क्षेत्रवती माविको ५३ औं वार्षिक उत्सव सम्पन्न

4 months ago/Thursday, January 30th, 2020

बैतेश्वर (दोलखा), १५ माघ ।

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपास्थित क्षेत्रवती माध्यमिक विद्यालयको ५३ औं वार्षिक उत्सव एवम् २३ औं अविभावक दिवश आज सम्पन्न भएको छ ।

वार्षिक उत्सव समारोहको बागमती प्रदेशसभाका सांसद विशाल खड्काले उदघाटन गर्नुभयो । उदघाटन मन्तव्य व्यक्त गर्दै सांसद खड्काले क्षेत्रवती माविलाई नमुना विद्यालयको रुपमा विकास गर्ने र प्रदेश सरकारबाट समेत आवश्यक सहयोग जुटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । वार्षिक उत्सवमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक पदम बहादुर जिरेलले गत आर्थिक वर्ष २०७५/७६ को १ करोड ३० लाख ८८ हजार ५ सय ८४ बराबरको आय व्यव विवरण प्रस्तुत गर्नुभयो । प्रधानाध्यापक जिरेलका अनुसार २०५५ सालदेखि हाल सम्म ९ सय ६७ जना छात्रछात्राले एसएलसी र १ सय ७२ जनाले कक्षा १२ उत्तिर्ण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सव समारोहमा जिल्ला समन्वय समिति दोलखाका सदस्य विदुर शर्मा, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, शिक्षक अविभावक संघका अध्यक्ष पुस्कर अधिकारी लगायतले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्षेत्रवती माविको पुस्ताकलयलाई व्यवस्थित गर्नका लागि जिल्ला समन्वय समिति दोलखाका सदस्य विदुर शर्माले ५१ हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । क्षेत्रावती माविको वार्षिक उत्सवको अवसरमा शर्माले स्वर्गीय बुबाको स्मृतिमा विद्यालयलाई ५१ हजार सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

यसैबीच, क्षेत्रवती माविको पुस्ताकलयलाई व्यवस्थित गर्नका लागि जिल्ला समन्वय समिति दोलखाका सदस्य विदुर शर्माले ५१ हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । क्षेत्रावती माविको वार्षिक उत्सवको अवसरमा शर्माले स्वर्गीय बुबाको स्मृतिमा विद्यालयलाई ५१ हजार सहयोग गर्ने घोषणा गर्नुभएको हो । शैक्षिक सत्र २०५२/५३ मा माध्यमिक तहको कक्षा सञ्चालनको अनुमति पाएको क्षेत्रवती माविमा २०६६ सालदेखि शिक्षा संकायमा कक्षा ११ र १२ को पठनपाठन सुरु गरेको थियो । सो विद्यालयमा हाल छात्रछात्रागरी ५ सय २८ जना विद्यार्थी अध्ययनरत छन् । केही वर्ष यता एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउँदै गरेको क्षेत्रवती मावि जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा चिनिन्छ ।
१५ माघ, २०७६ । ९ः०० बजे प्रकाशित ।

VIEWS: 2250 पटक हेरीएको
error: Content is protected !!