खारेमा पहिरोसँगै खसेको ढुंगा लागेर घाँस काट्न गएका एक दम्पत्ति घाईते

2 weeks ago/Saturday, July 6th, 2019

दोलखा, २१ असार ।

दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोसँगै खसेको ढुंगाले लागेर दुई जना गम्भिर घाइते भएका छन् ।

पहिरो सँगै खसेको ढुंगाले लागेर गौरीशंकर गाउँपालिका वडा नम्बर ८ छेसाखारेका ५६ वर्षिय धनबहादुर मगर र उनकी ५० वर्षिया श्रीमति गोरिमाया मगर गम्भिर घाईते भएका हुन् । आज विहान सल्लेस्थित नयाँखर्कको भिरमा घाँस काट्न गएका उनीहरुलाई ५० मिटर माथिबाट खसेको ढुंगाले लागेकोे जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । घाँस काट्दै गरेका उनीहरुलाई पहिरोसँगै खसेको ढुंगा उछिटिएर लागेको प्रहरीले जनाएको छ । गम्भिर घाईते दुवै जनालाई उपचारका लागि सदरमुकाम चरिकोटतर्फ ल्याईदैछ ।

२१ असार, २०७६ । १ः ३० बजे प्रकाशित ।

VIEWS: 1875 पटक हेरीएको
error: Content is protected !!