कोरोनाको त्रासपछि तीन दिनमा सात हजार बढि मानिस दोलखा भित्रिए

2 weeks ago/Saturday, March 21st, 2020

दुर्गा बस्नेत ।

दोलखा, ८ चैत्र ।

कोरोनाको त्रासका कारण काठमाडौंबाट दोलखा फर्कने यात्रुहरुको चाप ह्वात्तै बढेको छ ।

कोरोना भाईरसको त्रास फैलिएसँगै काठमाडौंमा रहेका मानिसहरु धमाधम गाउँ फर्कन थालेका हुन् । जसअनुसार तीन दिनको अवधिमा दोलखामा करिव ७ हजार यात्रुहरु भित्रिएका छन् । चैत ५ गतेदेखि हालसम्मको अवधिमा खरिढुंगा नाका हुँदै ६ हजार ८९ जना र किर्नेटार हुँदै ८ सय ५० जना यात्रुहरु जिल्ला भित्रिएका हुन् । यो संख्याले जिल्ला फर्कने मानिसहरुको चाप यसअघिको तुलनामा बृद्धि भएको देखाएको छ । यसअघि दैनिक निजि र सार्वजनिक यातायातमा गरी जम्मा ६ देखि ७ सय जनासम्म मात्रै यात्रुहरु जिल्ला भित्रने गरेकोमा हिजो एकैदिन ३ हजार १ सय ११ जना यात्रुहरु जिल्ला भित्रिएका छन् । त्यसमध्ये २ हजार ८ सय ९ जना यात्रुहरु खरिढुंगा नाका हुँदै जिल्ला भित्रिएका हुन् भने ३ सय २ जना किर्नेटार हुँदै भित्रिएका हुन् । चैत ६ गते खरिढुंगा र किर्नेटार हुँदै जिल्लामा १ हजार ९ सय ७८ जना यात्रुहरु भित्रिएका थिए भने ५ गते १ हजार ८ सय ५० जना यात्रुहरु दोलखा भित्रिएको ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्यांक छ ।

कोरोना भाईरसको त्रास फैलिएसँगै काठमाडौंमा रहेका मानिसहरु धमाधम गाउँ फर्कन थालेका छन् । चैत ५ गतेदेखि हालसम्मको अवधिमा दोलखाको खरिढुंगा नाका हुँदै ६ हजार ८९ जना र किर्नेटार हुँदै ८ सय ५० जना यात्रुहरु जिल्ला भित्रिएका हुन् । कोरोना भाईरसको त्रासका कारण गाउँ फर्कने यात्रुहरुको चाप दशैँको भन्दा कम छैन ।

कोरोना भाईरसको त्रासका कारण गाउँ फर्कने यात्रुहरुको चाप दशैँको भन्दा कम नरहेको ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख, प्रहरी नायव निरिक्षक (सई) गोकर्ण नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक तथा निजि सवारी साधनमा यात्रुहरुको चाप बढेपछि प्रहरीले सार्वजनिक सवारी साधनमा बढी भिडभाड गरेर चढ्न नदिने, सरसफाई र यात्रुको सुरक्षा सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गरीरहेको छ । ट्राफिक प्रहरीले भीडभाड गरेर सवारी साधनमा चढ्न नदिने बताए पनि ग्रामीण भेगमा जाने अधिकांश सवारी साधनमा मानिसहरुको अत्याधिक भीडभाड हुने गरेको छ ।

कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै देशभरका स्कुल तथा कलेज बन्द भएसँगै काठमाडौंबाट दोलखा फर्कने यात्रुहरुको चाप पनि दिनहुँ बढीरहेको हो । अध्ययनको शिलशिलामा रहेका युवाहरु तथा वालवालिका पढाउन राजधानी पसेका मानिसहरु समेत बालबालिकाको परिक्षा सकिएसँगै कोरोना भाईरसको त्रासका कारण धमाधम गाउँ फर्किन लागेका हुन् । यात्रुहरुको चाप बढेसँगै सवारी साधनहरुले आफुखुसी भाडा असुल्न थालेको यात्रुहरुले गुनासो गरेका छन् ।

८ चैत्र, २०७६ । ६ः ५० बजे प्रकाशित ।

VIEWS: 3770 पटक हेरीएको
error: Content is protected !!