कोरोना जितेकी दोलखाकी सुत्केरी भन्छिन्, ‘साहस, धैर्यता र आत्मबल बलियो पारौं’

1 month ago/Thursday, August 13th, 2020

यतिखेर मुलुकभर कोरोना संक्रमण उच्च दरमा बढीरहेको छ । कोरानाकै कारण मृत्यु हुनेहरुको सँख्या पनि दिनप्रति दिन बढ्दो छ । दोलखा जिल्लामा पनि कोरोना संक्रमितहरु धमाधम फेला पर्न थालेका छन् । कोरोनाको त्राश र जोखिम उच्चरुपमा बढीरहेका बेला दोलखाकी एक सुत्केरी महिला भने कोरोनालाई जितेर यतिखेर घरमा आराम गरिरहेकी छिन् । सुत्केरी जस्तो कमजोर स्वास्थ्य अवस्था भएका बेला कोरोना संक्रमण भएपनि त्यसलाई जितेर घर फर्किने महिला दोलखाको बैतेस्वर गाउँपालिका वडा नम्बर ७ मार्वुकी ३० बर्षिया अस्मिता दाहाल हुन् । पेशाले शिक्षक समेत रहेकी अस्मिता जिल्लाका अस्पतालमा आईसियु नभएका कारण सुत्केरी हुनका लागि काठमाण्डौं मेडिकल कलेज पुुगिन् । जेठ १९ गते उनको सोही अस्पतालमा स्वाब संकलन गरियो र सुत्केरी हुनका लागि जेठ २१ गते मध्यपुर ठिमी अस्पतालमा भर्ना भईन् । सोही दिन उनको शल्यक्रिया भयो र छोरी जन्मिईन् । तर, परिवारमा लक्ष्मीरुपी छोरी जन्मिएको खुशियालीको चौथो दिनमै अस्मितामा कोरोना पोजेटिभ देखिएपछि सवै खुशि क्षणभरमै सकियो । जेठ १६ गते चरिकोट अस्पताल भर्ना भएर १८ गते काठमाण्डौं रिफर गरिएकी अस्मितालाई कहाँवाट कोरोना संक्रमण भयो ? अझै यकिन हुन सकेको छैन । यद्धपि, कोरोना संक्रमणका कारण जेठ २४ गते पुनः अस्पताल भर्ना भएकी अस्मिताले १० दिनमा कोरोनालाई जितेर असार १ गते घर फकिईन् । दाहालले तीन वर्ष अघि दोलखाकै नाम्दुका राजकुमार ढुंगेलसँग विवाह गरेका थिईन् । प्रस्तुत छ, सहकर्मी लक्ष्मी बस्नेतले कोरोनालाई जितेर फर्किएकी अस्मिता दाहाल ढुंगेलसँग गरेको कुराकानी ।

तँपाई कोरोनालाई जितेर घर फर्किनु भएको छ । अहिले तँपाई र बच्चाको स्वास्थ्य अवस्था कस्तो छ ?

अहिले म एकदमै ठिक छु, मेरो स्वास्थ्य अवस्था एकदमै राम्रो छ । मेरो बच्चालाई पनि अहिले केही समस्या देखिएको छैन । बच्चा पनि ठिक छ, मैले स्तनपान गराईरहेको छु । हामी दुवै जना ठिक छौँ ।

भनेपछि, अहिले तँपाई पूर्ण रुपमा निको हुनुभयो ?

हजुर, म पूर्ण रुपमा ठिक भएको छु, मलाई केही पनि गाह्रो भएको छैन ।

अनि, बच्चाको स्वास्थ्य अवस्था नी ?

बच्चा पनि ठिक छ, दुध चुस्ने, खाना खाने र एक स्वस्थ बच्चाले गर्ने, खेल्ने, र हाँस्ने सबै गर्छ । मेरो बच्चा अहिले दुई महिनाको भयो, उ पनि अहिले ठिक छ ।

तँपाईलाई सुत्केरी अवस्थामा कोरोना संक्रमण भयो । नयाँ सन्तान प्राप्तिसँगै खुशियालीको क्षणमा एक्कासी आफु कोरोना संक्रमित भएको खवर सुन्दा कस्तो लाग्यो ?

विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले करोडौँ व्यक्ति संक्रमित भएका छन् । त्यो रोग लाग्यो भनेर फस्ट टाईम सुन्दा त, एकदमै सक् भएको थिए । डर पनि लागेको थियो, सुत्केरी अवस्था यसैपनि कमजोर नै थिए, त्यहीमाथि अप्रेसन गरिएको थियो । डर त लागेको थियो तर, डराएर हुँदैन अब मैले यो सँग लड्नुपर्छ भनेर साहस बटुलेर आत्मबल बढाएँ । र, अन्त्यमा मलाई निको पनि भयो । तर, सुरुमा चाहीँ मलाई कसरी कहाँबाट संक्रमण भयो होला ? भनेर डर त लागेको थियो । पछि निको भयो, खुसी लाग्यो ।

कोरोना संक्रमण भयो भनेर फस्ट टाईम सुन्दा त, एकदमै सक् भएको थिए । डर पनि लागेको थियो, सुत्केरी अवस्था यसैपनि कमजोर नै थिए, त्यहीमाथि अप्रेसन गरिएको थियो । तर, डराएर हुँदैन अब मैले यो सँग लड्नुपर्छ भनेर साहस बटुले, आत्मबल बढाएँ । र, अन्त्यमा मलाई निको पनि भयो ।

कोरोना संक्रमित भएपछिको स्वास्थ्य समस्या, व्यक्तिगत र पारिवारलाई परेको तनावका बारेमा केहि बताईदिनुहुन्छ ?

स्वास्थ्य समस्या भन्दा कोरोनाको लक्षणहरु चाहीँ खासै मलाई देखिएको थिएन । ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने कुनै पनि लक्षण मलाई देखिएको थिएन । मेरो श्रीमान् लगाएत सम्पुर्णलाई तनाव त भयो नै, मलाई पनि धेरै तनाव भया् । बुबा ममीहरुले धेरै पीर गर्नुभयो । त्यो स्वभावैले हुने नै भयो । तर, हामीले डराएर भन्दा पनि यो सँग लड्नुपर्छ भनेर साहस बटुलेर, केही हुँदैन भनेर अघि बढ्यौँ भने निको हुँदो रैछ ।

आफु संक्रमित भएपछि बच्चामा पनि संक्रमण भएको आशँका भयो होला नी, हैन ?

२४ गते कोरोना संक्रमण भएको रिपोर्ट आयो र मलाई चाहीँ पहिला बच्चा पेटमा हुँदा नै संक्रमण भएको रैछ । मेरो बच्चामा पनि भयो की भनेर एकदमै डर लागेको थियो । पछि बच्चामा संक्रमण नभएको रिपोर्ट आएपछि चाहीँ एकदमै खुसी लाग्यो ।

तर, बच्चामा संक्रमण नभएको खवर थाहा पाएपछि चाँहि तँपाई ढुक्क हुनुभयो ?

हजुर, मैंले मेरो बच्चालाई दुध खुवाईरहेको थिएँ । म सँधैभरी बच्चासँगै थिएँ । मेरो श्रीमानसँगै हुनुहुन्थ्यो । उहाँहरुलाई पनि स¥यो की भनेर एकदमै तनाव भएको थियो । मेरो श्रीमान र दिदी, मसँगै हुनुहुन्थ्यो यहाँबाट जाँदादेखि म दोलखाबाटै काठमाडौँ गएको थिएँ । उहाँहरु दुई जना र बच्चालाई कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि एकदमै खुसी लाग्यो उहाँहरुलाई पनि संक्रमण भयो की ? भनेर चिन्ता भएको थियो । तर, कोरोना देखिएन अनि धेरै खुसी लाग्यो ।

धैर्य गर्नुस्, साहस बटुल्नुस्, आफ्नो आत्मबल बलियो बनाउनुस् । सकेसम्म आफुलाई खुसी राख्ने प्रयास गर्नुस् भन्न चाहन्छु । म ठिक हुन्छु भन्ने आत्मविश्वास बढाउनुस्, पक्कै पनि निको हुनुहुन्छ । संक्रमित मात्रै नभई सबै सुरक्षित रहौँ, डव्लुएचओ लगाएत सरकारको निर्देशन पालना गरौँ । सकेसम्म घरबाहिर ननिस्कौँ । सुरक्षा सतर्कता अपनाऔँ ।

कति दिन र समयपछि तँपाईले कोरोना भाईरसको संक्रमणलाई जितेर घर फर्किनु भयो ?

मलाई २४ गते कोरोना संक्रमण पुष्टी भएको थियो । म त्यतिबेला भर्खरै मात्रै अस्पतालबाट डिस्चार्ज भएर कोटेश्वरस्थित माईतीघर पुगेको थिए । एक्कासी कोरोना संक्रमण भएको रिपोर्ट आयो । तर, त्यो रात त्यहीँ छुट्टै कोठामा बसेँ र भोलिपल्ट अस्पताल गएँँ । म सशस्त्र प्रहरी अस्पताल बलम्वुमा उपचारपछि असार १ गते घर फर्किएको थिएँ ।

मुलुकमा फेरि कोरोना संक्रमणको दर उच्चरुपमा बढिरहेको छ । मृत्यु हुनेको सँख्या पनि बढ्दो छ । कोरोनाबाट बच्न र संक्रमण भई हाले त्यसवाट मुक्त हुनका लागि के सुझाव दिनुहुन्छ ?

सर्वप्रथम त म अहिले कोरोना संक्रमित जो–जो आईसोलेशनमा हुनुहुन्छ, उहाँहरुलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै धैर्य गर्नुस्, साहस बटुल्नुस्, आफ्नो आत्मबल बलियो बनाउनुस् । सकेसम्म आफुलाई खुसी राख्ने प्रयास गर्नुस् भन्न चाहन्छु । मेरो पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउँछ, म ठिक हुन्छु भन्ने आत्मविश्वास बढाउनुस्, पक्कै पनि निको हुनुहुन्छ । सबै सुरक्षित रहौँ, डव्लुएचओ लगाएत सरकारको निर्देशन पालना गरौँ । सकेसम्म घरबाहिर ननिस्कौँ । निस्कनै परे मास्क, सेनिटाईजर प्रयोग गरेर सुरक्षा सतर्कता अपनाउन नभुलौँ । भिडभाडमा नजाउँ, सचेत रहेर कोरोना विरुद्ध लागौँ र कोरोनालाई जितौँ भन्ने सन्देश दिन चाहन्छु ।

तँपाई स्वयँले चाँही अहिले आफु, बच्चा र परिवारमा फेरि कोरोना संक्रमण नहोस् भन्नका लागि कसरी सतर्कता अपनाई रहनुभएको छ ?

म एउटा सुत्केरी महिला मेरो सानो बच्चा छ, त्यसैले म, मेरो बच्चालाई स्तनपान गराउनु अगाडी राम्रोसँग साबुनपानीले हात धुन्छु, स्तनपान गराउने बेलामा मास्क र ग्लोव्सहरु प्रयोग गर्छु । सेनिटाईजर प्रयोग गर्छु, म बाहिर निस्केको छैन । आफ्नो घरमै बस्छु । भिडभाडमा जाँदिन । यसरी नै कोरोनासँग बच्न सकिन्छ भन्ने लाग्छ ।

२९ साउन, २०७७ । ३ः १० बजे प्रकाशित ।

VIEWS: 9150 पटक हेरीएको
error: Content is protected !!