खोलाले कार बगाउँदा तामाकोसी गाउँपालिकाका एक युवकको मृत्यु

2 weeks ago/Friday, September 6th, 2019

दोलखा, २० भदौ ।

दोलखाको कालिञ्चोक गाउँपालिकास्थित सुन्द्रावति खोलाले कार बगाउँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित सुन्द्रावति खोलाले कार वगाउँदा कारमा सवार तामाकोसी गाउँपालिका वडा नम्बर ३ का अन्दाजि २८/२९ वर्षिय अनिश पोखरेलको मृत्यु भएको हो । सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार गएराति करिव ११ बजे सन्द्रावति खोलाले बगाएको थियो । कारमा सवार तीन जनामध्ये अनिशको घटनास्थलमै मृत्यु भएको हो भने सोही कारमा सवार तामाकोसी गाउँपालिका ३ का विकज पोखरेल र रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर २ का कार चालक पवन पौडेल सामान्य घाईते भएका छन् । घाईते दुवै जनाको सदरमुकाम चरिकोस्थित च्छोरोल्पा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) मान बहादुर राईले जानकारी दिनुभयो ।

उनीहरु दुवै जनाको अवस्था सामान्य भएपनि परिवारको सल्लाह वमोजिम काठमाडौं लगिएको हो । दुर्घटनामा परी घाईते भएका विकज तामाकोसी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलका कान्छा छोरा हुन् ।

कारसँगै खोलामा खसेर घाईते भएका दुवै जनाको गएराति नै उद्धार गरीएको थियो भने मृतक अनिशको शव खोलामा कारले किचेको अवस्थामा  आज विहान उद्धार गरीएको थियो । मृतकको शव हाल पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ । खोलाले कार वगाएर करिव १५ मिटर तल पु¥याएको थियो । सुन्द्रावति खोलाले गत वर्ष पनि मोटरसाइकल बगाउँदा केही व्यक्ति घाईते भएका थिए ।

२० भदौ २०७६ । ७ः५० बजे प्रकाशित ।

 

VIEWS: 4985 पटक हेरीएको
error: Content is protected !!