गौरीशंकर संरक्षण क्षेत्रमा भालु आतंकः बस्तीमा पसेर मानिसमाथि आक्रमण

6 days ago/Saturday, November 9th, 2019

दुर्गा बस्नेत ।

दोलखा, २३ कात्तिक ।

दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रलाई समेटेर बनाईएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनामा भालुको आतंक बढ्न थालेको छ ।

हिमाली क्षेत्रमा हुने कालो भालुको निरन्तरको आक्रमणपछि स्थानीयवासीमा त्राश फैलिएको छ । संरक्षण क्षेत्र कार्यान्वयन पछि उच्च हिमाली क्षेत्रमा चोरी शिकारीमा कमी आएका कारण बन्यजन्तुको सँख्यामा बृद्धि भएर मानव वस्तिमा क्षेति पुग्न थालेको हो । संरक्षण क्षेत्रमा आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ सम्मको अवधिमा १३ जना मानिसलाई भालुले र एक जनालाई चितुवाले आक्रमण गरी घाईते बनाएको छ । यो तथ्यांकले दोलखामा पछिल्लो समय भालु र मानिसबीचको द्धन्द्ध बढ्दै गएको देखिएको छ ।

पछिल्लो पटक कात्र्तिक १८ जिरी नगरपालिका वडा नम्बर १ श्यामाको च्यादुकेका ७४ वर्षिय पदम बहादुर खड्कालाई भालुले आक्रमण गरी गम्भिर घाईते बनाएको छ । एकाविहानै बारीमा हलो जुवा लिन हिँडेका खड्कालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट गम्भिर घाईते भएका खड्काको उपचारमा लागेको सम्पूर्ण खर्च संरक्षण क्षेत्रले व्यहोर्ने भएको छ । संरक्षण क्षेत्रभित्रका बन्यजन्तुले स्थानीयलाई आक्रमण गरी घाईते बनाएमा सरकारी अस्पतालमा उपचार गराउँदा लागेको घाईतेको सम्पुर्ण खर्च संरक्षण क्षेत्रले व्यहोर्ने व्यवस्था रहेको जिक्यापका प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनामा भालुको आतंक बढ्न थालेको छ । संरक्षण क्षेत्रभित्र वन्यजन्तुको आक्रमणमा परी घाईते भएका १४ जनालार्ई संरक्षण क्षेत्रले ५ लाख २९ हजार ६ सय ५८ रुपैँया क्षेतिपूर्ति रकम उपलब्ध गराइसकेको छ ।संरक्षण क्षेत्रभित्रका बन्यजन्तुले स्थानीयलाई आक्रमण गरी घाईते बनाएमा सरकारी अस्पतालमा उपचार गराउँदा लागेको घाईतेको सम्पुर्ण खर्च संरक्षण क्षेत्रले व्यहोर्ने व्यवस्था रहेको  छ ।

संरक्षण क्षेत्रभित्र वन्यजन्तुको आक्रमणमा परी घाईते भएका १४ जनालार्ई संरक्षण क्षेत्रले ५ लाख २९ हजार ६ सय ५८ रुपैँया क्षेतिपूर्ति रकम उपलब्ध गराइसकेको छ । संरक्षण क्षेत्रले सबैभन्दा बढी भालुको आक्रमणबाट गम्भिर घाईते भएका रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरेका पूर्ण बहादुर खड्कालाई २ लाख क्षेतिपूर्ति दिएको थियो ।

संरक्षण क्षेत्र नजिक पर्ने दोलखाको बिगु गाउँपालिकाको लामावगर, कालिन्चोक गाउँपालिकाको कालिन्चोक र जिरी नगरपालिकाको स्यामा तथा रामेछापको उमाकुण्ड गाउँपालिकाको गुम्देल र गोकुलगंगा गाउँपालिकाको चुचुरेमा भालुको बढी आक्रमण हुने गरेको छ । मानिस माथि भालुवाट भएका १३ आक्रमणको घटनामा सवैभन्दा बढी ५ वटा घटना बिगु गाउँपालिकाको लामावगरमा र कालिन्चोक, जिरी नगरपालिकाको स्यामा तथा रामेछापको उमाकुण्ड गाउँपालिकाको गुम्देल र गोकुलगँगा गाउँपालिकाको चुचुरेमा दुई÷दुई वटा घटना भएका छन् ।

२३ कात्तिक, २०७६ । ८ः१५ बजे प्रकाशित ।

VIEWS: 2400 पटक हेरीएको
error: Content is protected !!