कोरोना संक्रमणबाट मृत्यु भएका पुरुष गौरीशंकर गाउँपालिकाको भएको पुष्टि

2 weeks ago/Monday, September 7th, 2020

जिरी (दोलखा), २२ भदौ ।

दोलखा घर भई कोरोना संक्रमणका कारण जिल्ला बाहिर मृत्यु भएका वृद्ध गौरीशंकर गाउँपालिकाको रहेको पुष्टि भएको छ ।

कोरोनाका कारण जिल्ला बाहिर मृत्यु भएका ६९ वर्षीय वृद्ध गौरीशंकर गाउँपालिका ५ को रहेको खुलेको हो । कलेजो तथा मिर्गाेला रोगको समेत बिरामी रहेका ती वृद्धलाई उपचारका लागि भदौ १९ गते बीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सोही दिन स्वाव संकलन गरि परिक्षण गरिएकोमा उनमा हिजो कोरोना पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभीड १९ सम्बन्धी प्रदेशको दैनिक प्रतिवेदन मार्फत जानकारी दिएको छ । जिल्ला बाहिर मृत्यु भएका उनको जिल्लामा भने सबै विवरण नआइसकेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिनुभयो । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पनि आजको नियमित प्रेस व्रिफिङमा दोलखाका एक वृद्धको कोरोनाका कारण मृत्यु भएको पुष्टि गर्नुभएको थियो । गौरीशंकर गाउँपालिका ५ सुरीमा केही समय अघि स्थानीय स्तरमै कोरोना संक्रमित मानिसहरु फेला परेका थिए ।

यो सँगै अहिलेसम्म दोलखाका ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । जसमा दुई जना वृद्ध र एक जना महिला रहेका छन् ।

२२ भदौ, २०७७ । ९ः१५ बजे प्रकाशित ।

VIEWS: 4840 पटक हेरीएको
error: Content is protected !!