कोरोना महामारी र निषेधाज्ञाकै बेला दोलखाको हिमाली क्षेत्रमा यार्सागुम्वा खोज्नेको लर्को

2 weeks ago/Wednesday, June 9th, 2021

सिर्जना थापा (खड्का) ।

दोलखा, २६ जेठ ।

कोरोना महामारी र निषेधाज्ञाका कारण मानिसहरु घरभित्रै बस्न बाध्य भईरहेका बेला दोलखाको उत्तरी हिमाली क्षेत्रमा यार्सागुम्वा संकलन गर्न ठूलो संख्यामा मानिसहरु भेला भएका छन् ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) भित्र पर्ने लामावगर र गौरीशंकरको उच्च हिमाली क्षेत्रमा यार्सा संकलनकालागि सैंयौको सँख्यामा मानिसहरु केन्द्रित भएका हुन् । गौरीशंकरको दालदुङ, लामाबगरको लप्चि लगायतका उत्तरी क्षेत्रको माथिल्लो हिमाली भेगमा एक महिना देखि यार्सागुम्बा संकलन भैरहेको हो । यार्सागुम्बा संकलनका लागि जिल्लाको उत्तरी क्षेत्रबाट ठूलो संख्यामा मानिसहरु गएका छन् । गाउँघरमा कोरोनाको महामारी फैलिएको र जिल्लामा निषेधाज्ञा समेत भएका कारण उत्तरी क्षेत्रका धेरै मानिसहरु यार्सा खोज्नकालागि हिमाली क्षेत्रमा पुगेको स्थानीयले बताएका छन् । छिमेकी जिल्ला सिन्धुपाल्चोक र रामेछापका बासिन्दा पनि यार्सागुम्बा संकलनका लागि रामेछापको गुम्देल तथा सिन्धुपाल्चोकको फुल्पिङकट्टिको माथिल्लो क्षेत्रको अलावा दोलखाको हिमाली क्षेत्रसम्म आईपुगेका छन् ।

यार्सा संकलनका लागि डोल्पा र ताप्लेजुङका मानिसहरु समेत आएको स्थानीय शिक्षक प्रदिप सुनुवारले जानकारी दिनुभयो । तर, गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्राकृतिक स्रोत संरक्षण सहायक शंकरमान थामीले भने यार्सा संकलनका लागि जिल्ला वाहिरको भन्दा जिल्लाभित्रकै मानिसहरु बढी हिमाली क्षेत्रमा पुगेको बताउनुभयो । दोलखाको गौरीशंकर र लामावगरको माथिल्लो क्षेत्रमा यार्सागुम्वा पाईन्छ । यार्सा संकलनकालागि आउने सिन्धुपाल्चोक तथा अन्य जिल्लाका मानिसहरुले चरिकोट–सिंगटी–लामावगर सडक मार्गको सट्टा बैकल्पिक मार्ग प्रयोग गर्ने गरेका छन् । बैकल्पिक मार्गकोरुपमा सिन्धुपाल्चोकको बाह्रबिसेवाट ठिङसाङ नाका हुँदै र दोलखाको जिरीवाट झँयाकु हुँदै प्रवेश गर्ने मानिसहरुको सँख्या धेरै छ । यसरी यार्सा संकलनका लागि आउने मानिसहरुको हिमाली क्षेत्रमै हप्तौंसम्म बसेर यार्सा संकलन गर्ने गर्दछन् ।

संरक्षण क्षेत्रले अनुमति दिएसँगै दोलखामा उत्तरी हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन धमाधम भैरहेको हो छिमेकी जिल्ला सिन्धुपाल्चोक र रामेछापका बासिन्दा पनि यार्सागुम्बा संकलनका लागि रामेछापको गुम्देल तथा सिन्धुपाल्चोकको फुल्पिङकट्टिको माथिल्लो क्षेत्रको अलावा दोलखाको हिमाली क्षेत्रसम्म आईपुगेका छन् । बैकल्पिक मार्गकोरुपमा सिन्धुपाल्चोकको बाह्रबिसेवाट ठिङसाङ नाका हुँदै र दोलखाको जिरीवाट झँयाकु हुँदै प्रवेश गर्ने मानिसहरुको सँख्या धेरै छ ।

संरक्षण क्षेत्रले तीन बर्षमा एक पटक यार्सा संकलनका लागि अनुमति दिने गरेको छ । गौरीशंकर संरक्षण क्षेत्रले जेठ मसान्तसम्मका लागि यार्सागुम्बा संकलनका लागि अनुमति दिएको हो । संरक्षण क्षेत्रले अनुमति दिएसँगै दोलखामा उत्तरी हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन धमाधम भैरहेको हो । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागले जारी गरेको निर्देशिका अनुसार यार्सा संकलनका लागि संरक्षण क्षेत्रमा प्रवेश गर्ने मानिसले प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क तिर्नु पर्दछ भने यार्सा संकलन गरेपछि निकासीका लागि छोडपूर्जी लिदा पनि तोकिएको शुल्क तिर्नु पर्ने व्यवस्था छ ।

दोलखा, रामेछाप र सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा यार्सा संकलनका लागि ठूलो संख्यामा मानिसहरु पुगेपनि यो बर्ष गौरीशंकर संरक्षण क्षेत्रले संकलनका लागि खुल्ला गर्ने बाहेक अन्य व्यवस्थापन गर्न सकेको छैन । कर्मचारी कटौतीपछि जिक्यापको केन्द्रीय कार्यालयमै कर्मचारी अभाव भएको र चेकपोष्टहरु समेत बन्दको अवस्थामा भएका कारण यार्सागुम्वा संकलन गर्नेहरुको नियमन तथा संकलनपछि राजस्व असुली गर्न कठिन भएको हो । गौरीशंकर संरक्षण क्षेत्र अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति, बन समिति र बन उपसमितिको अनुमति लिएर मात्रै यार्सागुम्बा संकलन गर्न जान पाईने व्यवस्था छ । यद्धपि अहिले गौरीशंकर संरक्षण व्यवस्थापन समितिका सबै कर्मचारी नभएको र अधिकांश चेकपोष्ट बन्द भएका कारण पनि अधिकाँश मानिस अनुमति विनै कर नतिरिकन सँरक्षण क्षेत्रको हिमाली क्षेत्रमा पुगेका छन् ।

संरक्षण क्षेत्रले तीन बर्षमा एक पटक यार्सा संकलनका लागि अनुमति दिने गरेको छ । गौरीशंकर संरक्षण क्षेत्रले जेठ मसान्तसम्मका लागि यार्सागुम्बा संकलनका लागि अनुमति दिएको हो ।दोलखा, रामेछाप र सिन्धुपाल्चोकको हिमाली क्षेत्रमा यार्सा संकलनका लागि ठूलो संख्यामा मानिसहरु पुगेपनि यो बर्ष गौरीशंकर संरक्षण क्षेत्रले संकलनका लागि खुल्ला गर्ने बाहेक अन्य व्यवस्थापन गर्न सकेको छैन । कर्मचारी कटौतीपछि जिक्यापको केन्द्रीय कार्यालयमै कर्मचारी अभाव भएको र चेकपोष्टहरु समेत बन्दको अवस्थामा भएका कारण यार्सागुम्वा संकलन गर्नेहरुको नियमन तथा संकलनपछि राजस्व असुली गर्न कठिन भएको हो ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको केन्द्रीय कार्यालय सिंगटीका अनुसार चालु बर्ष यार्सागुम्वा संकलन गरेको कुनै पनि व्यक्तिले निकासीका लागि छोडपूर्जि मागेका छैनन् । यसले जिक्यापभित्र संकलन भएको यार्सागुम्वा अवैधरुपमै बाहिर निकासी भईरहेको देखाएको छ । संरक्षण क्षेत्रमा केही महिनाअघि मात्रै आयोजना प्रमुखको जिम्मेवारी तोकेर राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले पठाएका
नरेन्द्र लामा समेत यार्सागुम्वा पाईने क्षेत्र, यसको संकलन र निकासीका बारेमा पर्याप्त जानकार छैनन् । प्रमुख लामाले दोलखा जिल्लामा निशेधाज्ञा जारी हुनुभन्दा अघिनैं यार्सागुम्बा संकलनको अनुमति दिएको र कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्ला बाहिरबाट आउनेलाई अनुमति नदिएको बताउनुभयो ।

दोलखाका उत्तरी क्षेत्रका स्थानीयले मात्रै संकलन अनुमति लिएको र कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका मापदण्ड अपनाएर, दुरी कायम गरी संकलनको अनुमति दिएको उहाँको दावी छ ।

२६ जेठ, २०७८ । ८ः०५ बजे प्रकाशित

VIEWS: 2565 पटक हेरीएको
error: Content is protected !!