गाई आनुवाँशिक स्रोत केन्द्र जिरीका प्रमुख शंकरको सरुवा, नयाँ प्रमुखमा शिव आउने

2 weeks ago/Sunday, January 12th, 2020

 जिरी, (दोलखा) २७ पौष ।

दोलखाको पर्यटकीय नगरी जिरी स्थित गाई आनुवाँशिक श्रोत केन्द्रका प्रमुख सँकर साहको बिउबिजन प्रयोगशालामा सरुवा भएको छ ।

गाईको आनुवाँशिक अध्ययन गर्ने मुलुककै एक मात्र केन्द्रको रुपमा रहेको जिरी गाई आनुवाँशिक केन्द्रको १६ महिना नेतृत्व गरेका कार्यालय प्रमुख साहको धनुषा स्थित राईजो बिएम तथा घाँसे बाली बिउबिजन प्रयोगशालामा सरुवा भएको हो । साह सो कार्यालयमा पनि प्रमुखकै हैसियतमा रहने छन् । साहलाई जिरी नगरपालिका र दोलखा उद्योग वाणिज्य सँघ जिरीले सँयुक्तरुपमा बिदाई गरेको छ । उनी केन्द्रको प्रमुख भएर आएपछि केन्द्रको उत्पादकत्व र राजस्व सँकलनमा बृद्धि भएको, नयाँ प्रविधिहरुको अवलम्वन गरिएको र समग्र व्यवस्थापनमा उल्लेखीय कार्य भएको भन्दै नगरपालिकाले प्रसंशा पत्र सहित सम्मान पनि गरेको छ । जिरी उद्योग वाणिज्य सँघको कार्यालयमा भएको बिदाई कार्यक्रममा नगर प्रमुख टंकवहादुर जिरेल, सँघका अध्यक्ष गेल्बु शेर्पा लगायतले साहको कार्यकालमा गाई आनुवाँशिक श्रोत केन्द्रमा नमूना काम भएको भन्दै प्रशंसा गरेका थिए । साह कार्यालय प्रमुख भएर आएपछि जिरी गाई आनुवाँशिक श्रोत केन्द्रको व्यवस्थापनमा सुधार आउनुका साथै गाईको दुध उत्पादनमा समेत बृद्धि भएको थियो । उनी आएपछि विगत तिन बर्षदेखि थन्किएर बसेको मेसिनको उपयोग गर्दै जमरा घाँस समेत उत्पादन सुरु भएको थियो ।


यसैवीच जिरी गाई आनुवाँशिक श्रोत केन्द्रमा नयाँ कार्यालय प्रमुखको रुपमा शिव आचार्य आउने भएका छन् । कृषि तथा पशुपन्क्षि मन्त्रालयमा रहेका आचार्य अवको केहि दिनमा गाई आनुवाँशिक श्रोत केन्द्रको प्रमुखको रुपमा हाजिर हुनेछन् ।

२७ पुष, २०७६  । १२ः३० बजे प्रकाशित ।

VIEWS: 3590 पटक हेरीएको
error: Content is protected !!