कोरोना विरुद्ध महिला स्वास्थ्य स्वयमसेविका परिचालन गर्ने सरकारको निर्णय गृहको पत्राचारले रोकियो

1 month ago/Thursday, April 23rd, 2020

करुणा बस्नेत ।

दोलखा, ११ वैशाख ।

नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य स्वयमसेविका परिचालन गर्ने निर्णय गरेपनि सो निर्णय तत्कालका लागि कार्यान्वयन नहुने भएको छ ।

मन्त्रिपरिषद बैठकले बिशेष भत्ता दिएर स्वयँसेविकाहरुलाई गाउँ–गाउँमा परिचालन गर्ने निर्णय गरेको लामो समयपछि परिचालनको कार्यविधि तयार पारेर जिल्ला–जिल्लामा पठाईए पनि सरकारकै अर्को पत्राचारले स्वयँसेविका परिचालन राकिएको हो । अस्पतालहरुमा खटिने स्वास्थ्यकर्मीहरुका लागि प्रभावकारी सेवा दिन नसकिरहेका बेला जिल्लामा रहेका स्वयमसेविकालाई परिचालनपछि प्रोत्साहन स्वरुप एक पटकका लागि १५ सय रुपैयाँ दिने भनिएकाले सो काम तत्कालन कार्यन्वयनमा समस्या देखिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिनुभयो ।संघीय सरकारले कोभिड १९ रोकथामका सम्बन्धमा स्थानीयस्तरबाट स्वयमसेविका परिचालन गर्ने गरी कार्यविधि बनाएर पठाएपनि कार्यविधिमा उल्लेख गरिएका कामअनुसार अघि बढ्न समस्या भएको उहाँको भनाई छ ।

प्रजिअ शर्माका अनुसार स्वास्थ्य मन्त्रालयले गत चैत २७ गते स्यमसेविका परिचालन गर्न भन्दै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वयमसेविका परिचालन सम्बन्धी मार्गदर्शन २०७६ बनाएर प्रत्येक जिल्लामा पठाएको थियो । तर, कार्यविधि पठाएकै दिन गृहमन्त्रालयले पत्राचार गर्दै कार्यविधिअनुसार काम गर्न समस्या हुने भन्दै तत्काल स्वयमसेविका परिचालन गर्ने सम्बन्धी कुनै प्रक्रिया अघि नबढाउन निर्देशन दिएको प्रजिअ शर्माले बताउनुभयो । मन्त्रालयको पत्राचार अनुसार अर्काे आदेश नभएसम्मका लागि स्वयमसेविका परिचालन नगर्न÷नगराउनु भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले चैत २७ गते स्वयमसेविका परिचालन गर्न भन्दै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि समुदायमा स्वयमसेविका परिचालन सम्बन्धी मार्गदर्शन २०७६ बनाएर प्रत्येक जिल्लामा पठाएको थियो । तर, कार्यविधि पठाएकै दिन गृहमन्त्रालयले पत्राचार गर्दै कार्यविधि अनुसार काम गर्न समस्या हुने भन्दै तत्काल स्वयमसेविका परिचालन गर्ने सम्बन्धी कुनै प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ ।

यसअघि संघीय सरकारले कोभिड १९ रोकथामका सम्बन्धमा स्वयमसेविका परिचालन गर्ने भनिएपनि कार्याविधि आउन नसकेका कारण कोरोना विरुद्धको अभियानमा स्वयमसेविकाहरुलाई परिचालन गर्न समस्या भएको थियो । ढिलोगरी कार्यविधि बनेर आएपनि गृहको पत्राचारले परिचालनको काम रोकिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । सरकारले कोरोनाको जोखिम बढ्दै जान थालेपछि प्रत्येक जिल्लामा भएका स्वयमसेविकाहरुलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्ने निर्णय गरेको थियो । दोलखा जिल्लामा १२ सय ५५ जना स्वास्थ्य स्वयमसेविका रहेका छन् ।

११ वैशाख, २०७७ । ९ः२० बजे प्रकाशित ।

VIEWS: 1285 पटक हेरीएको
error: Content is protected !!