३० वर्षीय एक महिला र २१ गते अर्थात आइतबार एक वृद्धको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो । आइतबार कोरोनाका कारण जिल्ला बाहिर गौरीशंकर गाउँपालिकाका ६९ वर्षीय वृद्धको मृत्यु भएको पुष्टि भएको हो । कलेजो तथा मिर्गाेला रोगको समेत बिरामी रहेका ती वृद्धलाई उपचारका लागि भदौ १९ गते काठमाण्डौंस्थित बीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएपछि सोही दिन स्वाव संकलन गरी परिक्षण गर्दा २१ गते कोरोना पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ती वृद्धको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि पुष्टि गर्नुभएको थियो । जिल्ला बाहिर मृत्यु भएका उनको जिल्लामा भने सबै विवरण नआएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

कोरोना भाइरसको महामारी सुरु भएको ८ महिना हुँदा जिल्लाबाट संकलन गरी पठाइएको स्वावको नमुनामध्ये हालसम्म ३७ जनामा कोरोना पुष्टि भएपनि जिल्ला बाहिर स्वाव संकलन भएको ३ जनाको मृत्यु भएको छ ।  कोरोनाका कारण मृत्यु भएका जिल्लाका तीनै जनाको जिल्लाबाट स्वाव संकलन गरी परिक्षणका लागि बाहिर पठाएको नभई उनीहरुको जिल्ला बाहिरनै स्वाव संकलनपछि परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो ।

यस्तै, भदौ ५ गते दोलखा स्थायी घर भएपनि एक युवतीको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको थियो । पाठेघरको ट्युमरको समेत विरामी रहेका उनमा जिल्ला बाहिरनै स्वाव संकलन गरी परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो । भदौ २ गते पाटन अस्पतालमा भर्ना भएकी ती महिलाको भदौ ५ गते उपचारकै क्रममा मृत्यु भएको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिनुभयो ।
यसअघि, दोलखा जिल्लाकै पहिलो कोरोना संक्रमित व्यक्ति भिमेश्वर नगरपालिका २ तिखातलका ७६ वर्षीय वृद्धकोे जेठ २१ गते त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो । उनी नेपालमा कोरोनाका कारण मृत्यु हुने नबौं व्यक्ति थिए । मृतक वृद्ध जेठ १३ गते काठमाण्डौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । हेमोरेजिक स्ट्रोक भएको उनलाई अप्रेसन गरिएको थियो । त्यसपछि जेठ १५ गते स्वावको परिक्षण गरिएकोमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि ती वृद्धलाई त्रिवी शिक्षण अस्पताल रिफर गरेर आइसीयुमा राखी उपचार गराइरहेकोमा अन्ततः कोरोनालाई जित्न नसकेर मृत्यु भएको थियो ।

जिल्ला बाहिर कोरोनाका कारण मृत्यु भएका उनीहरु कोरोना संक्रमण बाहेक अन्य रोगबाट समेत ग्रसित रहेको पाइएको छ । अहिलेसम्म जिल्लाभित्र र बाहिर गरी दोलखाका १ हजार ९ सय ६९ जनाको पिसिआर परिक्षण भएकोमा ९० जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ३ जनाको मृत्यु भएको हो । जिल्लाबाट परिक्षणका लागि संकलन गरी पठाइएको स्वावको नमुनामध्ये हालसम्म ३७ जनामा कोरोना पुष्टि भएको छ भने ती मध्ये २३ जना स्वास्थ्य लाभ लिएर घर फर्किसकेका छन् ।

अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका जिल्लाका तीनै जनाको जिल्लाबाट स्वाव संकलन गरी परिक्षणका लागि बाहिर पठाएको नभई उनीहरुको जिल्ला बाहिरनै स्वाव संकलनपछि परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । दोलखाबाट संक्रमितको सम्पर्कमा रहेका, ट्राभल हिस्ट्रीको आधारमा, विदेशबाट आएका र कोरोना लागेको आशंका भएको व्यक्तिहरुको स्वाव संकलन गरी परिक्षणको लागि काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा पठाउने गरिएको छ । जिल्ला बाहिर कोरोनाका कारण मृत्यु भएका उनीहरु कोरोना संक्रमण बाहेक अन्य रोगबाट समेत ग्रसित रहेको पाइएको छ । अहिलेसम्म जिल्लाभित्र र बाहिर गरी दोलखाका १ हजार ९ सय ६९ जनाको पिसिआर परिक्षण भएकोमा ९० जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ३ जनाको मृत्यु भएको हो । जिल्लाबाट परिक्षणका लागि संकलन गरी पठाइएको स्वावको नमुनामध्ये हालसम्म ३७ जनामा कोरोना पुष्टि भएको छ भने ती मध्ये २३ जना स्वास्थ्य लाभ लिएर घर फर्किसकेका छन् ।

संक्रमितहरु ३ वर्षदेखि १४ वर्ष उमेरसमूहका ६ जना बालबालिका तथा अन्य उमेर समूहका महिला, पुरुष तथा युवाहरु रहेका छन् । अहिले पनि पछिल्लो पटक थपिएका कोरोना संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङको आधारमा जिल्लाबाट स्वाव संकलन गरी पठाउने कार्य भइरहेको छ ।

२४ भदौ, २०७७ । ९ः०० बजे प्रकाशित ।

VIEWS: 4365 पटक हेरीएको
error: Content is protected !!