गौरीशंकरको हिमाल हाईड्रोमा एक कामदारको मृत्यु

1 week ago/Saturday, September 12th, 2020

दोलखा, २७ भदौ ।

दोलखाको गौरीशंकर गाउँपालिका स्थित हिमाल हाइड्रोपावरमा कार्यरत एक कामदारको मृत्यु भएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीस्थित गुरुम्फीको हिमाल हाइड्रोपावरमा कार्यरत ३१ वर्षिय महेश केसीको मृत्यु भएको हो । काभ्रेपलाञ्चोकस्थित पनौती नगरपालिका वडा नम्बर ६ घर भएका केसीको हिजो साँझ करिब ६ बजे काम गर्ने क्रममा क्रेनको डोरी चुडिन गई क्रेनको डब्बाले लागेर घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । उनको क्रेनको डब्बाले लागेर टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेको थियो । मृतक केसीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

२७ भदौ, २०७७ । ७ः०० बजे प्रकाशित ।

VIEWS: 6505 पटक हेरीएको
error: Content is protected !!