कोरोना संक्रमितको उपचार गर्दागर्दै चरिकोट अस्पतालका प्रमुख डाक्टर दंगाल नैं बने संक्रमित

1 week ago/Thursday, June 10th, 2021

सिर्जना थापा (खड्का)

दोलखा, २७ जेठ ।

दोलखामा कोरोना संक्रमितको उपचारमा दिनरात खटिएका मुख्य डाक्टर नै कोरोना संक्रमित बन्न पुगेका छन् ।

दोलखा सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालमा निरन्तर कोरोना संक्रमितको उपचारमा खटिएका प्रमुख डाक्टर कोरोना संक्रमित बन्न पुगेका हुन् । कोभिड डेडिकेटेड अस्पतालको रुपमा रहेको चरिकोट अस्पतालका प्रमुख एमडिजिपि डाक्टर बिनोद दंगाललाई आईतवार कोरोना संक्रमण पुष्टि भएको हो । बैशाखको पहिलो साता कोरोना बिरुद्धको कोभिसिल्डको दोश्रो खोप लगाए पनि डा. दंगाललाई संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण पुष्ट भएपछि डा. दंगाल अहिले होम आईसोलेसन अर्थात अस्पतालकै क्वाटरमा स्वास्थ्य लाभ गरिरहेका छन् । डाक्टर दंगाललाई यही जेठ २३ गते आईतवार कोरोना संक्रमण पुष्टि भएको चरिकोट अस्पतालले जनाएको छ । कोरोना पुष्टि भैसकेपछि उनलाई उच्च ज्वरो आउने, स्वास फेर्न गाह्रो हुनुका साथै, जिउ दुख्ने लगायतका लक्षणहरु देखिएका थिए । आईतवार र सोमवार दुई दिन स्वास्थ्यमा अलि बढी समस्या देखिएपनि अहिले भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डाक्टर बिनोदले अहिले स्वास्थ्य अवस्था सामान्य रहेको तर स्वाद र गन्ध मात्र पहिचान हन नसकेको बताउनुभयो ।

कोभिड डेडिकेटेड अस्पतालको रुपमा रहेको चरिकोट अस्पतालका प्रमुख एमडिजिपि डाक्टर बिनोद दंगाललाई आईतवार कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्ट भएपछि डा. दंगाल अहिले होम आईसोलेसन अर्थात अस्पतालकै क्वाटरमा स्वास्थ्य लाभ गरिरहेका छन् । डाक्टर दंगाललाई यही जेठ २३ गते आईतवार कोरोना संक्रमण पुष्टि भएको चरिकोट अस्पतालले जनाएको छ ।आईतवार र सोमवार दुई दिन स्वास्थ्यमा अलि बढी समस्या देखिएपनि अहिले भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

दोलखामा कोरोना संक्रमण उच्च रहेका बेला अस्पतालको ४३ बेड क्षमताको आईसोलेसन वार्डमा प्राय सधैँ बिरामी भरिभराउ हुँदा दिनरात बिरामीको उपचारमा खटिएका डाक्टर दंगाल आफै कोरोना संक्रमित बन्न पुगेका हुन् । कोरोना संक्रमितलाई बिशेष प्राथमिकतामा राखि उपचार गरिरहेको चरिकोट अस्पतालको मुख्य नेतृत्व गरेर बिरामीको उपचारमा अहोरात्र खटिरहेका डाक्टर दंगाल स्वयम् कोरोना संक्रमित बनेर उपचाररत छन् । चरिकोट अस्पतालको प्रमुखको समेत जिम्मेवारीमा रहेका डाक्टर दंगालले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत हौसला र काममा अभिप्रेरित गरि कोरोना संक्रमित र अन्य बिरामीको सेवामा खटिदै आएका थिए । उनले आफु कोरोना संक्रमित भएको दुई दिनपछि सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै चरिकोट अस्पतालका दुई नर्सहरु प्रतिमा भट्टराई र उर्मिला चौंलागाईले सुरुवाती चरणदेखि नैं दोलखाका अधिकाँश व्यक्तिहरुलाई कोरोना खोप लगाई जोखिमवाट बचाएको भन्दै हौसला दिएका छन् ।

चरिकोट अस्पतालको प्रमुखको समेत जिम्मेवारीमा रहेका डाक्टर दंगालले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत हौसला र काममा अभिप्रेरित गरि कोरोना संक्रमित र अन्य बिरामीको सेवामा खटिदै आएका थिए । चरिकोट अस्पतालका प्रमुख डा. बिनोद दंगाल कोरोना संक्रमित भएपछि दोलखाका सैंयौ नागरिकले उनको स्वास्थ्यलाभको कामना गरेका छन् । संक्रमितहरुको उपचारमा डा. दंगालको नेतृत्वदायी र महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

जिल्लामा कोरोनाको दोश्रो लहर अन्तर्गत संक्रमण तिव्र भएका बेला चरिकोट अस्पतालको आईसोलेसनमा २९ र एचिडियुमा ५ जना गरी एकैदिन ३४ जना संक्रमित भर्ना भएर स्वास्थ्य लाभ लिएका थिए । सो अवधिका संक्रमितको मेडिकल उपचारदेखि शल्यक्रिया समेत गरिएको थियो । नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाईरसका लागि दोलखामा पनि थुप्रै मानिसहरु संक्रमित बने र अझै संक्रमणको दर बढिरहेको छ । तर अन्य जिल्लाको तुलनामा धेरै जिल्लावासीले कोरोना जितेर स्वास्थ्य लाभ गरिरहेका छन् । जिल्लाको कोभिड अस्पालतको रुपमा रहेका चरिकोट अस्पतालमा भर्ना भएका केही वाहेक अधिकांशले कोरोना जितेका हुन् । संक्रमितहरुको उपचारमा डा. दंगालको नेतृत्वदायी र महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

चरिकोट अस्पतालका प्रमुख डा. बिनोद दंगाल कोरोना संक्रमित भएपछि दोलखाका सैंयौ नागरिकले उनको स्वास्थ्यलाभको कामना गरेका छन् । स्वास्थ्य लाभको कामनाले उनको फेसबुक वाल भरिएको छ । डा. दंगालकी श्रीमती डा. अर्चना केसीले आफ्ना श्रीमान्को उच्च मनोवल रहेको भन्दै कोरोनालाई परास्त गर्ने बिस्वास लिदै सामाजिक सञ्जालमा स्वास्थ्य लाभको कामना गरेकी छिन् । दोलखामा कोरोनाको दोश्रो लहर अन्तर्गत न्यून सँख्यामा मात्रै स्वास्थ्यकर्मी संक्रमित भएका छन् । तर, कोरोनाको पहिलो लहरमा दोलखामा तीन जना डाक्टरसहित धेरै स्वास्थ्यकर्मी संक्रमित बन्न पुगेका थिए ।

२७ जेठ, २०७८ । ६ः४० बजे प्रकाशित ।

VIEWS: 6040 पटक हेरीएको
error: Content is protected !!