गोकुलगंगा गाउँपालिकामा एन्टिजेन परिक्षणबाट २२ जनामा कोरोना पुष्टि

3 weeks ago/Wednesday, May 26th, 2021

जिरी (दोलखा) १२ जेठ ।

रामेछापको गोकुलगंगा गाउँपालिकाले कोरोनाको आशंका लागेका पालिकाभरका १ सय ५९ जना मानिसको एन्टिजेन परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको छ ।

पालिकाभरको स्वास्थ्यचौकीहरुमा तीन दिन गरिएको एन्टिजेन परिक्षणबाट थप २२ जनामा कोरोना पुष्टि भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, बाहिर जिल्लाबाट आएका र कोरोनाको आशंका भएकाहरुको सन्बन्धीत वडाहरुका स्वास्थ्यचौकीहरुबाट एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएकोमा २२ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक जागिर रायले जानकारी दिनुभयो । जसअनुसार वडा नम्बर १ मा ३५ जनाको परिक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने वडा २ ठोसेमा १७ जनाको परिक्षण गर्दा २ जनामा, वडा ४ बेतालीमा १६ जनाको गरिएकोमा १ जनामा, वडा ५ नामाडीमा ३१ जनाको परिक्षण गर्दा २ जनामा र वडा ६ फर्पुमा ४५ जनाको परिक्षणको क्रममा ८ जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।

कोरोना पुष्टि भएकाहरुलाई ३ हजार पोषण खर्च

यस्तै, वडा ३ रस्नालुका २५ जनाको परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यो सँगै गोकुलगंगामा संक्रमितको संख्या ६८ पुगेको छ । त्यसमध्ये २७ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । उनीहरु मध्ये ५ जना संस्थागत आइसोलेसनमा र अन्य होम आइसोलेसनमा रहेका छन् । गोकुलगंगा गाउँपालिकाले कोरोना पोजेटिभ भएकाहरुलाई पोषण खर्च बापत ३ हजारका दरले रकम दिँदै आएको छ । त्यसका लागि पालिकामा पोजेटिभ रिपोर्ट आएको रिपोर्ट पेश गर्नुपर्नेछ ।

जिल्लाबाहिर कोरोना पुष्टि भएर गाउँ आएका नागरिकहरुले पनि पोजेटिभ रिपोर्टको आधारमा पोषण खर्च पाउनेछन् । हालसम्म १६ जना संक्रमितलाई पोषण खर्च दिएको गोकुलगंगाको स्वास्थ्य शाखाले जनाएको छ ।

१२ जेठ, २०७८ । ८ः५० बजे प्रकाशित ।

VIEWS: 995 पटक हेरीएको
error: Content is protected !!