गाईआनुवांशिक स्रोत केन्द्र जिरीको आम्दानीमा वृद्धि, गत वर्षको आम्दानी ७७ लाख

5 days ago/Thursday, July 30th, 2020

प्रमिला नेपाली । 

जिरी (दोलखा), १५ साउन ।

दोलखाको जिरी नगरपालिकास्थित गाईअनुवांशिक स्रोत केन्द्र जिरीले गत आर्थिक वर्ष २०७६/७७ मा ७७ लाख भन्दा बढी आम्दानी गरेको छ ।

गाईआनुवांशिक केन्द्रले गत आर्थिक वर्ष ७७ लाख २९ हजार आम्दानी गरेको हो । केन्द्रले विशेषगरी गाईको दुध, मल, बंगुरको पाठापाठी, घाँसको विउ र गाई लिलामी लगायत बाट आम्दानी लिने गरेको छ । सबैभन्दा बढी गाईको दुधबाट आम्दानी गर्ने गरेको गाईआनुवांशिक केन्द्रले सबैभन्दा कम गाईको प्राकृतिक गर्भधान र कृत्रिम गर्भधानबाट आम्दानी लिने गरेको छ । केन्द्रले दुधबाट मात्रै गत वर्ष ५६ लाख ५० हजार बराबरको आम्दानी गरेको छ । व्यवस्थाकीय पक्षमा सुधार, सरसफाई, आहारा, सुख्खा पदार्थको सन्तुलन र हरियो घासको कारण दुधमा वृद्धि भई अघिल्लो वर्षको तुलनामा आम्दानी बढी लिन सफल भएको केन्द्रका पशु विकास अधिकृत श्याम सुन्दर यादवले जानकारी दिनुभयो । केन्द्रमा उत्पादन भएको दुध जिरी बजारमा खपत भएर बाँकी रहेको सदरमुकाम चरिकोट स्थित दोलखा दुग्ध उद्योगमा सप्लाई गर्ने गरिएको छ । अघिल्लो वर्ष दैनिक सरदरमा २ सय ६० लिटर दुध उत्पादन हुने गरेकोमा पछिल्लो समय दैनिक ४ सय २५ लिटर दुध उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

गाईआनुवांशिक केन्द्रले गत आर्थिक वर्ष ७७ लाख २९ हजार आम्दानी गरेको हो । केन्द्रले विशेषगरी गाईको दुध, मल, बंगुरको पाठापाठी, घाँसको विउ र गाई लिलामी लगायत बाट आम्दानी लिने गरेको छ । सबैभन्दा बढी गाईको दुधबाट आम्दानी गर्ने गरेको गाईआनुवांशिक केन्द्रले सबैभन्दा कम गाईको प्राकृतिक गर्भधान र कृत्रिम गर्भधानबाट आम्दानी लिने गरेको छ ।

यसैगरी, गाईअनुवांशिकले अघिल्लो आर्थिक वर्षमा ६० लाख १४ हजार आम्दानी गरेको थियो । अघिल्लो वर्ष भन्दा गत वर्ष २८ दशमलव ५१ प्रतिशतले आम्दानीमा वृद्धि भएको पशु विकास अधिकृत यादवले बताउनुभयोे । २०१४ सालमा पशु विकास फार्मको रुपमा स्थापना भई २०७५ सालदेखि गाई आनुवांशिक स्रोत केन्द्रको रुपमा सञ्चालनमा रहेको सो फार्ममा ६८ वटा माउ गाई, ४३ वटा लैना र अन्य बहर, साढे, कोरली बाच्छा बाच्छी गरी १ सय १० वटा गाई रहेका छन् । केन्द्रमा बंगुरको पाठा पाठी पनि २ सय २ वटा रहेका छन् । गाईअनुवांशिक स्रोत केन्द्रमा २१ जना कर्मचारी रहेका छन् ।

१५ साउन, २०७७ । ९ः१० बजे प्रकाशित ।

VIEWS: 2340 पटक हेरीएको
error: Content is protected !!