खिम्ति खोलाको पूलबाट हामफालेर जिरीका पुरुषले गरे आत्महत्या

2 weeks ago/Wednesday, July 22nd, 2020

दोलखा, ७ साउन ।

दोलखाको जिरी नगरपालिकाका एक पुरुषले खोलामा हाम फालेर आत्महत्या गरेका छन् ।

जिरी नगरपालिका वडा नम्बर १ स्थित यार्साका ६० वर्षिय लाल बहादुर बस्नेतले आज दिउँसो जिरी नगरपालिका वडा नम्बर १ पुम्पा स्थित दोलखा र रामेछाप जोड्ने खिम्ति खोलाको झोलुङगे पुलबाट हाम फालेर आत्महत्या गरेका हुन् । स्थानीयले बस्नेत पुलबाट हाम फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै खटिएको प्रहरी टोलीले बस्नेतलाई रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ को ओलाने भन्ने स्थानमा मृत फेला पारेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । मृतकको शव पोष्मार्टमको लागि जिरी अस्पताल ल्याइएको छ ।

उनले किन पुलबाट हामफाले भन्ने विषय खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

७ साउन, २०७७ । ६ः १५ बजे प्रकाशित ।

VIEWS: 17335 पटक हेरीएको
error: Content is protected !!