खोलामा डुबेका साथीलार्ई उद्धार गर्न गएका युवक आफैँ वेपत्ता

3 months ago/Saturday, August 17th, 2019

दोलखा, ३२ साउन ।

दोलखाको कालिञ्चोक गाउँपालिकामा खोलामा डुवेका साथीलाई उद्धार गर्न गएका एक युवक आफैँ वेपत्ता भएका छन् ।

खोलामा माछा मार्ने क्रममा डुवेका साथीलाई उद्धार गर्न गएका कालिञ्चोक गाउँपालिका वडा नम्बर २ स्यारावाराङका ३१ वर्षिय राजु थामी वेपत्ता भएका हुन् । बाटो हिड्दै गर्दा राजेन्द्र थामी खोलामा डुवेको देखेपछि उद्धार गर्न गएका राजु आफैँ वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरिक्षक सेते तमाङले जानकारी दिनुभयो । वेपत्ता थामीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

३२ साउन, २०७६ । ८ः०० बजे प्रकाशित ।

VIEWS: 7400 पटक हेरीएको
error: Content is protected !!