खड्ग–लक्ष्मी स्मृति फुटबल प्रतियोगिताको उपाधि यार्सा क्लवलाई

4 months ago/Friday, October 23rd, 2020

ईदोलखा संवाददाता ।

जिरी (दोलखा), ७ कात्तिक ।

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ यार्सामा आयोजित खड्ग–लक्ष्मी स्मृति फुटबल प्रतियोगिताको उपाधी आयोजक यार्सा विकास क्लवले जितेको छ ।
यार्सा खेल मैदानमा आज भएको फाइनल खेलमा सल्ले युवा क्लवलाई ४ को विरुद्धको पाँच गोलले पराजित गर्दै यार्सा विकास क्लवले उपाधि जितेको हो । निर्धातिर खेल अवधिमा २–२ बराबर गोल भएर थप भएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टि सुट आउट (टाइ ब्रेकर) मा खेल भएको थियो । जस अन्र्तगत विजेता यार्सा विकास क्लवले पेनाल्टिमा ५ गोल र उपविजेता सल्ले युवा क्लवले ४ गोल गरेको थियो । खगड–लक्ष्मी स्मृति प्रथम फुटबल प्रतियोगिताको उपाधि जितेसँगै यार्सा विकास क्लवले नगद १५ हजार, शिड, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता सल्ले युवा क्वलले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र पाएको छ । यसैगरी, प्रतियोगितामा जिरी नगरपालिका ७ खावास्थित के वी क्लवले तृृतीय स्थान हासिल गरेर नगद ५ हजार, शिल्ड मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिमा प्रथम द्धितिय र तृतीय हुने टिमलाई सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय कोषअध्यक्ष एवम् खड्ग–लक्ष्मी स्मृति फुटबल प्रतियोगिताका संरक्षक लक्ष्मण खड्काले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगिातमा जिरीको हिले निगाले युवा क्लवका आङतेम्बा शेर्पा बेस्ट प्लीयर, जिरीकै हनुमन्ते समाज युवा क्लवका आङदावा शेर्पा सर्वाधिक गोल कर्ता र सल्ले युवा क्लवका विरेन्द्र तामाङ उत्कृष्ट गोल संरक्षक घोषित भएका छन् ।

बैतेश्वर गाउँपालिका ३ यार्सा निवासी स्वर्गीय खड्ग बहादुर खड्का र उनकी श्रीमती स्वर्गीय लक्ष्मी खड्काको स्मृतिमा यो वर्षबाट पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । यार्सा विकास क्लवको आयोजनामा भएको प्रतियोगिता कात्तिक ३ गतेबाट सुरु भएको थियो । बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाका १२ टिमको सहगातीता रहेको प्रतियोगितामा राजु जिरेल र प्रविन बस्नेत रेफ्री रहेका थिए । प्रतियोगीताको समापन समारोहलाई यार्साका सामाजिक अभियान्त एवम् फुटबल प्रतियोगिताका व्यवस्थापक तेन्जिङ शेर्पा, आयोजक क्लवका अध्यक्ष ल्हदोर्जे शेर्पा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

फुटबल प्रतियोगिताको विजेताः

प्रतियोगिताको उपविजेताः

 

 

प्रतियोगिताको तृतीय हुने टिमः

प्रतियोगिताका फोटोहरुः

७ कात्तिक, २०७७ । ६ः२० बजे प्रकाशित ।

VIEWS: 4260 पटक हेरीएको
error: Content is protected !!